बिराटनगरका नागरिकहरु ट्राफिक चोकदेखि जलजला चोकसम्म यात्रा गर्ने क्रममा चोक-चोकमा वान वे गर्न राखिएका ठुला ठुला ब्यारिकेड देखि परिचित नै छन् l हनुमान मन्दिर, पंचमुखी हनुमान मन्दिर र जलजला चोकमा राखिएका यी ब्यारिकेड़हरु यात्रुहरुलाई उक्त सडक “वान-वे” रहेको जानकारी दिन राखिएका हुन् l
बिराटनगरको मुख्य बजारलाई चिर्ने सडक, मेनरोड दसकौ देखि बिराटनगरको व्यस्त सडक रहिआएको हामि सबैले महसुस गरेका छौ l व्यवस्थापनको निमित्त यी बाटाहरु पटक-पटक फराकिलो पनि बनाइयो, साथै यसलाई अफिस समयमा वान-वे घोषणा गरेको पनि निकै लामो समय भैसक्यो l तर पनि यसले ट्राफिक जामको समस्यालाई त्यति व्यवस्थापन गर्न सकेको छैन l प्राय जसो जाम भने चोकमा आएर हुन्छन् l मलाइ लाग्छ, त्यसको मुख्य कारण हो आधा सडक छेक्ने गरि राखिएका त्यी ब्यारिकेडहरु, जसले बाटोको मुखलाई सागुरो बनादिएको छ र जति फराकिलो बाटो बनाएपनि गाडीहरुका लागि एक लेन मात्र उपलब्ध हुन्छ l
कुनैपनि सडकलाइ वान-वे घोषणा गर्नुको मूल उदेस्य त्यस सडकको दुवै लेन एक तर्फ मात्र प्रयोग हुन दिएर सवारी साधानहरुलाई व्यवस्थित गर्नु हो l तर जब उक्त सडक वान-वे रहेको इंगित गर्न नै आधा बाटो ओगट्ने ब्यारिकेडको प्रयोग गर्ने हो भने के त्यो वान-वेले कुनै अर्थ राख्ला त? नियम बनेको बर्षौ बितिसक्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायहरु उदासिन देखिन्छन् l अन्य राष्ट्रहरुमा जस्तो सामान्य साइन बोर्डहरु लगाइने हो भने सायद ब्यारिकेड नराखी पनि सडक वान वे रहेको संकेत दिन सकिन्छ होला l र त्यी ब्यारिकेडको अनुपस्थितिमा पनि सवारी साधन प्रयोगकर्ताहरुले दुवै लेन प्रयोगगरि मौजुदा पूर्वाधारको अधिकतम फाइदा उठाउन सक्ने थिए l परीवर्तनको निम्ति ठुलै काम गरिरहन पर्दैन, स-साना बिषय तर्फ ध्यान दिदापनि धेरै फरक पर्नसक्छ l