अफ्रिका किन गरीब भयो ?

534

लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी 

वर्तमान विश्वको एउटा प्रमूख जल्दोबल्दो बौद्धिक तथा नीतिगत मुद्दा भनेको सबसहारन अफ्रिकाको गरिबी हो । जसले बिल गेट्स जस्ता व्यापारी देखि लिएर म्याडोना र एन्जेलिना जोली जस्ता चलचित्रकर्मी देखि लिएर बोनो तथा बब गेडल्फ जस्ता संगीतकारहरु समेतको ध्यान खिचिरहेको छ । विश्व बैङ्कले गरिबी मापन गर्दा दिनको एक अमेरिकी डलर भन्दा कम आम्दानी गर्ने व्यक्तिहरुलार्ए गरिबीको सूचीमा राख्दछ । यसरी हेर्दा ती व्यक्तिहरुमध्येका अधिकांश झण्डै ३५ करोड व्यक्तिहरु सबसहारान अफ्रिकामा बसोबास गर्दछन् । अझ मूख्यतः अफ्रिका मात्रै विश्वको त्यो भूभाग हो जहाँ निरपेक्ष गरिबीको मात्रा बढिरहेको छ । सन् २०१५ सम्ममा संयुक्त राष्ट संघको सहस्राब्दी विकास लक्ष्यलाई  दीइएको  महत्वका  बाबजुद अफ्रिकाको गरिब मानिसहरुको संख्या ४० करोड नाघ्ने अनुमान छ ।

अफ्रिकामा आज किन यति धेरै गरिबहरु छन् ? के अफ्रिका संधै यस्तै थियो ? यस विषयमा फरक फरक मतहरु पाइन्छ । केहीले अफ्रिकाको गरिबीको जड यस महादेशको भूगोल तथा  पर्यावरनलाई मान्दछन् ।

अरुलाई भन्छन् अफ्रिकाको संस्कृति परम्परा नै यस्तो छ कि यहाँ पूँजीवाद फस्टाउनै पाउँदैन त्यसैले गरिबी छ। म यस लेखमा अफ्रिका ऐतिहासिक रुपमा गरिब हुनु र आजसम्म पनि गरिब रहिरहनुमा सम्पत्ति अधिकारको प्रमुख भूमिका रहेको छ भनेर तर्क गरिरहेको छु । छोटकरीमा अफ्रिकन देशहरुमा ती समान प्रकारका सम्पत्ति अधिकारहरु छैनन् जसले पश्चिमी यूरोप वा उत्तरी अमेरिकाको आर्थिक उन्नतिमा ठूलो भूमिका खेले र उनीहरुसंग भएका सम्पत्ति अधिकार पनि  असुरक्षित छन् ।

अफ्रिकामा सम्पत्ति अधिकारको अभाव वा भएको स्वरुप नै यसको गरिबीको मूख्य स्रोत हो । यो खुसीको समाचार पनि हो र दुःखको समाचार पनि । खुसीको समाचार के हो भने अपि्रुका भाग्यमै गरिबी लेखिएको छैन यसका सम्पत्ति अधिकारको व्यवस्था सुधार्ने हो भने अफ्रिकाको आर्थिक वृद्धी  हुनेछ र यहाँका नागरिकहरुको जीवनस्तर सुध्रिने छ । दुःखको समाचार चाहिँ के हो भने सम्पत्ति अधिकार सुधार्नका लागि कुनै एउटा अचूक उपाय छैन । उदाहरणका लागि अफ्रिकामा विदेशी अनुदान थुर्पानाले त्यहाँको पीडा त केही हदसम्म कम होला तर त्यसले त्यहाँको व्यवस्था सुधार्ने सम्भावना अत्यन्त न्युन छ ।

