विकल्प एन अल्टरनेटिभले मोटरसाइकल आवश्यकता कि बिलाशिता नामक विषयमा छलफल तथा संबाद कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्देश्य आयोजक संस्था विकल्पले अध्ययन-अनुसन्धान गरि प्रकाशित गरेको सोधपत्रमा विभिन्न सरोकारवाला निकायहरुलाई जानकरी गराउनुका साथै सल्लाह-सुझाब संकलन गर्ने र ध्यानाकर्षण गराउनु रहेको थियो । उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारीका क्षेत्रका सरोकार व्यक्तिहरुले सहभागीता रहेको थियो ।
सोधपत्रको प्रस्तुतीकरण विकल्पका अनुसन्धानकर्ता सर्बज्ञ राज पाण्डेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण बसन्त अधिकारीले गरेका थिए । प्रस्तुतकर्ता पाण्डेले मोटरसाईकलको नेपाली समाजमा भूमिका, यसको आवश्यकता र महत्व दर्साउनुको साथै नेपालमा मोटरसाईकलमा लाग्ने कर र करको वितरणको अवस्था बारे जानकारी दिनुभएको थियो l साथै उहाले भारतीयहरुको तुलनामा नेपाली नागरिकहरुले मोटरसाइकलमा तिर्नु परेको बढी मूल्य र त्यसको प्रतक्ष असरको बारेमा जानकारी गराउनु भएको थियो।
सर्वज्ञ राज पाण्डेको प्रस्तुतीकरण पछि सहभागीहरुले कार्यक्रममा आ-आफ्नो भनाइहरु राख्नु भएको थियो, जसमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सह-सचिब हरिहर पौडेलको भनाई अनुसार करको दर अरु क्षेत्रहरुको तुलनामा खासै नभएको तर मोटरगाड़ीलाई मात्र केन्द्रित गरेर हेर्दा बढी देखीने कुरा व्यक्त गर्नु भयो l २४ % राजस्व शुल्क मोटर गाडीबाट उठ्ने भएकोले हाल यसलाई घटाउन नसक्ने आवस्था रहेको उहाले जानकारी दिनु भयो । अहिले नेपाल सरकारले विद्युतीय गाड़ी र सार्वजनिक यातायातमा ठूलो अनुदान दिएको अवस्था रहेपनि मोटरसाइकलमा अनुदान दिने बिषयमा कुनै चर्चा नरहेको तर यातायात कार्यालयमा भएको बेथितिलाइ कम गर्न ठुलै पहल कदमी हुन लागेको जानकारी वहाले गराउनु भयो ।
सरोकारवाला स्वयम्भू कार्कीको भनाइ अनुसार मोटरसाइकलले नागरिकहरुको आवत-जावतमा सहजता प्रदान गर्नुको साथै समय र पैसा बचाउन सहयोग गर्ने र आयस्तर बढाउन सहयोग गर्ने हुनाले पनि अधिकांस नेपाली नागिरकहरुको निम्ति आज यो आवस्यकताको साधन भैसकेको अवस्थालाइ सरकारले बुझ्न जरुरि छ भन्नेकुरा व्यक्त गर्नु भयो l
व्यावसायि तपीन पोखे्रलको बिचारमा मोटरसाइकल आहिलेको व्यापारको मेरुदण्ड भएको कारण साधन नभएको अवस्थामा व्नियावसायीहरु निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न असमर्थ हुनेकुरा निश्चित छ, त्यसैलेपनि मोटरसाइकल नितान्त आवस्यकताको बिषय भएको कुरामा दुइमत नरहेको धारणा व्यक्त गर्नु भयो l
