नयाँ पिडिका युवाहरु ब्यापार- व्यवसायलाइ हल्का र सजिलो रुपमा लिन्छन् – डेनिस कार्की

83

बिराटनगर, भाद्र १४, २०७५, बिहिवार ,

बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार संचालन गरिने “लार्स्ट थस्डे” एउटा अन्तकिर्या कार्यक्रम हो, जसमा सफल उद्यमीहरुले आफ्ना व्यक्तिगत अनुभवहरु साट्ने कार्य गर्दछन् l यस कार्यक्रममा उधमी बक्ताले युवाहरुको उद्यमशिलता सम्बन्धि जिज्ञासा मेटाउनुको साथै उनीहरुलाई उद्यम सुरु गर्नका लागी सल्लाह तथा सुझावहरु दिने कार्य गर्दछन् l यस सस्करणमा अतिथि वक्ताका रुपमा बिराटनगरस्थित बिराट मेडीकल कलेजका उपाध्यक्ष तथा बिराट ग्रुपका प्रबन्धक डेनिस कार्कीले युवाहरुमाझ आफ्ना व्यक्तिगत र व्यावसायिक अनुभवहरु सुनाएका थिए l

रशियामा जन्मीएका डेनिस, ४ वर्ष को हुदा नेपाल आएको कुरा जानकारी गराए l उच्च शिक्षा अस्ट्रेलियामा गरी नेपाल फर्कीएर हाल बिराट ग्रुपमा कार्यकारी उपाध्यक्षको रुपमा कार्यरत रहिआएका छन् l कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा उनले व्यापार व्यवसाय गर्न आफुसंग कुनै नया सोच नभए पनि व्यवसाय चलाउन सक्ने बताए l राम्रो व्यापार गर्न अरुले अपनाएको ब्यापारलाइ नै पनि नया ढंगबाट गर्न सकिनेमा उनले जोड दिए, तर त्यसलाई अझै कुशल र परिपक्कतासाथ गर्नुपर्ने उनले बताए l यसैसंग उनले नेपालका ब्यावासायको नीतिगत तहमा सुधार आउने हो सबैलाई फाइदा हुने पनि बताए l साथै जन समुदायको मागलाइ पहिचान गरी अरुले दिन नसकेको सेवाको आपूर्ति पुर्याऊन सकेको खण्डमा कुनैपनि व्यापार राम्रो विकल्प  हुनसक्छ भन्ने कुरामा जोड दिए l

नेपाल बाहिर अध्ययन गर्दा बाहिर देखेका कुराहरु नेपाल फर्किएर लागु गर्न सकिन्छ कि भनेर आफ्नो डायरीमा योजनाहरु लेख्ने गरेको बताए l साथै बाहिर देखेका कुराहरुलाई नेपालको परिस्थिति अनुसार कसरी ढाल्न सकिन्छ भनेर सोच्ने गरेको पनि जानकारी दिए l संसारभरि भइरहेका कुराहरु नेपालमा भइरहेका छैनन्,  यदि बाहिर जतिको उत्शाह र उमङ्ग यहाको जनसंख्यामा ल्याउन सक्ने हो भने यहाँपनि धेरैकुरा गर्न सकिने कुराको जानकारी उनले दिए l उनको बिचारमा ट्रेन्डलाइ अध्ययन गर्नुपर्ने हुन्छ र त्यहि हिसाबले उत्पादन गर्नुपर्छ, अन्य ठाउको फेसन वा ट्रेन्ड यता नचल्ने भन्ने हैन, मानिसको आवस्यकता त जहाँपनि त्यहि नै हुन्छ l

उनको भनाइ अनुसार, भर्खरै सुरु गर्दै गरेका युवा उद्यमीमा आत्मविश्वासको कमि छ l उनीहरु पुजी निर्माणमा गएर अड्किन्छन् l ८० प्रतिसत साना व्यवसाय योजना र प्रयासको कमिले गर्दा बन्द भएको देखिन्छन् l अहिलेको नयाँ पिडिका युवाहरु ब्यापार- व्यवसायलाइ हल्का र सजिलो  रुपमा लिइ छोटो बाटो अपनाइ व्यवसाय गर्ने र पुजी भित्र्याउने सोच राख्दछन् l तर  व्यवसायलाइ फस्टाऊन  लामो समय लाग्नसक्छ र त्यसका निम्ति कठोर प्रयासको पनि आवस्यकता पर्दछ l यदि कसैले ब्यापार गर्ने सपना बोकेको छ र सहि सोच र लगनसिलता छ भने बजारमा जो कोहिले पनि अवस्य राम्रो गर्न सक्छ l

हामीले न्युजिल्याण्ड वा जापान जस्तो प्रविधि त भित्राउन नसकेपनि हामि नेपालीहरुको आफ्नै सबल पक्षहरु छन् l  हामि कुनैपनि अवसरहरु बाट वन्चित हुनुहुदैन l हाम्रीले हाम्रो बजार र हाम्रो सपनालाइ मिलाएर परिकल्पना गर्न सक्यौ भने यहाँ पनि निकै कुराहरु संभव छन् भन्नेकुराको जानकारी अथिति बक्ताले व्यक्त गरे l

अन्त्यमा उनले नेपालको व्यापार व्यवसायलाई प्रवर्धन गर्नलाई सबैभन्दा ठुलो तगारोको रुपमा हाम्रा राज्यको नीतिहरु रहेको कुरा अवगत गराए, नत्र नेपालपनि सम्भावनाका खानि रहेको कुरा व्यक्त गर्दै  आफ्नो भनाइलाइ अन्त्य गरि सहभागीहरुको प्रश्न र जिज्ञासालाइ आफ्नो उत्तरमार्फत मेटाउने प्रयास गरे l कार्यक्रम होटल नमस्कारको प्रांगणमा भाद्र १४, २०७५, बिहिवारको दिन सम्पन्न भएको थियो, जसमा ७६ जना सहभागीहरुले सहभागिता जनाएका थिए l

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.