अफ्रिकाको गरिबीमा सम्पत्ति अधिकारको भूमिका खोतल्दा हामीले यसको इतिहासको अध्यायनबाट शुरु गर्नु जरुरी हुन्छ । हामीलाई थाहा छ बेलायतमा २३० वर्ष अघि औद्योगिक क्रान्ति शुरु हुनुभन्दा पहिले देशहरुको सम्रिद्धीको स्तरमा भिन्नता अहिलेको भन्दा निकै कममात्र थियो । आज एउटा अमेरिकन नागरिकको औसत कमाई इथियोपिया  वा सियरालियोनको नागरिकको औसत कमाईभन्दा ४० गुणले बढी छ जबकी सन् १७५०मा यो भिन्नता दुई वा तीन गुणले मात्र बढी थियो । सन् १७५० र सन् २००९ को बीचमा संयुक्त राज्य अमेरिकाले तीव्र आर्थिक वृद्धी हासिल गर्‍यो  तर अफ्रिकी देशहरुले गरेनन् । सन् १७५०मै पनि विभिन्न समाजहरुबीच संरचनागत भिन्नताहरु थिए । हुनत हामीलाई थाहा छैन ति भिन्नताहरु कहिले उत्पन्न भए तर हामी इतिहासका केही पानाहरु पल्टाउन सक्छौं ।

उदाहरणका लागि सन् ५०० मा अक्सम अधिराज्य उत्तरी इथियोपियामा फस्टाइरहेको थियो । यसको आफ्नै  लिखित भाषा र आफ्नै  मुदा थियो र हलोमा आधारित विविधिकृत कृषिजन्य अर्थतन्त्र पनि । त्यस अधिराज्यले पर्सियाको खाडी अरेबियन प्राय:द्वीप र पूर्वी मेडिटेरानियन, भारत र श्रीलंकासंग समेत व्यापार गर्ने गर्दथ्यो । रोमन सम्राट कन्सटेनटीन सन्र ३१२ मा ईसाइ धर्ममा परिगत भएका थिए भने अक्समका राजा सन् ३३३ मा केबल २१ वर्ष पश्चात ।

तथापि प्रविधि र राजनैतिक व्यवस्थाको विकासक्रममा अफ्रिकाको वक्र रेखा पश्चिमी यूरोपको भन्दा निकै भिन्न छ । इथियोपिया भन्दा बाहिर नत हलो नत चक्का नै प्रयोग भयो सब सहारान अफ्रिकामा । अक्सम र मालीका ठूला सहरी केन्द्रहरु अपवाद मात्र ठहरिएका छन् । यी दुई समाजका राजनैतिक व्यवस्थालाई तानाशाही भनेर वर्णन गर्न मिल्छ । यिनीहरु राजाद्वरा  शासित थिए जसको शक्तिमाथि कुनै अंकुश थिएन ।

तानाशाही व्यवस्थाले खडा गर्ने आर्थिक समस्याहरुको एउटा राम्रो उदाहरण कङ्गो अधिराज्यको    जुन अहिले कङ्गो प्रजातान्त्रिक गणतन्त्रको रुपमा छ  इतिहास हो । कङ्रगोको राजधानी म्वान्जा सन्र १४८३ मा पोर्तुगाली अन्वेषक डिएगो चाओले भ्रमण गर्दा करिब ६० हजार थियो जुन त्यसबेलाको लिस्बनको आकार समान र लण्डनको भन्दा ठूलो हो ।सन् १५०० मा लण्डनको जनसंख्या करिब ५० हजार मात्र थियो ।

कंगाली जनताले पोर्चुगालीहरुसंग हलो र चक्का  पाङ्ग्रा  को बारेमा सिके जब पोर्चुगालीहरुले सन् १४९१ र १५१२ मा सुधारिएका कृषिजन्य अभ्यास प्रेरित गर्नका लागि दुतहरु पठाए । तर पनि बिसौं शताब्दीको शुरुवातसम्म पनि त्यहाँ हलो र पाङ्ग्रा दुवैको प्रयोग नगन्य मात्रामा मात्र हुन्थ्यो । त्यसबेलाको समाज कसरी संगठित थियो भन्ने बारे प्राप्त प्रमाणहरु बाट थाहा पाउन सकिन्छ । कङ्गो एउटा राजा र घरानीया वर्गबाट शासित थियो जसको सम्पत्ति दासहरुद्वरा सन्चालित बगानहरुबाट र कर संकलनबाट हुन्थ्यो । शामन्तहरुले दासप्रथाको अभ्यास आफ्नो  बगानहरुमा श्रमशक्ति जुटाउनका लागि र युरोपेलीहरुलाई बेच्नका गर्दथे र दासप्रथा अर्थतन्त्रको केन्द्रविन्दु सरह थियो । कर प्रणाली मनोमानी ढङ्गको थियो र जब जब राजाको टोपी खस्थ्यो तबतब उठाइन्थ्यो ।

