“हामि रिक्सावालालाइ कसैले इज्जतले सम्बोधन गर्दैन थियो, ४० डिग्रीको तातो घाममा सकी-नसकी पाइडल मारेर यात्रुलाई गन्तब्य सम्म पुर्याउनु पर्ने हाम्रो बाध्यता थियो, पहिला हामि गधा र राँगा जस्तो भारि बोकेर हिड्थियौ, सिटि रिक्साले हामीलाई मानिसको हैसियत र इज्जत दिलायो” भनेर एकजना सिटि रिक्सा चालकले आफ्नो भावना यसरि व्यक्त गर्दछन् l
साथै एकजना सज्जन व्यक्ति सामाजिक संजालमा सिटि रिक्साको बारेमा यस्तो प्रतिक्रिया दिन्छन्, “हिजो बिराटनगरमा जसले सिटि सफारीलाइ दर्ता दिनु पर्छ, गरि खान पाउनु पर्छ भनेर आन्दोलन गरि महानगरले रोकेको दर्तालाइ पुन: [खोलाई]क्षमताभन्दा बढी दर्ता गरे, ति दलालहरुको कारण आज बिराटनगर कुरूप बन्दैछ, [र ]सडकहरु अझै बढी असुरक्षित हुदैछ l”
यो भनाइप्रति समर्थन जनाउनेहरुको समाजमा कमि नहोला l तर के उनीहरुले साचै यसको अर्थसास्त्र बुझेर वा अध्ययन गरेर आफ्नो भावना व्यक्त गर्दछन् वा आबेसमा आइ कसैसंग द्वेष साध्नको निम्ति आफ्नो अभिव्यक्ति व्यक्त गर्दछन् l
नगरपालिकाले बिराटनगरमा ३०० वटा सिटि रिक्सा पर्याप्त छ भनेर दर्ता रोकेको बेला ति न्यून आयस्तर भएका मानिसहरुले कमाएर खान पाउनु पर्छ, उनीहरुको रोजगारी खोसिनु हुदैन, उनीहरुको निम्ति पनि दर्ता खुलाई उनीहरुले गरि खाने बाताबरण राज्यले तयार गर्नु पर्दछ भनेर आवाज उठाउने अरु केहि मद्धे म पनि एक हु l र मैले यी निम्न आयस्तर भएका मानिसहरुको गरि खान पाउने अधिकारको निम्ति वकालत गर्दा यदि दलाल ठहरिन्छु भने म आफुलाई दलालको रुपमा परिभाषित गराउन अलिकति पनि हिच्किचाउदिन, साथै सधै यस्तै किसिमका मानिसहरुको गरि खान पाउने अधिकारको निम्ति दलाली गर्नमा लागि रहनेछु भन्ने प्रतिबद्धता जाहेर गर्दछु l
यो देश र यो देशका नीति-नियम र कानुनहरु हुने खानेका लागि मात्र होइन, सबै नागरिकहरुको निम्ति हो भन्ने कुरा बुझ्न सबैले जरुरि छ l राज्यको वा राज्य संचालन गर्नेहरुको काम हुने खानेहरुको हितलाइ मात्र सम्रक्षण गर्नु मात्र नभएर सम्पूर्ण नागरिकहरुको गरि खान पाउने अधिकारलाइ सुनिस्चित गर्नु हो, जसमा ति न्यून आयस्तर भएका रिक्सा चालकहरु पनि पर्दछन् l
सिटि रिक्साको आगमनले धेरै न्यून आय भएकाहरुलाई स्वरोजगार बनाइ विदेश पलायन हुनेक्रमलाइ केहिहदसम्म भएपनि रोक्न सफल भएको छ l यहासम्म कि सिटि रिक्सा चालकहरुले स्वरोजगार बनिदिदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत मद्दत पुग्नुको साथै SDG को १७ वटा लक्षहरु मद्धेका धेरै लक्षलाइ आत्मसात गर्दछ l
