बिराटनगर स्थित बिभिन्न अर्थ-राजनीतिक बिषयमा अनुसन्धान र चेतनामुलक बहस शृंखलाहरु आयोजना गर्दै आएको विकल्प एन अल्टरनेटिभले महानगरपालिकालाई सडक व्यवसायीमाथि गरेको अनुसन्धानको रिसर्च रिपोर्ट बुझाएको छ l मगानगरपालिकाका मेयर भिम पराजुलीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सडक व्यवसायका सरोकारवाला तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो l कार्यक्रममा सडक व्यवसायहरुको अधिकार, उचित व्यवस्थापन तथा औपचारिकरण गरि करको दायरामा लेराउने समबन्धमा बहस तथा छलफल भएको थियो l
कार्यक्रमको सुरुवात बिकल्पले गरेको अनुसन्धानको प्रस्तुतीबाट भएको थियो जस । अनौपचारिक क्षेत्रको रुपमा फस्टाएका यी फुट्पाथ व्यवसायिहरुले सुपत मुल्यमा सेवा र वस्तु प्रदान गर्दै आएको हुनाले इनिहरुलाई व्यवस्थित बनाउन उनिहरुलाई मुल धारमा लेराउन आवस्यक रहेको कुरा सो प्रस्तुतिमा उल्लेख गरिएको थियो। साथै, अनुसन्धानको रिपोर्टमा भावी नीति निर्माण गरिदा फुटपाथ व्यवसायिलाई पनि मध्यनजर गरिनु पर्नेमा जोड दिदै महानगर र नेपाल सरकारको दिगो बिकासका निम्ति स्मार्ट सिटिको अवधारणामा जानका लागि पनि यस्ता खुद्रा व्यवसायिहरुको तथ्यांक सन्कलन गरि भावी नीति निर्माण गर्नु पर्ने कुरा उल्लेख गरिएको छ।
प्रतुती पश्चात् सरोकारवाला निकाय र नागरिक समाजका अगुवाहरुले पनि आफ्नो प्रतिकृया व्यक्त गरेका थिए। बहसको क्रममा फुट्पाथ व्यवसायीहरुले दिएको सेवाको गुणस्तर देखि लिएर उनिहरुको व्यवस्थापनमा आएको समस्याको बारे छलफल भयो। अधिकांस सहभगिहरुले अनुसन्धानकर्तालाई आफ्नो सुझाव दिएकोमा सकरात्मक प्रतिकृया जनाउदै मेयर पराजुलिले आगमी दिनमा पनि बिकल्पले यस्ता रिसर्च गर्दै अन्य समस्याहरु औल्याउँन महानगरलाई मद्दत पुर्याउने अपेक्षा गर्दै धन्यवाद व्यक्त गरे। सथै उहाँले आगामी दिनमा फुट्पाथ व्यवसायिहरुलाई व्यवस्थापन गर्ने सम्बन्धी ऐन र नीति बनाउदा बिकल्पले गरेको अनुसन्धानलाई मध्यनजर गर्ने समेत जनाए।