उद्यमशीलता रेस नभएर म्याराथन दौड हो।

7

 

विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे ” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ भाद्र १२ गते बिहीबारका दिन सम्पन्न भएको छ ।

होटेल नमस्कार, नेपलिज यंग इन्टरप्रेनस फोरम विराटनगर, विराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेज द्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा खालि सिसीको संस्थापक तथा कार्यकारी निर्देशक श्री आयुशी केसीले अतिथि वक्ताको रूपमा विराटनगरका युवाहरू माझ अन्तरक्रिया गरेकी थिइन् ।

2018 को फ्रब्स अन्डर ३० र एसिया २१ योंग लिडर २०१९ मा  पर्न सफल उद्यमी आयुशीले आधा घण्टा आफ्नो अनुभव साटासाट गरेपश्च्यात प्रश्न उत्तर मार्फत सहभागीहरूको जिज्ञासा मेटाएकी थिइन् l

मध्यम परिवारमा जन्मेकी केसी कुनै व्यवसायी घरानाबाट नभए पनि  मेहनत गरी जस्तो परिस्थितिमा जन्मे हुर्के पनि परिवर्तनको संवाहक बन्न सक्ने प्रेरणा आफूले परिवारबाट पाएको कुरा जानकारी गराइन् l

शिक्षा भन्दा पनि जरुरी अनुभव रहेको बुझाइको कारण आफ्ना साथीहरू उच्च शिक्षा हासिल गर्न बाहिर गैरहेको बेला आफूले नेपालमा पढ्ने र केही गर्ने सोच बनाएको र अवसरले ढोका ढक ढकाएको बेला आफूले त्यसबाट लाभ लिन सकेको विचार श्रोता समक्ष प्रस्तुत गरिन् l

फलाम, सिसी, कागज भनेर घर-घर अगाडी कराई हिँड्ने कवाडी वाला दाइहरूमा अकस्मात एक दिन आफ्नो ध्यान पुगेको र उनीहरूको काम र दैनिक जीवनी प्रति आफ्नो चासो बढेको कारण ती कवाडीमा काम गर्ने दाइभाइहरुलाई समेटेर फोहोर र कवाडीमा प्रविधिको प्रयोग गरी कसरी काम गर्न सकिन्छ भनेर लामो समय सोच्दाको परिणाम २ वर्ष अघि खालि सिसीको अवधारणा आएको जानकारी गराइन् l

खालि सिसीले कवाडीको क्रेता र बिक्रेता बिचमा प्रविधि मार्फत मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिने, जसमा कवाडी बिक्री गर्न चाहने व्यक्ति तथा संस्था लाइ कवाडी सङ्कलन गर्ने व्यक्तिहरू बिच समन्वय गरिदिने कार्य खालि सिसीले गर्ने गरेको जानकारी अतिथि वक्ताले गराइन् l

उद्यमशीलता रेस नभएर म्याराथन दौड जस्तो भएको कारण तत्कालै आफ्नो कामको नतिजा नआए पनि मेहनत गर्दै सफलता पहल्याउदै जानुपर्ने तथा समूह निर्माण गरी जोखिम उठाउँदै आत्मविश्वासका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् l

होटेल नमस्कारको प्राङ्गणमा भएको कार्यक्रम लाइ विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले सहजीकरण गरेका थिए भने, कार्यक्रमको औचित्य बारे होटेल नमस्कारका निर्देशक युनेश राज श्रेष्ठले प्रकाश पारेका थिए l

कार्यक्रमको अन्त्यमा नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगर र होटेल नमस्कारको तर्फबाट श्री युनेश राज श्रेष्ठले कार्यक्रमका वक्ता आयुसी केसीलाई प्रशंसा पत्रले सम्मान गरेका थिए l कार्यक्रममा १०५ जना युवा तथा विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको थियो l

 

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.