नेपाल किन गरिब छ ?

1,014

– वसन्त अधिकारी

आज संसार २०१७ मा अवस्थित छ, जबकी हामि नेपाली २०७३ सालमा छौ । सम्बतको हिसाबले हामि संसारभन्दा झन्डै ५६–५७ बर्ष अगाढी छौ, तर विकासको दृष्टिकोणले हेर्ने हो भने हामि सदियौ पछि परेका छौ । २४१ बर्षअधि जतिबेला अमेरिका स्वतन्त्र भएको थिएन, त्यसबेला हामीले पाटनको कृस्ण मन्दिर र बसन्तपुरको हनुमान ढोका बनाइसकेका थियौ । तर आज त्यसको झ्याल–ढोकाको चुकुलसम्म फेर्न बिदेशी सहयोगको मुख ताक्नु पर्ने अवस्था छ ।

सम्भावनाको दृष्टिकोणले हामि कुनै देशभन्दा कम छैनौ । हामि संसारको उत्रिस्ट पर्यटकीय गन्तव्य मद्धेमा पर्छौ । संसारको १० वटा अग्ला हिमाल मद्धे कम्तिमा ७ वटा नेपालमै पर्छन । जाति, भाषा, भेसभूसा, धर्म र संस्कारमा हामिले संसारलाई पस्कनसक्ने कुरा धेरै छन् । जलस्रोत र भौगोलिक बिभिततामा हामि निकै नै धनि छौ । संसारलाई बौधधर्म हाम्रै समाजको देन हो । यतिका धेरै सम्भावना हुदा–हुदैपनि किन हामि नेपाली गरिबी र अभाबको दलदलमा पिल्सिएर बाच्न बध्य छौ ?

आज अधिकांश हामि नेपालीहरुलाई एउटा अन्डा र एक ग्लास दुध समेत बिलासिताको बिषय हुन पुगेको छ । देशमा अवसर नभएको कारण दैनिक झन्डै १२ देखि १५०० नेपाली युवाहरु विदेशको माटोमा पसिना सिच्न बाध्य छन्, तिनीहरुमद्धे कसैको हरेक दिन झन्डै ३–४ वटा लास बाकसमा बन्द भएर नेपाल भित्रिने गर्दछ । आज हाम्रो स्तर यतिसम्म खस्किएको छ कि बिकसित देशहरुले हामि नेपालीहरुलाई भिसा समेत पत्याउन गार्हो मान्दछन् ।

देश सानो हुने बित्तिकै गरिब हुदैन । सिंगापुर, दक्षिण कोरिया, स्विजरल्याण्ड आदि देशहरु नेपालभन्दा धेरै साना छन्, तरपनि आर्थिक रुपमा उनीहरु हामिभन्दा समृद्ध छन् । जनसंख्या धेरै भएर देश गरिब हुन्छ भन्ने मान्यतालाई चिन, भारत, कोरिया, जापान र अमेरिकाले गलत साबित गरिदिएका छन् । सिक्षित हुने बित्तिकै देश धनि हुन्छ भन्नेपनि छैन, क्युबाका जनता अमेरिकी जनताभन्दा सिक्षित भएपनि उनीहरुभन्दा धनि छैनन् । देश भूपरिवेष्ठित हुनेबित्तिकै गरिब हुन्छ भन्ने हामिमद्धे धेरैको मान्यता छ, जुनकुरा लेचिस्टाइन, लक्जम्बर्ग, स्विजरल्याण्ड र अस्ट्रिया आदिजस्ता देशहरुको उदाहरणले गलत सिद्ध गर्दछ । साथै समुन्द्री नाकासंग जोडिने बित्तिकै देश धनि हुनेपनि होइन । कंगो, सोमालिया, बंगलादेश र पाकिस्तानको उदाहरणबाट यो कुरा स्पस्ट हुन्छ । खनिज तथा कच्चा स्रोत–साधनको कमीले देश गरिब हुन्छ भन्ने मान्यतालाइ जापान, दक्षीण कोरिया, इटाली, हंगकंग, सिंगापुर, ताइवान, बेल्जियम र स्विजरल्याण्डको उदाहरणले गलत सिद्ध गर्दछन् । कृषिको विकासबाट मात्रै हाम्रो विकास सम्भब छ भन्ने झन्डै ६७ ∞ कृषि पेशा अंगालेरपनि खान हम्मे–हम्मे पर्ने हामि नेपालीहरुको सोचलाइ बेलायत, क्यानाडा र अस्ट्रेलियाको उदाहरणले गलत सिद्ध गर्दछ जहाँ केवल २–३∞ मानिसहरु मात्र कृषि पेसामा आबद्द छन् । राजनीतिक व्यवस्थाले देशको समृद्धिमा फरक पार्छ भन्ने मान्यता हामि धेरैको छ । कतार बहराइन, बु्रनाई, ओमान र साउदी अरेबियामा अझैपनि कठोर सासन व्यवस्था छ । बेलायत, बेल्जियम, डेनमार्क, जापान, नर्वे, स्पेन आदि देशमा अझैपनि संबैधानिक राजतन्त्रको व्यवस्था कायम छ । चिन र सिंगापुरमा अझैपनि राजनैतिक स्वतन्त्रता नभएपनि यी देशहरुले प्रयाप्त  बिकास गर्न सकेकाछन् । जबकी नेपाल, हैटी, उगांडा, मालीजस्ता देशहरुमा प्रजन्त्रितिक व्यवस्था छ र पनि यी देशहरु आर्थिक बिकासको पक्षमा धेरै नै पछाडी परेका छन् । यी सबै उधाहरणहरुले अधिकांस हामि नेपालीहरुको सोचाइलाइ पक्कैपनि चुनौती प्रदान गरि फरक तरिकाले सोच्न प्रेरित गर्दछ ।

