तपाई हामी सबैले कुनै न कुनै बेला रात्री बसको यात्रा गरेको हुनुपर्छ l त्यसबेला अवस्यपनि रात्री बसले खाना खुवाउने स्टाफ लाइन होटेलमा खाना वा खाजा खाएको हुनुपर्दछ l ति होटेलहरुमा खाना खादा यहाको अनुभब कस्तो रहेको छ ? पक्कैपनि हामि मद्दे धेरैको अनुभब अधिकांस होटेलहरु प्रति त्यति सकारात्मक नहुनसक्छ l फेरी पनि हामि डोर्याएर ति होटलमा खाना खान जान चाहन्छौ त ? बाध्यताले गर्दा हो भने बेग्लै कुरा हो, नत्र म जस्ता धेरै व्यक्ति दोर्याएर सायदै ति होटलहरुमा खाना खाने इच्छा जाहेर गर्लान् l त्यहाको फोहोर, अस्तव्यस्तता, महंगी, रुखो बोलि-बचन र व्यवहार देख्दा धेरैजनाको स्टाफ लाइन होटल प्रति बित्रिस्णा जाग्नु स्वाभाविक हो l
पैसा तिरेपछि ग्राहकले आफुले तिरेको रकम अनुसारको खाना खान रुचाउछन्, जुनकुरा यसकिसिमका होटलहरुमा सायदै सम्भब छ l यसकिसिमका होटलहरुमा दाम उच्च तोकिएको हुन्छ, तर खानाको गुणस्तर निम्नस्तरको हुन्छ l ग्राहकले आफ्नो खल्तीको पैसा तिरेपछि राम्रो खाना खान पाउनु उसको अधिकार हो भन्ने कुरालाइ सायदै विचार गरिएको हुन्छ l ग्राहकसंग सरोकार नराखी गुरुजीलाइ मात्रै खुसि राख्नसक्यो भने आफ्नो उदेस्य पुरा भइहाल्छ भन्ने मानसिकता ति होटलवालाहरुको रहेको देखिन्छ l
बसमा चढेका यात्रुहरुको सुबिधा बारे ध्यान पुर्याउने जिम्मेवारी त्यस बसका मालिक, गुरुजी, कन्टेकटर, खलासी आदि सबैको हुन्छ l तर आफ्ना यात्रुहरुले राम्रो खाना खाउन् बिषयतर्फ भने सायदै उनीहरुले विचार पुर्याएका हुन्छन् l ग्राहकले राम्रो खाना खाउन् वा नखाउन् उनीहरुलाई त्यसकुरासंग सरोकार नै रहेको देखिदैन l खाना खान गाडी लगेर कहिँ न कहिँ रोकिदिनु पर्ने भएकोले औपचारिकता पुरा गरेजस्तो मात्र देखिन्छ l यात्रुहरुको निम्ति खाना खान गाडी लगेर यस्तो एकान्त ठाउमा रोकिन्छ जहाँ ग्राहकलाइ कुनै छनौटको सुबिधा नै हुदैन l यदि भइहाल्यो भनेपनि ग्राहकको पैसा आफ्नो खल्ती बाहेक अन्यत्र नजाओस् भन्ने मनसायले होटलवाला आफैले वा तिनका मानिसहरुले सेरोफेरोमा साना-तिना पसल खोलेका हुन्छन् l यदि अरु कसैले दोकान थापेको भएपनि साठगाठ गरि सामानको भाउ एकनासले तय गरिएको हुन्छ, जसले ग्राहकलाइ बढी पैसा तिर्न बाध्य बनाउदछ l कुनै ग्राहकले यसकिसिमको व्यवहार प्रति बिरोध जनाउने कोसिस गर्यो भने सबैमिलि उ माथि जाइलाग्ने सम्भावना धेरै रहन्छ l
