म व्यापारको हितमा वकालत गर्दछु, ब्यापारीको होइन !

- वसन्त अधिकारी

6,586

केहिदिन अघि, हिमाल खबर पत्रिकाको निम्ति अन्तरबार्ता दिनेक्रममा म मेरो साथीसंग काठमाण्डौको कफी हाउसको बरन्डामा बसेर गफ गर्दै थिए l केहि छिन् पछि एकजना करिब ५५-६० बर्ष उमेरका मानिस मेरो साथीलाई “सर नमस्कार” भन्दै आए l मेरो साथीले नमस्ते फर्काउदै उनको हाल-खबर सोधे, ति मानिसले जवाफ दिए “के हुनु नि सर, एक्कासि प्रहरी आएर सिलबन्दी गरिदिए, पाच मिनेटमा जे-जे सामान निकाल्नु छ निकाली हाल भनेर भने, आफ्नो लुगाफाटा पनि राम्रोसंग निकाल्न पाइएन हजुर” l “अब के होला तलब पनि खान पाइएको छैन, ऋण कर्जा गरेर खानु परेको छ, दोकानदार साहु पनि पैसा दे भनेर किचकिच गर्छन्, बिजोग छ हजुर” l मेरो साथीले केहि पैसा निकालेर उनको हातमा हालिदिए l “पर्दैन-पर्दैन हजुर” भनेर ति मानिस भन्दै थिए l “राख्नुस, अलिकति मात्र छ, नभएको बेला तपाईलाई काम लाग्छ” भनेर मेरो साथीले ति मानिसको हातमा पैसा थमाईदिए l ति मानिस गएपछि मैले मेरो साथिलाइ बिषय बारे सोधे, उनले भने “यी मानिस ‘बाजेको सेकुवा’मा काम गर्दथे, म त्यहाँ कहिले काही आउदा-जादा चिनजान भएको थियो, अहिले बाजेको सेकुवा बन्द रहेको कारण बिचरा अफ्ट्यारो स्थितिमा छन्” l

यो प्रसङ्ग म हाल नेपालको जल्दोबल्दो सुनकाण्डको मुद्दासंग जोड्न चाहन्छु l यस सुनकाण्ड मुद्दामा केहिले आफ्नो ज्यान समेत गुमाएका छन् भने प्रहरी प्रसासन लगायत ब्यापारी तथा अन्य विभिन्न निकायका मानिसहरु यसमा मुछिने क्रममा छन् l जस्मद्धे सरकारले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका आरोपित एक अभियुक्त चेतनाथ भण्डारी स्वामित्वको ‘बाजेको सेकुवा’ रेस्टुरेन्ट थप अनुसन्धानको निम्ति बन्द गर्ने निर्देशन गर्नुको साथै ‘बाजेको सेकुवा’ ब्रान्ड (फ़्रान्चाइज्) लिएर व्यावसाय  चलाउँदै आएका व्यवसायीलाइ पनि व्यावसाय बन्द गर्ने निर्देशन दिएको छ, जुन निर्णयले प्रतक्ष वा अप्रतक्ष धेरैलाई प्रभाब पार्ने कुरा निश्चित छ l

