बिराटनगर, जेष्ठ १७ , बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” एक अन्तकिर्यात्मक कार्यक्रम हो जसमा सफल उद्यमीले युवाहरु बीच आफ्ना अनुभव साटासाट गर्ने कार्य गर्दछन् l युवाहरुमा उधमशिलताको बिषयमा जानकारी गराई उनीहरुलाइ उधमी बन्न उत्प्रेरित गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ l
कार्यक्रमको यस सस्करणमा अतिथि वक्ताका रुपमा तेज सीमेन्ट उद्योग र जानकी पोलीटेन्क इंडस्ट्रीज डाइरेक्टर, सन्तोष चौधरीले युवाहरुमाझ आफ्ना व्यक्तिगत र व्यावसायिक अनुभवहरु सुनाएका थिए । उक्त कार्यक्रमको सुरुवातमा उनले कसरी एउटा सानो किराना दोकानबाट साईबर क्याफे, हार्डवेर पसल हुदै आफ्नो व्यावसायिक यात्रालाई यो अवस्थासम्म पुर्याउन सफल भए भनेर युवाहरु माझ आफ्नो जीवनको उतार-चडाव र अनुभबहरु सुनाएका थिए l अन्तरक्रियामा चौधरीले युवाहरुलाई सफलताको लागी जोखिम लिएर अगी बढ्न आग्रह गरे । उनले आफूले जोखिम लिएर नै यहाँसम्म आईपुगेको कुरा पनि बताए l जुनदिन मानिसले जोखिम लिन छोडदिन्छ, त्यो दिन देखी मानिस अगी बढ्न नसक्ने पनि बताए l उनले कुनैपनि ब्यापार सानो ठुलो हुदैन, आफु आफ्नो काम र उदेस्यमा स्पस्ट हुन जरुरि रहेको बताए l सबै किसिमका व्यापारमा जोखिम रहेकोले त्यसको निम्ति धैर्यता, इमान्दारिता र लगनशीलता हुन आवश्यक रहेको पनि जानकारी दिए ।
व्यक्तिमा धैर्यता नभएको खण्डमा सफलता प्राप्त नहुने दाबी समेत गरे । उनले “मुर्दा घाटमा लास र पसलमा ग्राहक कति खेर आऊछ भन्नेकुरा कसैलाई थाहा हुदैन, त्यसैले धैर्यताका आवस्यक छ” भन्ने उखानलाई उद्द्रित गरे l “पैसा जति पनि छरिएर रहेको छ, तर त्यसलाई चिन्न सक्नु पर्छ, कर्म गर्ने मानिस सफल हुन्छ, त्यसको निम्ति मनमा अठोट हुन जरूरी छ” भनेर उनले बताए l उनले पहिलेका भन्दा आहिलेका युवाहरुमा जोखिम लिने क्षमतामा कमी आएको कुरा उद्रित गर्दै आफूले सुरु गरेको ब्यापारलाई अब राष्ट्रमा मात्र सिमित नगरी अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादनलाई लाने कुरा पनि बताए l
नमस्कार होटलको प्रांगणमा ३:३० देखि ५:०० बजेसम्म आयोजित कार्यक्रममा १२५ जनाभन्दा बढी सहाभागीहरुको सहभागिता रहेको थियो l आयोजक विकल्प एन अल्टरनेटिभले होटल नमस्कार, मेरिल्याण्ड कलेज बि.बि.ए, मकालु टेलिभिजनसंगको सहकार्यमा बि.स २०७१ सालदेखि आयोजना गर्दै आएको कार्यक्रम “दि लास्ट थर्स-डे” को यो ४३ औ संस्करण थियो l आवर बिराटनगर यस कार्यक्रमको अनलाइन पार्टनरको रुपमा रहेको छ l