म भर्खरै काठमाण्डौबाट बिराटनगर यात्रा गर्ने क्रममा चियाबारी सिन्धुलीमा खाना खुवाउनको निम्ति गाडी रोकियो, जहाँ प्रायसबै होटल अगाडी माइक्रोको लाइन लागेको थियो l सबै खाना खाने ठाउहरु माइक्रो बसका यात्रुहरुले भरिभराउ थिए l मैले एउटा दोकानमा कूनैपनि माइक्रो पार्किंग गरेको भेटिन जहा मानिसहरुको घुइचोपनि थिएन l सस्तो र राम्रो खाना पाईएला भन्ने सोचले त्यतातर्फ लागे l चिया मगाएर दोकानको भाइलाइ सोधे, “भाइ सबै दोकान अगाडी गाडी लागेका छन्, तिम्रो दोकानमा छैन किन ?” उनले उत्तर दिए “उनीहरुले ट्रीप अनुसार गुरुजीलाई पैसा दिन्छन्, खाना खुवाउछन् त्यसैले उनीहरुको मा रोक्छन्, हामि दिदैनौ त्यसैले हाम्रोमा गाडी रोक्दैनन्” l मैले सोधे “किन नदिएको त तिमीहरुले कमिसन ?” उनले भने, “हामीलाई यस्तै ठिक छ दाइ, थोरै ग्राहकहरु आउछन्, तर राम्रो खाना खुवाउन पाइन्छ, जसले गुगारा भैहाल्छ, गाडीवालालाइ कमिसन दिदा खानको गुणस्तर घटाउनु पर्छ, अनि ग्राहकसंग बढी पैसा बढी पैसा लिन बाद्य हुनुपर्दछ” l मैले फेरी सोधे “त्यसो भए खानाको पैसा त सस्तो होलानी तिमीहरुको ?” उनले भने “खानाको रेट त उस्तै हो दाइ” l “कसरि उस्तै, सस्तो हुनुपर्ने होइन र ?” होइन दाइ, यहाको समितिले खानाको दाम तोकेको छ, त्यो भन्दा कममा हामीले बेच्न मिल्दैन l
मैले कमिसनको खेल बारे थप जानकारी पाउन मेरो गाडीको खलासी भाइलाई सोधे, “भाइ तिमीहरुले खाना खाने ठाउमा गाडी रोके बापत केहि पाउछौ ?” उनले सजिलो संग भने “ हामीलाइ त खाना फ्रि हुन्छ, त्यस बाहेक अरु त्यस्तो केहि हुदैन, उही दसैको बेला लुगा किन्न केहि थोरै पैसा दिन्छन्, तर गुरुजीलाइ ट्रीप अनुसारको भत्ता दिन्छन् अरे l” मैले फेरी सोधे, कति दिन्छन् एकपटक गाडी लगेर रोकेको? ” उनले भने “५००-१००० सम्म देलान्” l मैले यसबारे थप अनुसन्धान गर्दा गाडीको साइज र यात्रुको संख्या अनुसार गुरुजीलाई दिने कमिसन फरक हुने कुराको जानकारी होटलबालाबाट पाए l यसबाट स्पस्ट हुन्छ होटलबालाले जुन पैसा गुरुजिलाई कमिसन स्वरूप बुझाउनु पर्छ, त्यहि पैसा वसुलउपर गर्न नै ग्राहकहरुलाइ धेरै रकम कस्न र गुणस्तरहिन खाना खुवाउन होटलवालाहरु बाध्य हुन्छन्, जसको प्रतक्ष मार ग्राहकहरुमा पर्दछ l मेरो एकपटक भकुण्डेबेसी वरै चिया खाने दोकानमा चर्को मूल्यको बिषयमा दोकान साहुजीसंग भनाभन पर्दा दोकान साहुले गुरुजीहरुलाई नास्ता/कमिसन खुवाउनु परेको कारण बढी ग्राहकलाई बढी मुल्य पर्न गएको कुरा ब्यक्त गरे l यदि होटलवालाले गुरुजीलाई त्यो पैसा बुझाउनु नपरेको भए शायद ग्राहकहरुले अझ सस्तो र राम्रो खाना खान पाउनुको साथै उचित व्यवहारपनि पाउने सम्भावना रहने थियो l
मेरो आसय दोकानदारले आफ्नो सामानको मूल्य तोक्न पाउदैन भन्ने होइन, उसको सामानको मूल्य तोक्न पाउने उसको अधिकार हो, साथै कमिसन लिने वा दिने कुरालाई पनि गलत भन्न मिल्दैन l तर कमिसन दिएर-लिएर वा साठगाठ ब्यापार गरि ग्राहकहरुलाई बढी मुल्य तिराउने कार्य गरिन्छ भने त्यो गलत हो, जसलाई निरुत्साहित गर्न नितान्त आवस्यक छ l व्यापारमा प्रतिस्पर्धालाइ मर्न दिनु हुदैन, प्रतिस्पर्धाको बजारले जहिले पनि ग्राहकलाइ छनौटको अवसर र कम मुल्यमा बस्तु तथा सामाग्रीहरु उपलब्ध गराउदछ l