यसले सस्तो, सुलभ र छिटो तरिकाले यात्रुलाई सेवा पुर्याएको छ, पेशागत सम्मान दिलाएको छ, विद्युतीय साधन भएकोले बायु प्रधुसणलाइ कम गर्न सहयोग गरेको छ, साथै पेट्रोलको निर्भरतालाइ थोरै भएपनि कम गरेको छ, यात्रुले खोजेको बेला घर अगाडी रिक्सा आइदिएको छ वा घर सम्मै पुर्याउन सहयोग पुर्याएको छ, जसले गर्दा हामीले काधमा भारि बोक्नुपर्ने बाध्यता छैन वा धेरैबेर पर्खेर बस्नुपर्ने अवस्था छैन l यहासम्मक कि पहिले एउटा रिक्सामा २ जना मात्र चढ्न मिल्थियो भने यसले एकैपटक धेरै जनालाइ गन्तब्यसम्म पुग्नलाई सजिलो गरिदिएको छ, साथै २ वटा पाइडल रिक्सामा जति मान्छे बस्न सक्थे त्यति मानिसहरुलाइ एउटा सिटि रिक्साले बोकिदिएको छ l यतिका धेरै राम्रा पक्षहरु हुदा हुदैपनि झिना-मसिना बिषयलाइ लिएर सिटि रिक्सा र यिनका चालकहरुमाथि आक्रोस पोख्नु आश्चर्यको बिषय हो l
निस्चयपनि सिटि रिक्सा व्यवस्थित गर्नको निम्ति नीति- नियम र नियमन हुन जरुरि छ, तर त्यो नीति, नियम र कानुन सिटि रिक्सा चालकहरुलाई दुक्ख र सास्ती दिने किसिमको नभएर उनीहरुको पेशालाइ सहज बनाउन सहयोग गर्ने किसिमको हुनु पर्दछ l यस अवस्थामा रिक्सा चालकहरुले लापरवाहीको साथ आफ्नो साधन गुडाएर बाटोमा हिड्ने अन्य व्यक्ति तथा साधनहरुलाई असहजता पुर्याएको खण्डमा वा आफ्नो यात्रुलाइ सुरक्षित गन्तब्यसम्म नपुर्याएर ठग्न र दुक्ख दिन खोजेको खण्डमा उनीहरुलाई नियमसंवत कानुनि कारवाहीको व्यवस्था गर्न सकिन्छ l
सिटि रिक्सा धेरै भयो, यसले ट्राफिक जाम निम्त्यायो र सहरलाइ कुरूप बनाइ यात्रुहरुको ज्यान जोखिममा पारेको गुनासो धेरै सुन्नमा आउछ l त्यसो भए सिटि रिक्सा आउनु भन्दा ४ बर्ष अघि हाम्रा सहरहरु निकै नै सुन्दर थिए त ? सिटि रिक्साले यो सहरलाइ कुरूप बनाएको होइन l बाटो-घाटो, अव्यवस्थित नाला, पोलमा जेलिएका बिजुलीका तार, सडकमा रहेको जथाभाबी फोहोर, छाडा छोडेका पशु आदि जस्ता थुप्रै अरु समस्याहरु छन् जसले हाम्रो सहर कुरूप बनाउन भूमिका खेलेको छ l
रहयो कुरा दुर्घटनाको, सिटि रिक्साले दुर्घटना गरेको कारण कति जनाको मृत्यु भएको तथ्यांक छ हामि संग ? बिना तथ्यांक आधारहिन तर्क गरि अरुलाई आरोप मात्र लगाएर भएन नि, त्यसलाई पुस्टि गर्न पनि सक्नुपर्यो ! न त यसैले मात्र गर्दा ट्राफिकको समस्या उत्पन्न भएको हो l जुन ठाउमा बाटो, फुटपाथ र नालाको अवस्था छैन, जथाभाबी बाटो बिगारेर छोडेको छ, गाइ, बाख्रा, कुकुर, अन्य नाना थरिका चौपाया, मान्छे, साइकल, रिक्सा, ठेला, गोरुगाडा, मोटरसाइकल, कार, बस, ट्रक आदि सबै बाटामा छन्, त्यस अवस्थामा कसरि एउटा सिटि रिक्सालाइ मात्र दोष दिन सकिन्छ ?
