सिटि रिक्सा: समस्या कि समाधान ?

67

वसन्त अधिकारी

सिटि रिक्सा हामि नेपालीहरुको लागि नौलो बिषय पक्कै रहेन, आज हामि जता-ततै यसलाई संचालनमा आएको देख्न सक्छौ । झन्डै ४ बर्ष अघिदेखि बिराटनगर लगायत तराइका बिभिन्न सहरहरुमा संचालनमा आइ यसले यात्रुहरुलाई सहज र सुलभ सेवा प्रदान गर्दै आइरहेको कारण दिनानुदिन यसको प्रयोग र माग बढ्दो क्रममा छ । इ-रिक्सा नेपालमा भित्रिए पश्च्यात यसको संचालनको बिसयलाइ लिएर बिभिन्न ठाउमा धेरै किसिमका बिबादहरु उत्पन्न भइरहेको छ । जुन बिबादलाई राज्यले हालसम्म स्पस्ट निति-नियम बनाइ व्यवस्थित गर्न सकिरहेको छैन ।

नौलो प्रबिधि भएको र नीति-नियम नबनिसकेको कारणले गर्दा सुरुको अवस्थामा यसलाई पारम्परिक रिक्साको रुपमा दर्ता प्रकृयालाइ आगाडी बढाए पनि यातायात विभागले पछि यसलाई स्वचालित ठहर गरी ट्याम्पो सरह दर्ता गर्नुपर्ने नियम लागु गरि त्यसै अनुसार दर्ता प्रकृयालाइ अगाडी बढाएको अवस्था छ । बिराटनगरको हकमा सुरुमा यसको आवस्यकता र माग अनुसार बिराटनगर उप-माहानगरपालिकाले १०० रिक्सा दर्ताको लागि सिफारिस गरेको थियो, तर यसको बढ्दो मागको कारण छिट्टै नै त्यो संख्या ३०० पुर्याउनु पर्यो । बिराटनगर उप-महानगरपालिकाले ३०० को संख्यामा कोटा सिमित गर्ने उदेस्य लिएपनि आम जनमानसहरु बीच यसको लोकप्रियता र माग बढ्दै गएको कारण बिराटनगरमा यसको संख्या झन्डै २००० को हाराहारीमा पुग्यो । चाहदा-नचाहदैपनि बिराटनगर उप-महानगरपालिकाले २०७३ जेष्ठ १३ गते थप १६६५ सिटि रिक्साहरुलाई दर्ता प्रक्रियामा ल्याउन बाध्य भयो । हाल बिराटनगरमा झन्डै २२ देखि २५०० सिटि रिक्साले सेवा पुर्याउदै आएका छन् ।

कुनैपनि नया प्रबिधिसंगसंगै समस्या र चुनौतीहरुपनि जोडिएर आएका हुन्छन् । सिटि रिक्साले दिएको सहज र सुलभ सेवालाइ एकथरीले निकै प्रसंसा गरेको पाइन्छ भने कहिले यसको आलोचना गर्ने गरेको पनि पाइन्छ । पहिलो बर्गका मानिसहरु सिटि रिक्साले आफ्नो समय र पैसाको बचत गरि दैनिक जीवनलाई निकै सहज बनाएको भनेर प्रसंसा गर्दछन् भने दोस्रो बर्ग यसले बजारमा अनावस्यक भिड निम्त्याएर असहज परिस्थिति सिर्जना गरिदिएको भनेर ब्याख्या गर्दछन् । दुबैको भनाइमा अवस्य सत्यता रहेको छ, तर कुनैपनि बिषयमाथि बहस चलाउदा यसको नकारात्मक र सकारात्मक पक्ष मद्दे कुन पक्ष बढी छ भनेर हेर्न उपयुक्त हुन्छ ।

निसन्देह पनि सिटि रिक्साले नेपाली समाजमा नराम्रो भन्दा राम्रै बढी गरेको देखिन्छ । यसले यात्रुहरुलाइ सहज र सुलभ तरिकाले सेवा प्रदान गर्दै आएको छ, मानिसहरुको घर-दैलोसम्म सेवा पुर्याएर सहयोग गर्दछ । छिटो र थोरै मुल्यमा सेवा दिएर मानिसहरुको समय र पैसा बचत गर्न सहयोग पुर्याएको छ । बिधुतबाट संचालन हुने हुदा यसले पेट्रोलमाथिको परनिर्भरतालाइ पनि केहि हदसम्म कम गरिदिएको छ । बाताबरण मैत्री भएकोले प्रदुसण शुन्य छ । बन्द, हड्ताल जस्तो असहज परिस्थितिमा पनि यात्रुहरुलाई सेवा प्रदान गरि मानिसहरुको दैनिक जीवनलाई सहज बनाएको छ । स्वचालित भएको कारण पारम्परिक रिक्साको तुलनामा यो धेरै मानबिय पनि छ । निम्न आय भएका, युवा, महिला र पाको मानिसहरुको निम्ति स्वदेशमै रोजगारीको साधन बनि विदेश पलायन हुने क्रमलाइ केहि हदसम्म रोक्न सफल भएको छ । यसले राज्यले सिर्जना गर्नुपर्ने रोजगारीको भारलाई कम गरि देशको अर्थतन्त्र धान्न सहयोग गरेको छ । नेपालका मुख्य सहरहरुमा झन्डै ४०,००० भन्दा बढी सिटि रिक्साहरु संचालन रहेको अनुमान गरिन्छ, जसर्थ सिटि रिक्साले प्रतक्ष-अप्रतक्ष गरि थुप्रै परिवारको जीविकोपार्जनमा सहयोग पुर्याएको छ भनेर भन्दा फरक नपर्ला । साथै यसले व्यक्ति र समाज प्रतिको श्रमलाइ हेर्ने दृस्टीकोणमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुर्याएको कुराप्रति नजरअन्दाज पनि गर्न् सकिदैन ।