समृद्ध हुनका लागि कंगाली जनताहरुले बचत गर्न र लगानी गर्न पर्थ्यो ;जस्तै हलोमा । तर त्यसो गर्नु लाभकर थिएन किनकी उनीहरुले उत्पादन गरेको अतिरिक्त सामान राजा र उसका भारदारहरुले लिएर जान्थे । प्रायः मानिसहरुको सम्पत्ति अधिकार पनि अत्यन्तै असुरक्षित थियो लुटपाटबाट बच्नकै लागि धेरैले आफ्ना गाउँहरु सडकभन्दा टाढा सार्ने गर्दथे ।

अक्सम र यसको उत्तराधिकारी इथियोपिया सन् ५०० मा समकालीन युरोपेली समाज भन्दा खासै भिन्न देखिदनथ्यो होला र युरोपकै समयतिर सामन्तवाद पनि उत्पन्न भएको थियो । तर यस विन्दु पश्चात भने अफ्रिका र युरोपका सम्पत्ति अधिकारको व्यवस्थामा ठूलो भिन्नता देखापर्न थाल्यो । युरोपमा सन् १४०० आइपुग्दासम्म आन्तरिक दासप्रथा हराइसकेको थियो र यसै समयताका सामन्तावादका धरोहरहरु पनि धरासायी हुन थालेका थिए । इथियोपियामा भने यी प्रथाहरु बिसौं शताब्दीको मध्य सम्ममा पनि कायमै थिए ।

अठारौं शताब्दीका बेलायती इतिहासकार एडवर्ड गिब्बनले  भनेझै इथियोपियालीहरु “झण्डै एक हजार वर्षका लागि निदाए”। तर बेलायतमा भने फरक किसिमका घटनाहरु घटिरहेका थिए । सम्पत्ति अधिकार र श्रम बजारको व्यवस्थामा मात्र नभएर वैचारिक सम्पत्ति अधिकारमा र मानिसहरुको भूमिसम्मको पहूँमा पनि परिवर्तन आयो । सन् १६२३ को एकाधिकार सम्बन्धी ऐनले विश्वको पहिलो पेटेन्ट सम्बन्धी कानूनलाई जन्म दियो दासप्रथा उन्मुलन हुँदै गयो र भूमि निजी सम्पत्तिको अधिकार विकसित हुँदै गयो । यी व्यवस्थाहरु विस्तारै अन्य युरोपेली उपनिवेशहरु संयुक्त राज्य अमेरिकासमेतमा फैलिदै गए र बेलायतको अर्थतन्त्रमा ठूलो भूमिका खेले ।

यो कुरा किन बेलायतमा भयो तर कङगो वा इथियोपियामा भएन  रोचक त के छ भने एकाधिकार ऐन पेन्टेट सम्बन्धि कानून बनाउनका लागि नभएर राजालाई मनोमानी रुपमा पत्र मार्फत पेटेन्ट दिनबाट रोक्नका लागि ल्याइएको थियो।

यसरी पेटेन्ट कानूनको स्थापना जसले अन्तत बौद्धिक सम्पत्ती अधिकारको संरक्षण गर्‍यो, सदन र राजाबीचको संघर्ष र सदनद्धारा राजाको शक्तिमा अन्कुश लगाउन गरेको प्रयासको उपज थियो ।