बरु उल्टै बाटो-घाटोको दयनीय अवस्थाको कारण धेरै सिटि रिक्सा टुटफुट भएका छन् वा दुर्घटनामा परेका छन्, कसले लिने त्यो जिम्मेवारी ? एउटा न्यून आय भएको मानिसले रिक्सा खरिद गर्दा झन्डै अढाई तिन लाख पर्न जान्छ l सिटि रिक्सा सहरको चिल्लो बाटोमा गुड्नको निम्ति बनाइएको हो भन्ने कुरा यसको नामले नै प्रस्ट गर्दछ, तर यहाँ सिटि रिक्सा भित्रिए देखि कहाँ छ राम्रो बाटो (हाल बनेका छुटफुट केहि बाटा बाहेक) ? अहिलेसम्म बाटो घाटोको कारण भएको टुटफुटको जिम्मेवारि के राज्यले लिन्छ ? म त भन्छु धन्न यतो अवस्थामा पनि मान्छे बोकेर सेवा दिईरहेका छन् सिटि रिक्सावालाहरुले l यसकारण यिनीहरु गालीका हैन धन्यवादका पात्र हुन् l
ज-जसलाई लाग्छ बिराटनगरको बजार साघुरिदैछ, धेरै जाम हुन थाल्यो, उसले पनि त आफ्नो सवारी साधन घरमा थन्काएर नगरलाइ खुल्ला र फराकिलो राख्न सहयोग गर्न सक्छन् l किन सिटि रिक्सा चालकहरुले मात्र बलिदान दिनुपर्ने ? हामि आफु चाहि आफ्नो सुबिधा उपयोग गर्न नछोड्ने, अनि सिटि रिक्सा चालकहरु चाहि अरुको सुबिधाको निम्ति सिकार हुनुपर्ने ? ति रिक्सा चालकहरु त बाध्यतावस यात्रुहरुलाई सेवा दिएर आफु र आफ्नो परिवारको रोजीरोटी कमाउद्छन्, जबकी हामि निजि सवारी साधनधारीहरु आफ्नो सुबिधाको निम्ति बजारमा दौदिरह्का छौ l त्यसैलेपनि उनीहरुले गरि खान पाउनु पर्दछ l
बजारमा कति रिक्सा चाहिन्छ भन्ने कुराको निर्धारण कुनै कार्यालयको हाकिम वा कर्मचारीले गर्ने बिषय होइन, कति सवारी साधन चाहिन्छ भन्ने कुराको निर्धारण बजारको मागले गर्ने हो l जतिबेलासम्म माग हुन्छ तब सम्म मानिसहरुले यसमा रोजगारीको अवसर देखेर आफ्नो समय र पैसा लगानी गर्न तयार हुन्छन् l जुन दिन यसमा कमाइ छैन वा समय र पैसा खर्चनु बेकार छ भन्ने कुरा मानिसहरुले बुझ्दछन्, तब उनीहरु यसबाट बाहिरिने वा यस पेशामा नलाग्ने निर्णय स्वत लिनेछन् l मानिसहरुमा ज्ञान हुदैन र सबै निर्णय माथि बसेका मानिसहरुले नै गरिदिनु पर्दछ भन्ने भ्रम नराखौ, जाबो ५० रुपैयाको फलफुल र सब्जी खरिद गर्नको निम्ति त हामि सारा बजार चाहर्द्छौ भने यदि कसैले २.५ वा ३.० लाख लगानी गर्दछ भने धेरै सोच विचार गरेर मात्र लगानी गर्दछ l