तर यति सकारात्मक पक्ष हुदा हुदैपनि सिटि रिक्सा केहि मानिसहरुको आलोचनाबाट अछुतो छैन । सिटि रिक्साले सबैभन्दा धेरै खेप्दै आएको आलोचना भनेको यसको “संख्या धेरै भयो” र यसले “ट्राफिक जाम गर्यो” भन्ने हो । यहि बहानामा राज्यले सिटि रिक्सा राजमार्गमा संचालन गर्न नपाउने भनेर नियम नै जारि गरेको छ, ज्जुकुरा व्यवहारिक देखिदैन । किनकि हाम्रा सबै राजमार्गहरु सहरको मुख्य भाग हुदै गएका छन्, जहाबाट नभईकन सिटि रिक्साहरु एक ठाउबाट अर्को ठाउ सवारी लैजान मुस्किल नै पर्दछ । यदि राजमार्ग नछोई अन्य सहायक बाटाहरुबाट यात्रुलाई एउटा कुनाबाट अर्को कुना लैजाने हो भने निकै घुमाउदै लैजानुपर्ने हुन्छ, जसले अतिरिक्त समय र ब्याट्री चार्ज खपत गर्दछ, जसको भार स्वरूप अन्तत सर्वसाधारणहरुलाइ नै बढी मुल्य तिर्न बाध्य बनाउनेछ । अझ बिराटनगरको हकमा प्राय सबै भित्रि बाटो भत्काएको अवस्थामा ति बाटोहरुबाट सवारी लिएर एक ठाउ बाट अर्को ठाउ पुग्नु निकै नै कठिन छ ।

ट्राफिक बढ्यो भन्ने कुरामा बिमति छैन, २०-२५ बर्ष अघि बनाइएका बाटाहरु आज पनि त्यहि अवस्थामा छन् वा तिनीहरुको अवस्था झन् खस्कदो स्थितिमा छ । जबकी यो बिचमा मानिस र सवारी साधनहरुमा ब्यापक बृधि भइसकेको छ । हाम्रा बाटाहरुमा सायदै ब्यवस्थित तवरले पार्किंग गरेको देख्न सक्छौ । गाइ, भैसी, खसी बाख्रा, मानिस, साइकल, मोटरसाइकल, बैलगाड़ा, ठेला, रिक्सा, बस, कार ट्रक, घरबाट निकालिएको फोहोर, निर्माण सामग्री आदि सबै बाटोमा सजिलै देख्न सक्छौ । त्यति मात्र होइन, हाम्रा आधा जस्तो बाटो त हिलो-किचड, खाल्डा-खुल्डी आदिको कारण सवारी साधन कुदाउन सक्ने अवस्थामा समेत हुदैन । यी सबै कारणहरुले ट्राफिक जामलाइ बराबर रुपले बढावा दिएका छन्, मात्र सिटि रिक्सालाइ यसको दोष थोपर्नु उचित नहोला । मननयोग्य कुरा के हो भने हिजोको दिनमा २-३ वटा पाइडल रिक्साले जति यात्रुलाई एक पटकमा सेवा दिन्थ्यो त्यति त एउटा सिटि रिक्साले सेवा पुर्याइरहेको छ । यसको अर्थ ठाउ ओगट्ने कुरामा यसले ट्राफिकलाइ बढाउने भन्दापनि घटाउन सहयोग गरेको देखिन्छ ।

सिटि रिक्साको संख्या धेरै भएमा यसले समस्या मात्र निम्त्याउदछ भनेर सोच्नु कादापी ठिक होइन । जति धेरै सवारी साधन बजारमा उपलब्ध हुन्छ, त्यति नै धेरै प्रतिस्पर्धा भइ नागरिकहरुले सस्तोमा सवारी गर्न पाउछन् । जति कम सवारी साधन हुन्छ, नागरिकहरु त्यति नै धेरै सवारी भाडा तिर्न र कस्टकर रुपले यात्रा गर्न बाध्य हुन्छन् । सिटि रिक्सा आउनुपुर्व पाइडल रिक्साले बिराटनगर महेन्द्र चोक-जोगमनिको भाडा ८० रुपैया लिने गर्दथ्यो, जसलाई सिटि रिक्साले ३० रुपैयामा झारिदियो । बिराटनगरमा ३०० वटा सिटि रिक्सा मात्र हुदा न्युनतम भाडा ३० रुपैया थियो, तर थप सिटि रिक्साले दर्ता पाउन साथ त्यो मूल्य घटेर २० रुपैयामा झर्यो । प्रतिस्पर्धाले जाहिले पनि धेरै मानिसहरुलाइ फाइदा नै पुर्याउदछ । राम्रो सार्वजनिक नीति त्यहि हो जसले धेरैभन्दा धेरै मानिसहरुको हितको रक्षा गर्दछ । रहयो समस्या ट्राफिक ब्यावस्थापनको, त्यसलाई सम्बन्धित निकायहरुले गम्भीरतापुर्वक प्रभावकारी योजना बनाइ कार्य गर्ने हो भने यो समस्यालाइ धेरै हदसम्म सुल्झाउन सकिन्छ ।

