फुटपाथको ब्यापार: चुनौती वा अवसर ?

1,266

वसन्त अधिकारी

विश्वमा आज जतिपनि देशहरु बिकसित भएका छन्, ति सबै देश उधम, ब्यापार र व्यावसायलाइ प्रोत्साहन गरेर वा त्यसको निम्ति चाहिने आवस्यक पूर्वाधार र नीति-नियम कार्वान्वयन गरेर नै बिकशित भएका छन् । तर नेपालमा ब्यापार र उधमको अवस्था भने त्यति संतोसजनक छैन, साथै यसप्रति हेर्ने दृष्टिकोण पनि त्यति सकारात्मक छैन । उधम र ब्यापार गर्नेहरु ग्राहकलाइ ठग्न बसेका हुन् भन्ने हामि मद्धे धेरैको मान्यता छ । अरुको अहित नगरी र अरुको पैसा नखोसी सम्पति कमाउन सकिदैन भन्ने हामि मद्धे धेरैको विश्वास छ । कमै मानिसहरु उधमीहरु नाफा प्रेरित मात्र नभएर सेवा प्रदायक पनि हुन् भनेर सोच्ने गर्दछन् । नेपालमा ब्यापार व्यावसाय र उधम नफस्टाउनुको धेरै कारणहरु मद्धे नाकारात्मक सामाजिक मानसिकता पनि हो भनेर भन्दा फरक नपर्ला ।

निसन्देह, ब्यापार नाफा कमाउनको उदेस्यले गरिने क्रियाकलाप हो, तर त्यो नाफा अरुको अहित गरेर हैन, सेवा प्रदान गरेर आर्जन गरिनु पर्दछ । ब्यापारमा पैसा दुइ तरिकाले कमाउन सकिन्छ, पहिलो धेरैभन्दा धेरै ग्राहकहरुलाई सस्तो र राम्रो गुणस्तरको सेवा दिएर । अर्को ठगि, साठगाठ, एकाधिकार, कृतिम अभाब सिर्जना गर्ने आदि जस्ता कार्य गरि ग्राहकलाई बढी रकम तिर्न बाध्य बनाएर । नेपाली समाजमा केहि ब्यापार व्यावसायमा संलग्न व्यक्ति तथा संस्थाहरुले आफ्नो ब्याक्तिगत स्वार्थ सिद्ध गर्ने क्रममा गलत क्रियाकलाप गरि अरुको जीउधनमा हानि नोक्सानी पुर्याउने क्रियाकलापमा संलग्न हुनाले राम्रै सेवा दिएर बजारमा ब्यापार-व्यावसाय गर्ने उधमीहरु प्रति पनि आम मानिसहरुको नकारात्मक धारणाको विकास भएको छ ।

जब हामि उधम र ब्यापारको कुरा गर्दछौ, तब हाम्रो मानसपटलमा ठुला-ठुला ब्यापार व्यावसायको चित्रहरु चित्रण हुने कुरा निश्चित छ । निसन्देहपनि ठुला उधमी र ठुला व्यापारले बस्तु तथा सेवा उत्पादन र वितरण गरि देशको अर्थतन्त्र, रोजगारी र ब्यक्तिको आयमा सुधार ल्याउनको निम्ति ठुलो सहयोग पुर्याउदछन् । तर यसो भन्दैमा हामीले स-साना ब्यापार व्यावसाय गरेर खाने मानिसहरुको योगदानलाई भने कम आक्न मिल्दैन । नेपाल जस्तो अविकसित मुलुक जहाँ ठुला-ठुला ब्यापार व्यावसाय फस्टाउने आधार तयार नगरिएको अवस्थामा स-साना उधमी-व्यवसायीहरुको महत्व झनै बढेर जान्छ । यिनीहरुले हामी नागरिकहरुलाई चाहिने दैनिक उपभोग्य बस्तुहरु बजारमा उपलब्ध गराई हाम्रो जीवनलाई सहज बनाउन ठुलो भूमिका खेलिरहेका हुन्छन् । यहासम्म कि हामीलाई चाहिने दैनिक उपभोग्य सामान दुध-दहि, साग, सब्जी, फलफुल तथा अन्य सामग्री आदि हाम्रो घर दैलोमा पुर्याई मानिसहरुको समय र पैसा समेत बचत गर्न सहयोग गरि आफ्नो दैनिक गुजारा गरिरहेका हुन्छन् ।