निसन्देह, ब्यापार नाफा कमाउनको उदेस्यले गरिने क्रियाकलाप हो, तर त्यो नाफा अरुको अहित गरेर हैन, सेवा प्रदान गरेर आर्जन गरिनु पर्दछ l यदि कुनैपनि उधम तथा ब्यापार गर्ने मानिसले गलत क्रियाकलाप गरि आफ्नो ब्यापारलाइ बढावा दिन्छ वा अरुको जिउ-धनमा हानि नोक्सानी पुर्याउने कार्य गर्दछन् भने उनीहरुलाई प्रचलित कानुन अन्रुसार कारवाहीको भागीदार अवस्य बनाइनु पर्दछ l कानुनको नजरमा सबै बराबर भएकाले, रुपिया-पैसा छ भन्दैमा कसैलाई कानुन नलाग्ने भन्ने हुदैन l तर जबसम्म कसैको अपराध सिद्ध हुदैन तबसम्म उसलाई अपराधिको रुपमा व्यवहार गर्नुपनि न्यायोचित ठहरिदैन l राज्यले बाजेको सेकुवा वा उसको फ़्रान्चाइज् बन्द गर्ने जुन रबैया लिएको छ त्यो निर्णय कदापि सहि होइन, किनकि यो निर्णयसंग थुप्रै अन्य आर्थिक तथा सामाजिक पक्ष जोडिएका हुन्छन् l यदि बाजेको सेकुवाका संचालक चेतनाथ भण्डारीमाथि कारबाही नै गर्नु थियो भने उनको मुद्धा छिनोफानो नहुन्जेल सम्पति हस्तान्तरण तथा रोक्का गर्नुपर्ने थियो, तर यसरी एक्कासि ब्यापार व्यावसाय नै बन्द गर्ने निर्णय आदेश कदापि सहि देखिदैन l यसरि ब्यापार-व्यावसाय बन्द गरिदिदा सयौको रोजगारी र जीविकोपार्जनमा प्रतक्ष नकारात्मक असर पर्ने कुरा निश्चित छ l यसको अलावा बाजेको सेकुवाको फ़्रान्चाइज् (ब्रान्ड) लिएर ब्यापार-व्यवसाय संचलान गर्नेहरुले अनायासमा ठुलो नोक्सानी बेहोर्नुको साथै ग्राहकहरु आफुले पाउने सेवाबाट बन्चित हुनेकुरामा दुइमत छैन l

यसकिसिमको निर्णयले सरकार अपराधको मामिलामा कडा भएर प्रस्तुत हुन सक्छ भन्ने नजिर त प्रस्तुत हुने देखिन्छ, तर अन्तत यसले नेपालको व्यावसायिक बाताबरणलाइ त्रसित तुल्याउनुको साथै सम्पति माथिको हक, गरि खान पाउने अधिकार र रोजगारी तथा जीविकोपार्जन हकलाइ कुण्ठित गरिदिनेछ, जसले अन्तत नेपालको ब्यावासाहिक बाताबरणलाई निरुत्साहित गरिदिनेछ l

संसारभर फ़्रान्चाइज् (ब्रान्ड) को लहर चलेको अवस्था भएपनि हाम्रो व्यावसायिक बाताबरणको स्थिति राम्रो नभएको कारण हामीले बिदेशी कम्पनिको फ़्रान्चाइज् लिएर ब्यापार-व्यावसाय गर्नुपर्ने बाध्यता छ l तर अपबादको रुपमा बाजेको सेकुवा नेपालमा मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रवेश गर्न लागेको देखिन्छ l भर्खरै मात्र न्युयोर्कमा संचालनमा आएको बाजेको सेकुवाको फ़्रान्चाइज् अमेरिकाको अन्य सहरहरुमा पनि स्थापित हुने तरखरमा छ l भविष्यमा यस ब्रान्डले KFC, Mcdonald का ब्राण्ड सरह युरोप तथा अन्य महादेशहरुमा नपुग्ला भनेर भन्न सकिन्न l यसो भएको खण्डमा ति फ़्रान्चाइज् हरुले तिरेको रोयल्टीले नेपाल तथा नेपालको व्यावसायको नै हित गर्नेछ, साथै यसले अन्य नेपाली ब्यावसायीलाइ नविनतम तथा अन्तर्राष्ट्रिय सोच राख्न पनि प्रेरित गर्नेछ l तर हामीले बाजेको सेकुवालाइ चेतनाथ भण्डारी (व्यक्ति) सरह व्यवाहार गरि बन्द गर्न तर्फ लाग्यौ भने यसले सिर्जना गरेको रोजगारी तथा यसले प्रदान गर्दै आएको सेवाबाट पनि बन्चित हुनु पर्ने अवस्था आउनेछ, जुनकुरा नेपालको व्यावसाय तथा अन्य कसैको हितमा छैन l कर्पोरेट कानुन व्यवसायी सज्जनबर सिंह थापाले सेतोपाटीमा दिएको बक्तब्य अनुसार “कानुनी भाषामा कम्पनी भनेकै एउटा व्यक्तिसरह हो । जसरी भण्डारीले गरेको अपराधमा उनकी श्रीमतीलाई लगेर थुन्न मिल्दैन, त्यसैगरी बाजेको सेकुवा पनि बन्द गर्न मिल्दैन” (असाढ ११, २०७५ सेतोपाटी) l