कार्यक्रममा प्राध्यापक भेषराज प्रसाद धमलाले मोटरसाइकल अहिले ८० % नेपाली नागरिकहरुको निम्ति आवश्यकताको बिषय भएकोले सरकारले यसमा न्युनतम करको दर कायम गर्दा ठिक हुनेकुराको धारणा राख्नु भयो l धेरै सिसिका बिलासिताका साधनमा कर लगाउनु वाजिब भएपनि दैनिक उपभोगको निम्ति प्रयोगमा आउने साधनहरुमा यसरि बढी कर वसुल गर्नु व्यावहारिक नदेखिने जानकारी गराउनुको साथै सरकारले स्वदेशी उत्पादनमा अन्तशुल्क लगाउनु ठिक भएपनि आयात हुने बस्तुमाथि अन्तशुल्क लाद्नु हास्यास्पदको बिषय भएको जानकारी विचार व्यक्त गर्नु भयो l
नेपाल सरकारको नीति उत्पादन र निर्यातमा जोड दिने भन्दा पनि धेरै भन्दा धेरै कर वसुल गरि राज्यकोष भर्ने नीति रहेको वहाको बुझाई रहेको र नेपालमा जसले धेरै कर उठाउन सक्यो उसको मूल्यांकन त्यहि अनुसार हुने गरेकोले पनि समस्या आएको जानकारी प्राध्यापक धमलाले गराउनु भयो l
सामान्य मानिसलाई पनि आजको दिनमा जीवन चलाउन मोटरसाइकल आवश्यकता भैसकेकोले त्यसमा यति धेरै कर लिनु अन्यायपूर्ण भएको र नीति एक दुई जानाको लागि मात्र नभएर सबै नेपाली नागरिकहरुको हित गर्ने किसिमको हुनुपर्दछ भन्ने विचार वहाले व्यक्त गर्नु भयो l यदि कर नै वसुली गर्ने नीति नेपाल सरकार हो भने हरेक नेपाली नागरिकको घाटीमा एउटा मिटर राख्ने व्यवस्था गरि कम वा बढी सास फेरेको आधारमा कर लिदा उपयुक्त हुने धारणा प्राध्यापक भेष प्रसाद धमलाले राख्नु भयो l
बिराटनगर ट्राफिक प्रहरी निरिक्षक शिब पोखरेलको अनुसार, मोटरसाइकल आवस्यकताको साधन रहको कुरामा दुइमत नरहेको तर केहि-केहि मानिसहरुले बिलासिताको रुपमापनि प्रयोगमा ल्याएको देख्न सकिने कुराको जानकारी गराउनु भयो l साथै उहाले सबैकुरामा ट्राफिकले मात्र ध्यान पुर्याउन नसक्ने हुनाले नागरिकहरुले जिम्मेवार ढंगले सवारी साधन गुडाउनु पर्ने कुरामा जोड दिनु भयो l
कार्यक्रमका एकजना सरोकारवाला व्यक्तिले नेपालको ट्राफिक र बाटोको अवस्था हेरी अब सार्वजनिक यातायातमा जानु पर्ने कुरामा जोड दिनुभयो l यसै कुरामा आफ्नो भनाई राक्दै ओम नारायण श्रेष्ठले हामीले शहरको विकासलाई मात्र केन्द्रमा नराखेर ग्रामीण भेगको विकासलाई पनि मध्यनजर गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो l नेपालको सबै ठाउमा सार्वजनिक यातायातले सेवा पुर्याउन नसकेको अवस्थामा दुइ चक्के सवारी साधनको योगदानलाइ नकार्न नसकिने उहाको भनाइ थियो l
केहि सहभागीले सरकारले आवश्यकता र विलासीताका साधनलाई छुटाएर करको दर निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नु भयो भने, कसैले मोटरसाइकलमा लाग्ने करको दरलाइ न्यून गरि ट्राफिक नियम तोडेमा बढी जरिवाना वा सजाय गर्दा राम्रो हुने कुरा व्यक्त गर्नु भयो l
असाढ ३० गते होटल नमस्कारको प्राङ्गणमा भएको कार्यक्रममा २६ जना सरोकारवाला निकायहरुको सहभागिता जनाउनु भएको थियो l