कुनैपनि नीतिगत बिषयमा देखिने (seen) र नदेखिने (unseen) पक्ष लुकेर रहेका हुन्छन्, हाल देखिने पक्ष सिटि रिक्सा धेरै भयो र यसले जाम गर्यो भन्ने कुरा हो l यसैलाई आधार बनाएर हामीले सिटि रिक्साको संख्या घटाउन तर्फ लाग्यौ भने धेरैले आफ्नो रोजीरोटी गुमाउने कुरा निश्चित छ, जुन नदेखिने पक्ष हो l साथै बजारको माग अनुसार आपूर्ति नहुदा समयमा सिटि रिक्सा नपाउने, यात्रुले धेरै बेर पर्खेर बस्नुपर्ने तथा बढी मूल्य तिर्न बाध्य हुनुपर्ने कुरा निश्चित छ l
आज हामिलाइ सिटि रिक्साले कुर्दैछ, भोलि हामीले सिटि रिक्सा कुर्नुपर्ने अवस्था आउन सक्छ वा समयमा साधन नपाएर आफ्नो भारि बोकेर गन्तब्यसम्म हिड्न बाध्य हुनुपर्ने अवस्था आउन सक्छ l एउटा भनाइ छ, “कुवाको महत्व त्यतिबेला मात्र हामीलाई थाहा हुन्छ ततिबेला कुवा सुक्दछ” l आज सिटि रिक्सा हामि माझ पर्याप्त छ, जसकारण हामीले यसको महत्वलाइ अवमुल्यन गरको हुनसक्छ, जुनदिन यसको सेवा हामि माझ पर्याप्त मात्रामा हुदैन त्यसबेला हामि सिटि रिक्साको सेवाको महत्वलाइ बुझ्दछौ l त्यसैले अर्थसास्त्र वा राजनीतिक अर्थसास्त्रले कसरि काम गर्दछ भन्ने कुराको ज्ञान नभएको अवस्थामा चुप लागेर बसेकै राम्रो हुनेछ, जसले समाजलाइ ठुलो दुर्घटना र आर्थिक क्षति हुनबाट बचाउछ l
सिटि रिक्सा चालकहरुपनि यहि देशका नागरिक हुन् र उनिहरुले पनी अरु नागरिक सरह सहज रुपले यहि माटोमा गरि खान पाउनु पर्दछ, र त्यो बाताबरण बनाउने दायित्व राज्यका निकायको हो l सिटि रिक्साका समस्याहरुलाई व्यवस्थापन गर्नुपर्ने बिषयमा दुइमत छैन, तर कहिले लाइसेन्स, कहिले दर्ता, त कहिले रुटको लफडा झिकेर गरि खाने न्यून आय भएका मानिसहरुलाइ अनावस्यक झन्झट दिनुउचित छैन l
के गर्दा उनीहरुको लगायत अन्य नागरिकहरुको जीवन सहज बनाउन सकिन्छ त्यसबारे सोच्न र नीति अवलम्बन गर्न जरुरि छ l फगत लहड र भावनामा बगेर मेरो गाडी र मोटरसाइकल कुदाउने बाटो मलाइ भएन भनि अरुको पेटमा लात हान्ने मनसाय राख्नु हुदैन l यदि राज्यले यिनीहरुको रोजीरोटी माथि प्रहार गर्दछ भने अन्य रोजागरीको बिकल्प दिएर मात्र प्रहार गर्दा उचित हुन्छ अन्यथा उनीहरुलाई अनावस्यक दुक्ख दिने नीति नलिएकै उचित हुनेछ l
2 Comments
Grand salute to the thoughts!…If people would start thinking for the betterment of those less privileged then nation will develop in no time.
Thank you so much for your kind words Dibya, appreciate it.