ब्यापार त्यति सहज बिषय होइन जति हामि सोच्दछौ, त्यसमापनि सफल ब्यापार अझ कठिन बिषय हो l उत्पादन गर्ने वा व्यावसाय संचालन गर्ने बित्तिकै सफल हुन्छ भन्ने पनि होइन l सुरु वा संचालन गरिएका धेरै उधम, ब्यापार-व्यावसाय मद्धे केहि सिमित मात्र सफल र अधिकांस असफल भएका उधाहरण हामि सामु प्रसस्त छन् l र ति सफल त्यतिबेला हुन्छन्, जतिबेला तिनीहरुको बस्तु तथा सेवालाइ धेरै भन्दा धेरै ग्राहकले स्विकारी दिन्छन् l

साधारण एउटा किराना पसल संचालन गर्न त निकै योजना बनाएर चल्नु पर्दछ भने, ब्रान्ड स्थापित गरि फ़्रान्चाइज् विस्तार गर्ने कुरा त निकै कठिन काम हो, जुनकुरा उचित बुद्दी-बिबेकको प्रयोग, कडा मेहेनत र बस्तु तथा सेवा द्वारा ग्राहकको मन जितेपछि मात्र आउने कुरा हो, जुनकुरा बाजेको सेकुवाले उदाहरण प्रस्तुत गरेको छ l यसलाई बन्द वा निरुत्साहित गर्नुको साटो छिटो भन्दा छिटो सत्य-तथ्य पत्ता लगाई मुद्दाको छिनोफानो गरि निम्न आय भएका मानिसहरुले गुमाएको रोजगारी दिलाउनुको साथै व्यावसायिक बाताबरण र सम्पतिमाथिको अधिकार सुनिस्चित गर्न आवस्यक छ l यदि चेतनाथ भण्डारीको अपराध साबित हुन्छ भने उनलाई प्रचलित कानुन बमोजिम सजायको भागीदार बनाइनु पर्दछ तर यदि उनीमाथि लागेको अभियोग साबित हुदैन भने राज्यले बाजेको सेकुवाको ब्यापार र ब्रान्डमा पर्न गएको पूर्ण क्षतिपूर्ति तिर्नुपर्दछ l

हामिले ब्यापार-व्यावसायको महत्वलाई कम आक्न मिल्दैन, आज विश्वमा जतिपनि देशहरु बिकसित भएका छन्, ति सबै देश उधम, ब्यापार र व्यावसायलाइ प्रोत्साहन गरेर वा त्यसको निम्ति चाहिने आवस्यक पूर्वाधार र नीति-नियम कार्वान्वयन गरेर नै बिकशित भएका छन् l तर नेपालमा ब्यापार र उधमको अवस्था भने त्यति संतोसजनक छैन, आज हामि World Bank Doing Business रिपोर्टमा १०५ औ स्थानमा पर्नु दुक्खको कुरा हो, जसले नेपालमा ब्यापार-व्यावसाय गरि खान कठिन रहेको कुरा स्पस्ट पार्दछ l व्यापारले रोजगारि सिर्जना गर्ने, बस्तु तथा सेवा प्रदान गर्ने, निर्यात गर्ने, ब्यापार घाटा कम गर्ने, नागरिकहरुको तथा देशको आर्थिक अवस्था दह्रो बनाउने जस्ता महत्वपूर्ण कार्य गर्ने भएकोले नेपाल जस्तो गरिब मुलुकमा यसको ठुलो महत्व अझ रहन जान्छ l जसकारण राज्यले यसलाई निरुत्साहित गर्ने भन्दापनि यस क्षेत्रमा रहेका कमि-कमजोरीहरुलाई सच्याई व्यावसायिक ब्याबाताबरण तयार गरि अगाडी बढ्नु पर्ने टड्कारो देखिन्छ l

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.