उत्तर र दक्षिण कोरिया एउटा देशबाट छुट्टिएका दुइ देश हुन्, उनीहरुको भाषा, रहन–सहन, धर्म–संस्कार उस्तै–उस्तै छन् तर दक्षिण कोरिया अति समृद्ध छ भने उत्तर कोरिया आर्थिक रुपमा निकै पछि परेको छ, किन ? मात्र ४० बर्ष अधिसम्म चिन, भारत, सिंगापूर, मलेसिया, कोरिया, ताइवान जस्ता देशहरु चरम गरिबीको अवस्थामा थिए । तर आज उनीहरु छोटो समयमा नै समृद्धिको बाटो तर्फ अग्रसर हुदैछन् । दोस्रो बिस्वयुद्धको ताका युरोप र जापान तहस–नहस भएका थिए, तर कसरि आज उनीहरु संसारको सबैभन्दा समृद्ध मुलुक हुनपुगे ?

आज बिकसित देशहरु त्यसै समृद्ध भएका होइनन्, उनीहरु यसकारण सफल हुनसके किनकि उनीहरुले आर्थिक उन्नतिको निम्ति चाहिने आधारहरु तयार गर्न सफल भए । उनीहरुले राजनीति स्थाइत्व र जनताप्रति जबाफदेही सरकार स्थापित गरे । कानुनि सासनलाइ बढावा दिए, जसले सुसासनलाई सुनिस्चित गरि भ्रस्टाचार र दण्डहीनतालाइ न्यूनीकरण गर्यो । झन्झटिलो प्रसासनिकतन्त्रलाइ सहज बनाए, सम्पतिमाथिको अधिकारलाइ सुनिस्चित गरे । व्यापार र नाफालाई हेर्ने दृष्टिकोणप्रति सकारात्मकता अपनाए । ब्यापार र उधमशिलता विकासको निम्ति भौतिक संरचना निर्माणमा ध्यान दिई लागानीको बाताबरण तयार गरे । खुल्ला बजार नीति अवलम्बन गरि उत्पादन र ब्यापारलाइ बढावा दिए, जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गरि आर्थिक प्रगतिको बाटो पहल्याउँन सफल भए ।

तर नेपालमा यी सब कुराको स्थिति निकै दयनीय छ । नेपाल गरिब छ किनकि हामीले राजनीतिक स्थाइत्व कायम गर्न सकेनौ । बिगत २८ बर्षमा हामीले २५ पटक सरकार फेरीसक्यौ । विधिको सासनभन्दा व्यक्तिको सासन हाबी छ, पहुच हुने र संगठित रुपमा जसले जे गर्दनी हुन्छ । जो कोहिले जुनसुकै बहानामा जतिबेलापनी बन्द हड्तालको आयोजना गरि नागरिकहरुको जिउ–धन र ब्याक्तिगत स्वतन्त्रतामाथि प्रहार गर्नसक्छ । हामीले नागरिकहरुको सम्पतिमाथिको अधिकारको रक्षा गर्नेतर्फ ध्यान पुर्याउन सकेनौ । कतिखेर कसले कसको जग्गामा झन्डा गाड्छ, वा राज्यले कतिखेर बाटो बढाउनको निम्ति डोजर लिएर घर फोड्न आइपुग्छ थाहा छैन । हामीले भौतिक संरचनाको बिकास गर्न सकेनौ । अमेरिका र चीनमा बनेको एप्पल फोन भोलिपल्ट नेपाल भित्रिन सक्छ तर अझैपनि हामीले जुम्ला र मुस्तांगको स्याउ नेपाली बजारमा ल्याउन सकेका छैनौ । हामि यसकारण गरिब छौ किनकि हामीले लगानीको उचित बाताबरण तयार गर्न सकेनौ । डुइंग बिजनेसको रिपोर्ट अनुसार नेपाल लगानी र ब्यापार गर्नको निम्ति उचित गन्तब्य होइन । झन्झटिलो प्रसासनिकतन्त्रको जालोले गरिखाने नागरिकहरुलाई हरेक कदममा निरुत्साहित गर्दछ । भ्रस्टचारको मामिलामा नेपाल १७५ देशमद्धे १२२ स्थानमा पर्छ । उधम र व्यापारलाई हेर्ने हाम्रो दृष्टिकोण त्यति सकारात्मक छैन, नाफा अनैतिक हो भन्ने मान्यता राख्ने हाम्रो समाजमा अझैपनि धेरै छन् ।

जबसम्म हामि उधम र ब्यापारलाइ हेर्ने दृष्टिकोणमा सकारात्मकता अपनाउदैनौ,  राजनीतिक स्थाइत्व, बिधिको सासन, शान्ति–शुव्यवस्था, भौतिक संरचनाको विकास, नागरिकहरुको जीउधनको सुरक्षा, लगानीको उचित बाताबरण, र छिटो–छरितो प्रसासनतन्त्रको प्रत्याभूति गराउदैनौ, तबसम्म हामीले समृद्धिको परिकल्पना गर्नु दिवासपना मात्र हुनेछ । सम्रिधि र गरिबी दुवै हासिल गर्न सकिने कुरा हुन्, दुबैकुरा प्राप्त गर्ने आ–आफ्नै बिज्ञान हुन्छन् । यदि हामि नेपालीहरु हाल गरिबीको स्थितिबाट सम्रिधि तर्फ अग्रसर हुन चाहन्छौ भने बिकसित देशहरुले अपनाएका आर्थिक उन्नतिका आधारहरु तयार गरि माथि उल्लेखित समस्याहरुलाइ निराकरण नगरी धर छैन ।

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.