सन् १६४० को दशकको गृहयुद्ध देखि सन् १६८८ को गौरवशाली क्रान्तिसम्मका राजनैतिक सङ्घर्षहरुले बेलायतबाट निरङ्कुश राजनैतिक शासनलाई हटाउने काम गरे । जबकि कङ्गो र इथियोपियामा भने निरङ्कुश राजनैतिक शासनले अझसम्म पनि असुरक्षित सम्पत्ति अधिकारहरुलाई निम्त्याइरहेको छ । हामी देख्न सक्छौ चौधौं शताब्दीमा दासप्रथा अन्त्य भएदेखि बेलायतमा राजनैतिक परिवर्तन शुरु भएको हो । सन् १३४० को दशकको महामारी पश्चात बेलायतको राज्यले श्रमिक ऐन पास गरेको थियो ताकि ज्यालामा भइरहेको वृद्धि रोक्न सकियोस । उक्त ऐनको विरोधमा शुरु भएको बिद्रोहले राजालाई उक्त ऐन खारेज गर्न बाध्य तुल्यायो जुन उनको उक्त कानून लाद्न सक्ने क्षमताको कमीको प्रमाण हो।

बेलायतको त्यसपछिको राजनीतिको वक्ररेखा नितान्त भिन्न किसिमको थियो र यसले सम्पत्ति अधिकार र समृद्धिमा ठूलो प्रभाव पार्यो। काङगो र इथियोपियाका राजाहरुले पनि आन्तरिक प्रतिद्धन्दीको सामना गर्नुपरेको थियो तर तिनका प्रतिद्धन्दीहरु पराजित भए । यदि उनीहरु विजयी भएका भए पनि उनीहरु आफैं पनि निरङ्कुश राजा हुने सम्भावना ज्यादा थियो । बेलायती अनुभवको भिन्नता नै के हो भने निरङ्कुशताको ठाउँमा अर्को निरङ्कुशता आउनबाट पनि वन्चित भयो ।

बेलायतमा भएको निरङ्कुशताको पराजय र सदनको उदयलाई के ले व्याख्या गर्छ त सदनको उदयले किन आर्थिक व्यवस्थामा परिवर्तन ल्यायो यसको उत्तर यो हो कि बेलायती त्यस्ता थुप्रै झट्काहरुबाट गुज्रेको छ जसले सुरक्षित सम्पत्ति अधिकार चाहनेहरुको संख्यामा वृद्धि मात्र गरेन बल्कि उनीहरुलाई सशक्त पनि बनायो ।

कालो मृत्यु महामारी को झट्का भन्दा पनि बढी महत्वपूर्ण त हेन्री आठोंले १५३६ मा  गिर्जाघरहरु खारेज गर्नाले भएको भूमिको पूर्नवितरण, नयाँ विश्वको आविष्कारले ल्याएका वृहत आर्थिका अवसरहरु र १४९२ पछिको अन्तर-सागरीय व्यापारको विस्तार थिए । “व्हिगहरु”, जसले निरङ्कुशताका विरुद्ध सङ्घर्ष गरे र सन् १६८८ मा हासिल गरे राज्यको नीति तथा व्यवस्थालाई आफ्ना आर्थिक हितलाई पाएक पार्ने गरि परिवर्तन गरे । तर उनीहरुको गठबन्धन यति ठूलो थियो कि उनीहरुले चाहेको कुराले सम्पूर्ण समाजलाई नै फाइदा पुर्यायो निरङ्कुशतामा नगइकन । जनताको खर्चमा राजालाई विशेष सुविधा दिने, राजासँग नजिक रहेका साभ्रान्त वर्गलाई फाइदाजन्य व्यापारहरुको एकाधिकार दिने जस्ता व्यवस्थाहरुलाई खारेज गरियो र तिनका ठाउँमा समाजको ठूलो हिस्सालाई बचत लगानी र आविष्कार गर्न प्रेरित गर्ने खालका व्यवस्थाहरु स्थापना गरियो ।