खुल्ला रुपले जतिपनि सिटि-रिक्सा खरिद-बिक्रि हुन् दिने हो भने सबैले सिटि रिक्सा खरिद गरि बजार नै अस्त-व्यस्त हुन्छ भन्ने तर्क राख्ने मानिसहरुको पनि कमि छैन हामि माझ । तर बुझ्नुपर्ने कुरा के हो भने प्रतिस्पर्धाको बजारमा बाहिरि बाधा-अवरोध र हस्तक्षेप नहुने हो भने, त्यति मात्र सिटि रिक्सा संचालनमा आउछन् जति बजारमा त्यसको माग छ । जब कसैले देख्दछ कि अब सिटि रिक्सा धेरै भयो र यो पेसामा कमाइ छैन, तब कोहि पनि त्यसमा समय र पैसा लागनी गर्न इच्छुक हुने छैनन् । यसको ज्वलन्त उदाहरण हाल बजारमा आएका टेम्पोहरु हुन्, जतातिर यात्रु तथा चालकहरुको झुकाब बढ्दो छ, जसले सिटि रिक्साको मूल्यमा पनि धेरै गिरावट ल्याउन बाध्य बनाइदियो । यदि यो बुझेर पनि कसैले लागनी गर्दछ र घाटा खान्छ भने त्यो उसको व्यक्तिगत निर्णय हो,जुन निर्णयको निम्ति उ आफै जिम्मेवार हुनेछ ।

यस्ता थुप्रै किसिममा भ्रम तथा राज्यको स्पस्ट नीति-नियम नभएको कारणले गर्दा बजारमा भित्रिएको नया प्रवृधिले दर्ता, लाइसेन्स, रुट, पार्किंग आदि जस्ता थुप्रै किसमका समस्याहरु झेल्नु परिरहेको छ । जसलाई निराकरण गर्नको निम्ति राज्यले स्पस्ट नीति नियम बनाइ ति समस्याहरुलाई सहजीकरण गर्न जरुरि छ । सिटि रिक्साको दर्ता प्रक्रियालाइ सहज बनाउन जरुरि छ । सिटी रिक्सा अन्य सवारी साधनभन्दा फरक र संचालन गर्न सरल हुने, तथा यसका अधिकांस चालकहरु कम पढे-लेखेका हुने भएका कारण लाइसेन्सको निम्ति लिइने लिखित परिक्षालाइ पनि सरल बनाइनु पर्दछ । सहरको आवस्यकता अनुसार सिटि रिक्साको निम्ति रुट निर्धारण गरेपनि सवारी लिएर एउटा ठाउबाट अर्को ठाउ जानु परेको खण्डमा राजमार्ग क्रस गर्नबाट उनीहरुलाइ बंचित गरिनु हुन्न, किनकि यसले अन्तत यात्रुहरुको बढी समय र पैसा खर्च हुनेछ । साथै अन्य सवारी साधन सरह सिटि-रिक्साले पनि राज्यलाई कर बुझाएका कारण उनीहरुलाइ पुग्न जाने असहजताप्रति राज्यका निकायहरुले ध्यान पुर्याऊन जरुरि छ । ट्राफिक ब्यावस्थापनको निम्ति सिटि रिक्सा पार्किंग स्थान र बिसौनीहरु निर्धारण गर्न जरुरी छ, ताकी उनीहरुले ट्राफिक प्रहरीहरुबाट अनावस्यक हेपाइ र जरिवाना झेल्न नपरोस् । सबैभन्दा महत्वपूर्ण कुरा त बिराटनगर महानगरपालिकाले फेरी बन्द गरेको सिटि रिक्सा दर्ता प्रक्रियालाइ खुल्ला गरि प्रतिस्पर्धाको बाताबरण तयार गर्न आवस्यक छ । सिटि रिक्सा चालकहरुपनि यहि देशमा कमाएर खान चाहने निम्न आयस्तर भएका करदाताहरु भएको नाताले देशमै बसी सहज तरिकाले गरिखान पाउनु उनीहरुको अधिकार हो । हामि चाहन्छौ सहज र सुलभ सेवा सेवा दिएर निम्न आयस्तर भएकाहरुको जिबिकोपार्जनमा टेवा पुर्याउने सिटि रिक्साको समस्यालाइ समाधान गर्नेको निम्ति राज्यको निकायहरु द्वारा पहल होस् ।

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.