स-साना ब्यापार व्यावसाय गर्नेहरु मद्धे धेरै जसो बाटोमा वा बाटोको पेटीमा सेवा दिएर आफ्नो निम्ति आफैले रोजगारी सिर्जना गरि जीवन गुजारा गरिरहेका हुन्छन् । जसलाई हामि फुटपाथे ब्यापारी भनेर सम्बोधन गर्ने गर्दछौ, जसले प्रदान गर्ने सेवाले बजारमा सर्वसाधारण मानिसहरुलाइ ठुलो महत्व राख्दछ । कुनै कारणबस, यी ब्याक्ति र यिनीहरुले पुर्याउने सेवा-सुबिधा बजारमा सहज तरिकाले उपलब्ध नभएको खण्डमा धेरै-भन्दा धेरै मानिसहरुले बढी समय र पैसा खर्चिनु पर्ने यथार्थलाई नकार्न सकिदैन । तर हामि मद्धे धेरै फुटपाथे ब्यापारी प्रति त्यति धेरै सकारात्मक छैनौ । यि ब्यापारीहरु बाटो तथा सडक पेटी छेकी अरुको आउजाउमा बाधा सिर्जना गरि ब्यापार थाप्दछन् भन्ने कुरा लाग्नु स्वाभाभिक हो । निस्चय पनि मानिसहरु जहाँ आफ्नो ग्राहक पाउदछन् त्यहि नै ब्यापार गर्दछन्, मानिसहरु नै नभएको ठाउमा ब्यापार थापेर कुनै अर्थ रहदैन ।

स्वाभाविक रूपले आफ्नो फाइदा हेर्ने क्रममा अरुलाई असर पुर्याएर ब्यापार गर्न मिल्दैन । तर नेपालका धेरै सहर बजारमा रहेका अव्यवस्थित फुटपाथको ब्यापार अरु केहि नभएर व्यवस्थापकीय कमिको कारणले गर्दा सृजित समस्या हो भनेर भन्दा फरक नपर्ला । राज्यको धेरै सेवा सुभिधाबाट बन्चित यी निम्न आयस्तर भएका स्वरोजगारहरुको निम्ति सरोकारवाला निकायले खासै नीति नियम तयार गरि अघि बढेको देखिदैन । कहाँ, कति मात्रामा कस्तो प्रकृतिका सडकपेटी ब्यापार गर्ने मानिसहरुको उपस्थिति छ, उनीहरु घट्दो क्रममा छन् कि बढ्दो क्रममा छन् भन्ने कुराको तथ्यांकको अभिलेखीकरण खोज्ने हो भने मुस्किलले पाइन्छ । अधिकांस सडक पेटी व्यापारीले राज्यको निकायलाइ दैनिक रुपमा कर बुझाएपनि बजार व्यवस्थापनको नाममा बेला-बेला उनीहरुलाइ ब्यापार गर्न बन्देज लगाइने वा माल समान जफत गरि जरिवाना तिराइने कुरा हाम्रो लागि नौलो होइन । बाटो विस्तार नै गरेपनि सडक पेटीमा ब्यापार गर्ने व्यक्तिहरुलाइ सहज पर्ने किसिमले सायदै ठाउहरु छुट्याईन्छ । सम्बन्धित निकायले यस किसिमका व्यापारलाई सडकपेटीबाट हटाउने सोच राखेपनि यिनीहरुलाइ अन्यकुनै उपयुक्त ठाउमा स्थान्तरण गर्ने सोच राखेको देखिदैन । न त यि ब्यापारलाई सहज दर्ता प्रकृया अन्तर्गत औपचारिक ब्यापारमा ल्याउने प्रयास नै गरेको देखिन्छ, जसले गर्दा अर्थतन्त्रको एउटा ठुलो हिस्सा अनौपचारिक अर्थतन्त्रको अवस्थामा रहेको छ । जसको कारण उनीहरु २० औ बर्षौदेखि यहि पेसा-व्यावसाय अंगाल्दै आएपनि उनीहरुको अवस्था जस्ताको त्यस्तै देखिन्छ । यसको अर्थ उनीहरु आफ्नो आर्थिक अवस्था सुद्रिड गर्न चाहदैनन् भन्ने अवस्य होइन ।

सडकपेटी ब्यापार गर्नेहरुलाई समस्याको रुपमा मात्र नहेरेर आम नागरिकहरुलाई महत्वपूर्ण बस्तु तथा सेवा उपलब्ध गराउने बर्गको रुपमा हेर्न जरुरि छ । साथै उनीहरुलाई आफ्नो निम्ति आफै रोजगार सृजना गरि देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने निकायको रुपमा बुझ्न जरुरि छ । फुटपाथ ब्यापारको लेखाजोखा र तथ्यांक राख्नुको साथै उनीहरुको उचित व्यवस्थापन गर्न वा ठाउ उपलब्ध गराउन नितान्त आवस्यक छ । राज्यको नीति यी ब्यापारीहरुलाई सताउने भन्दापनि उनीहरुको समस्यालाइ सहजीकरण गरिदिने किसिमको हुन जरुरि छ । । उचित नीति नियम बनाइ निम्न आय भएका यी उधमीहरुलाई राज्यको सेवा-सुभिधाबाट लाभाम्बित गराउनुको साथै दर्ता र कर प्रक्रियालाइ सहज बनाउन आवस्यक छ, ताकी यसकिसिमका स-साना अनौपचारिक क्षेत्रमा रहेका उधम तथा ब्यापारहरुलाई औपचारिक ब्यापार अन्तर्गत ल्याई उनीहरुको प्रगतिको आधार तयार गर्न सकियोस् ।

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.