सन् १६८८ को गौरवशाली क्रान्ति र राजतन्त्र माथि आधुनिक संसदीय प्रजातन्त्रको विकासको एक शताब्दी भित्रै बेलायतको औद्योगिक क्रान्ति हुनु संयोगको कुरा होइन । महान आविष्कारकहरु जस्तै रिचार्ड टेभिथिक जसले पहिलो रेलगाडी बनाए, जेम्स वाट जसले वाष्प इन्जिन पत्ता लगाए, रिचार्ड अर्कराइट जसले धागो बुन्ने यन्त्रमा जलशक्तिको प्रयोग गरे र इसम्बार्ड किङ्डम  ब्रुनेल जसले आफ्ना डिजाइन मार्फत सार्वजनिक यातायातको क्षेत्रमा क्रान्ति ल्याए, सबै जना आफ्नो सम्पत्ती अधिकारको सम्मान हुनेछ भन्ने कुरामा ढुक्क भएर आफ्ना आविस्कारले ल्याएको आर्थीक अवसरहरुको फाइदा लिन सफल भएका थिए ।

बेलायतमा भएको राजनैतिक परिवर्तन जसले गर्दा सम्पत्ती माथिको अधिकारको सुनिश्चीतता र आर्थिक अवसरहरुको सिर्जना द्वन्द र एकतन्त्रको हारको परिणाम थियो । यसैगरी यो घटना संयुक्त राज्य अमेरिकामा पनि लागु हुन्छ ;जहाँ राम्रा बेलायती संस्थाहरु जेम्स्टाउन कोलनीमा स्थापना गरिएको थिएन । यसको एक कारणमा बेलायती संस्थाहरु १६०७ मा पूर्ण रुपमा स्थापना भैसकेका थिएनन् । यसको अर्को कारणमा त्यहाँ बसाई सरेर जाने मानिसहरुले सोचेको उपनिवेशको नमूना स्पेनी योद्धाहरु हेर्नान कोर्टेस र प्रुान्सीस्को पिजारो बाट उत्प्रेरित भएको थियो जसको आशय शाषकलाई कब्जा गरेर आदिवाशीलाई शाषन गर्नु थियो । तर यस्ता रणनितीहरु उपनिवेशमा युक्तिसंगत भएनन् ; १६१९ सम्ममा भर्जिनिया कम्पनीले आदिवाशी जनता र नवस्थापित आगन्तुकलाई शाषन गर्न नसकेर साधारण सभाको स्थापना गर्यो जुन पुरुषहरुको सर्वव्यापी मतदानबाट गरिन्थ्यो ।

जब बेलायती उत्तर अमेरिका बिकशित भयो बेलायती विशिष्ठ अधिकारीहरुले धेरै हदसम्मको राजनैतिक र आर्थिक अधिकारमाथीको हस्तक्षेप गरेर शामन्ती समाजको रचना गर्न थाले । सबै प्रयासहरुमा भर्जिनियामा जस्तै यो नमूना असफल रह्यो किनभने बेलायतमा नै  सुरक्षित सम्पत्ती माथीको अधिकार र अधिकतम फैलिएको आर्थिक अवसरहरुमा बिश्वास गर्ने मानिस प्रभावशाली  रहे ।

नयाँ बिश्वमा जहाँ जमिन अत्याधिक थियो  र श्रमको अवसर न्यून थियो   मानिसहरुको जमातहरु शक्तिशाली थिए  किनभने उनिहरु आर्थिक अवसरहरुको लागि उच्च वर्गका व्यक्तिहरुसँग निर्भर रहँदैनथिए। यसको विपरीत उच्च वर्गका शाषक हरु जनतामा निर्भर रहनु पर्ने अवस्था थियो । यसका यस्ता शुरुवाती  द्वन्दहरुले वृहत्तर राजनैतिक र सम्पत्तीको अधिकार सहितको अमेरिकी संबिधान र समाजको निर्माण भयो जहाँ त्यस समयमा आर्थिक अवसरहरु विश्वका कुनैपनि अरु स्थानमा भन्दा धेरै थिए । जसकारणले गर्दा संयुक्त राज्य अमेरिकाको आर्थिक सफलता १९ औं र २० औं शताब्दीकै उच्च रहन सम्भव भयो ।