कसरि सुधार ल्याउन सकिन्छ होला त स्टाफ लाइन होटलहरुमा ? के गर्यो भने धेरै भन्दा धेरै ग्राहकहरुले राम्रो सेवा पाउने थिए? उत्तर त्यति सजिलो नहोला, तर मलाइ लाग्छ यदि यात्रु तथा ग्राहकहरु आफै सचेत हुने, साठगाठलाइ निरुत्साहित गरि प्रतिस्पर्धाको उचित बाताबरण तयार गर्ने, ग्राहकलाइ छनौटको सुबिधा दिनुको साथै नियमन र निगमनलाइ प्रभावकारी बनाउने हो भने ग्राहकले आफुले रुची अनुरुपको खाना उचित दाममा गुणस्तर युक्त खान पाउने छन् l यसो भएमा सबैभन्दा राम्रो सेवा प्रदान गर्ने होटलतर्फ धेरैभन्दा धेरै ग्राहकहरु आकर्सित हुनेछन् l यसको लागि हरेक होटलबालाले ग्राहकलाई राम्रो सेवा दिनको लागि प्रतिस्पर्धा गर्नु पर्नेछ, जसले गर्दा त्यहि मात्र होटल बजारमा टिक्न सफल हुन्छ जसले धेरै-भन्दा धेरै ग्राहकहरुलाई उचित सेवाप्रदान गर्न सफल हुन्छन् l जसले राम्रो सेवा प्रदान गर्न सक्दैन र जसलाई ग्राहकहरुले रुचाउने छैनन्, उनिहरू बिस्तारै बजारबाट बिस्थापित हुन बाध्य हुनुपर्दछ l
यदि प्रभाबकारी नियमनको र प्रतिस्पर्धाको उचित बाताबरण तत्काल बनाउन नसकिएको खण्डमा स्टाफ लाइन होटललाइ यात्रु/ग्राहकहरुले नै धेरैहदसम्म सुधार्न सक्ने सम्भावना म देख्दछु l यसका लागि हामि यात्रुहरुले गर्नुपर्ने खासै अरु केहि होइन l मात्र सबै यात्रुहरुले यात्रा गर्दा केहि समयको लागि आफ्नो खाना आफैले व्यवस्था गर्ने, अर्थात् गाडी चड्न अघि आफ्नो रुची अनुरुपको खाना/फलफुल घर वा बजारबाट लिएर हिड्ने र ति होटेलहरुमा केहिदिन खाना नखाईदिने हो भने स्टाफ लाइन होटलवालाहरुको बिक्रिमा ह्रास आउने छ, जसले होटलवालाहरुलाई खानाको गुणस्तरमा सुधार ल्याउन तथा मूल्य समायोजन गर्नको निम्ति बाध्य बनाउनेछ l ग्राहकले खाना नखाइदिएपछि होटलवालाहरु नैतिक रुपले गुरुजीलाई कमिसन दिन पनि बाध्य हुने छैनन् l कामिसंनको लोभ नै नरहेपछि गुरुजीहरु पनि जस्तो पायो त्यस्तै ठाउमा खाना खान गाडी रोक्नु भन्दा पनि राम्रै खाना खाने ठाउमा गाडी रोक्न बाध्य हुनेछन् l
समाजमा रहेको बिकृतिहरुलाई निरुत्साहित गर्न या त राज्यको कानुनले तदारुकता देखाउनु पर्यो, अन्यथा त्यो देशका नागरिकहरुले बिक्रितिहरुको बिरुद्ध आवाज उठाएर त्यसको समाधानको निम्ति पहल गर्न आवस्यक हुन्छ l एउटा जिम्मेवार र सचेत नागरिकले आफ्नो कर्तब्यको बारेमा मात्र सचेत भएर पुग्दैन, उसले अरुको गैर-जिम्मेवारीपूर्ण क्रियाकलापको बिरोध गरि त्यसलाई सच्याउनको निम्ति आफुले पहल गर्न पनि उत्तिकै जरुरि छ l