बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार संचालन गरिने “लार्स्ट थस्डे” एउटा अन्तकिर्या कार्यक्रम हो, जसमा सफल उद्यमीहरुले आफ्ना व्यक्तिगत अनुभवहरु साट्ने कार्य गर्दछन् . यस कार्यक्रममा उधमी बक्ताले युवाहरुको उद्यमशिलता सम्बन्धि जिज्ञासा मेटाउनुको साथै उनीहरुलाई उद्यम सुरु गर्नका लागी सल्लाह तथा सुझावहरु दिने कार्य गर्दछन् . यस सस्करणमा अतिथि वक्ताका रुपमा बिराटनगर स्थित देबेनारा ग्रुप अफ इन्डस्ट्रिजका उपाध्यक्ष बेनी गोपाल मुन्द्राले युवाहरु माझ आफ्ना व्यक्तिगत र व्यावसायिक अनुभवहरु सुनाएका थिए .
१९५३ मा बिराटनगरमा जन्मीएका बेनी गोपाल मुन्दडाले आफ्नो कक्षा १० सम्मको अध्ययन श्री सत्य नारायण माध्यमिक स्कूलबाट गरेका थिए l उनले उच्च शिक्षा I.com र B.com को अध्ययन भने विराटनगरको महेन्द्र मोरंग कलेजबाट गरे भने व्यापारको सुरुवात फरेन गुड पसलबाट सुरु गरेका थिए . त्यसबेला बाहिरको समान लिन भने काठमाडौं जानु पर्ने अवस्था थियो, बाटो अहिलेको जस्तो सजीलो थिएन l ब्यापरीहरुलाई त्यतिबेला अहिलेको जस्तो सहजै समान ल्याई ब्यापार गर्न सजिलो थिएन . बजारको माग हेरी आफ्नो परिवार तथा तथा अन्य संग सहकार्य गरि आफ्नो उद्यमलाई यस अवस्थासम्म ल्याई पुर्याई आज २५०० भन्दा बढी मानिसहरुलाई रोजगारी दिन सफल भएको कुरा कार्यक्रममा जानकारी गराए l
एक्लै धेरै कुरा गर्न सकिदैन, आफू मात्र खाऊ आफू लगाऊ भन्ने धारणा आफुमा मात्र सिमित हुन्छ l म हैन हामीको भावना हुनुपर्छ l मिलेर जे पनि गर्न सकिन्छ l साथै हरेक काम गर्न सहकारिता चाहिन्छ l मान्छेले कुनै काम गर्दा हिम्मत हार्नु हुदैन, मानिस ब्यत हुनु राम्रो हो तर अस्तव्यस्त हुनुहुदैन l जो मान्छे ब्यवथित हुन्छ उसले सबै काम समयमा गर्नसक्छ भनेर l
राम्रो व्यापार गर्न आइडीया मात्र भएर हुदैन, त्यसलाई कार्यान्वयन गर्न धेरै दक्षताहरु भएका ब्यतिहरुको सहयोग चाहिन्छ l त्यसैले किहि उद्यम वा व्यापर कुराको सुरुवात गर्दा एक्सपर्टहरुको सल्लाह लिएर सुरु गर्दा ठिक हुन्छ l
अन्त्यमा उनले नेपालको व्यापार व्यवसायलाई प्रवर्धन गर्नलाई सबैभन्दा ठुलो तगारोको रुपमा हाम्रा राज्यको नीतिहरु रहेको कुरा अवगत गराए l सरकारले उद्योग मैत्री बाताबरण तयार गर्न पहल नगरेको र उद्योगगीको कुरा नसुनेको कुरा अवगत गराए l ब्यापार र उधम फस्टाउनको निम्ति यहाँ उद्योगी मैत्री नीतिहरुको खाचो रहेको कुरा पनि जानकारी गराए l आफ्नो प्रस्तुतिको अन्त्य गरिसकेपछि ४५ मिनेट सहभागीहरुको प्रश्न र जिज्ञासालाइ आफ्नो उत्तरमार्फत मेटाउने प्रयास गरे l कार्यक्रम होटल नमस्कारको प्रांगणमा मंसिर १३, २०७५, बिहिवारको दिन ३:३० बजे सुरु गरि ५:०० बजे सम्पन्न गरिएको थियो, जसमा १२० भन्दा बढी सहभागीहरुले सहभागिता जनाएका थिए ।