उक्त समयमा अफ्रीकाको संस्थागत विकासको गति ज्यादै फरक थियो । ईथोपिया एक्लो र स्थिर थियो भने अन्यत्र सम्पत्तीको अधिकार को असुरक्षा र दासको व्यापार ज्यादै चर्किएको थियो जस कारणले राजनैतिक बिकासको बाटो अवरुद्ध भयो र कन्गो जस्ता राज्यहरु जो लगानी नभईकन दासप्रथामा निर्भर थिए को उत्पत्ती हुन गयो । अफ्रीकामा सुरु हुदैं गएको आर्थिक पछौटेपनले यसलाई उपनिवेशको खतरामा पार्न थाल्यो जसले गर्दा एक किसिमको अधिनायकवाद अर्को किसिममा परिणत हुँदै गयो । पछि सम्पत्तीको अधिकार सापेक्ष अवस्थाको सिर्जना गर्यो । यसको उपर्युक्त उदाहरण सिएरा लिओन हो जसको बेलायती उपनिबेशको रुपमा भएको अस्तित्व भनेको महत्वहिन अस्तित्व थियो । १९६१ मा स्वतन्त्रताको ६ वर्ष पछि सिएरा लिओन साईका स्टिभेनको अधिनमा पुग्यो जस्ले रेलको विस्तार देशको दक्षिण भाग तर्फ  गरे र आफ्नो बिरोधी बढी भएको मेडल्याण्ड क्षेत्र लाई एक्ल्याउन अरु  ट्र्याक र रेल्गाडी चै बिक्री गरिदिए । त्यसले गर्दा भएका सडकहरु भात्किदै गए बिद्यालयहरु पनि टुकृए । राष्ट्रीय टेलिभिजनले आफ्नो प्रशारण सन् १९८७ मा रोक्यो ।

द सिएरा लिओन प्रड्युस मार्केटिङ बोर्डु ले खेती योग्य जमिन जफत गर्न थाल्यो । जब केन्द्रिय बैंकका गभर्नरले आर्थिक अनियमितताको बारेमा १९८० मा उजुर गरे उनलाई केन्द्रिय बैंकको कार्यालयको छतबाट खसालेर हत्या गरियो ।स्टिभेन र उनका उत्तराधिकारी जोसेफ मोमोहले एकाधिकारको सुरु गरे सम्पत्तीको जफत गरे अनि हिराको खजाना लुटे । १९९१ मा यस्तो शाषन सत्ता पतन भयो र गृहयुद्धको शुरुवात भयो । आज सिएरा लिओनको धेरै भाग १४९ प्रमुखहरुले संचालन गर्दछन् जो शाषक घराना बाट आजिवनका लागि निर्वाचित हुन्छन् । जनताको यस्तो प्रमुख र शाषक घराना सँग सम्बन्ध हुंदैन र जनताको सम्पत्ती चाँडै कब्जा हुन पुग्छ ।सिएरा लिओनको प्रति व्यक्ति आय ५० वर्ष अघीको भन्दा धेरै कम छ र संसारको अरु देशको तुलनामा धेरै कम बाँच्नॆ उमेर भएका नागरिक बसोवास गर्दछन् ।

सब-साहारन  अफ्रीकाको गरिबी लामो समय देखि देखा परिरहेको छ । तर यसको उत्पत्ति र निरन्तरतामा भुगोलको कुनै दोष छैन ।

धेरै अफ्रीकीहरु आफ्नो स्थीति परिवर्तनका लागि सङर्घषरत छन सम्पन्न बनी लामो फलदायी जिवन बाँच्ने उनीहरुको सपना छ । यही सपना पछयाउदै उनीहरु ज्यान जोखिममा राखेर युरोप प्रवेश गरि आफ्नो र आफ्नो परिवारको सुनिश्चित भविष्यका लागि सङर्घषरत छन । हामीले उनीहरुलाई सहयोग गर्ने कि नगर्ने ,यदि गर्ने हो भने कसरी? मेरो विचारमा धेरै कारणहरुले उनीहरुलाई हामीले सहयोग गनुपर्छ । सर्वप्रथम हामीले नजानिकन गर्ने धेरै कार्यले अफ्रीकालाई असर पुर्याएको हुन्छ त्यसैले पनि हामी त्यसमा संलग्न भइरहेको हुन्छौ । त्यसका साथै अफ्रीकामा रहेको गरिबीका कारणले उबजिएको असन्तोक तथा गलत मसिहाहरु जस्तै ओसामा बिन लादेनले संयुक्त राज्य अमेरिकालाई प्रभाव पार्ने हुँदा त्यस क्षेत्रको दुःखले हामीलाई धेरै चिन्तित बनाउनुका साथै हाम्रो नैतिक जिम्मेवारी माथि पनि प्रश्न उठेको छ ।

हामी यस विषयमा के गर्न सक्छौ त ?  

सर्वप्रथम वैदेशिक सहायता बारेमा स्पष्ट हुनु आवश्यक छ वैदेशिक सहायता समस्याको समाधान पनि होइन न त यो कारण पनि हो । १९७० र १९८० को दशकमा जब स्टिभेनले सिरिया लिनोनलाई दुगर्ति तर्फ धकेलिरहेका थिए त्यसबेला सिरिया लिनोनले वैदेशिक सहायता पाएको थियो । यसता सहायताहरु विशेषगरि भ्रस्ट राजनितिज्ञले छायाँमा पार्ने कार्य गछर्न । वैदेशिक सहायताले यसता भ्रस्ट  राजनितिज्ञहरुलाई श्रोत साधनको दुरुपयोग गर्न मद्दत पुर्याउँछ । अफ्रीकाको आर्थिक समस्याको मुल जड वैदेशिक सहायता आउनु भन्दा धेरै पहिलेको हो ।

सब-साहारन  अफ्रीकन समाजलाई आर्थिक तवरले सहि मार्गमा ल्याउन तीन मुख्य कुरा आवश्यक छ ।

सर्वप्रथम सब-साहारन  अफ्रीकीहरुलाई अझ बढी आर्थिक अवसर दिइनुपर्छ त्यसको मतलब उनीहरु माथि पैसा खनाउनु मात्र होइन । अफ्रीकीहरुलाई आर्थिक अवसर दिनु भन्नाले अफ्रीकाको निर्यात तथा कारोबारलाई विश्वको लागि खुला पार्नु हो । सत्रौ  शताब्दिमा बेलायती  कारोबारले यस्ता व्यक्ति विशेषलाई बलियो र विकासशिल बनाउने गरेको थियो जसले अन्ततः राजनिति र साम्पत्ति अधिकार परिवर्तन गरेका थिए । यो सम्भवत अफ्रीकामा पनि हुन सक्छ ।

दोस्रो अर्थशास्त्रले परराष्ट्र नितीमा ठूलो भूमिका खेल्नु पर्छ । अफ्रीका केन्द्रीत परराष्ट्र निती आर्थिक विकासमा केन्दित नभई अल्पकालिन राजनितीले डोरयाएको देखिन्छ । अफ्रीकाको समृद्धीलाई प्रोत्साहन दिनु असल दिर्घकालिन परराष्ट्र निती हो ।

अन्तमा विकासको सहायताले समाजको राजनितिक परिघटनाहरु परिवर्तन गर्न सहयोग गर्नुपर्छ । मेरो यस भनाईको मतलब प्रजातन्त्र लादनु भन्ने  होइन । तर पनि नयाँ प्रजातन्त्रलाई सहि ढङ्गले संचालन गर्ने हो भने यो राम्रो कुरा हुन सक्छ । ऐतिहासिक  प्रमाणले के दर्शाउछ भने समाजमा  शक्तिहरु सन्तुलित भएमा  राम्रो राजनितिक र आर्थिक सस्थांहरु उब्जिन्छन । यस लक्ष्य प्राप्तीका लागि हामीले नागरिक समाजको सहायताका साथै संचार माध्यमको प्रर्वधन गर्न आवश्यक छ ।अफ्रीकाको लागी कागजमा सिमित रहने व्यवस्था भन्दा यि राणानितीहरु बढी उपायोगी हुन्छन ।

 

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.