विकल्प एन अल्टरनेटिभले नागरिकहरुको जीवनमा प्रतक्ष सरोकार राख्ने नीतिगत बिषयहरुमा अनुसंधान गर्ने क्रममा हालै विकल्पले “सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल” भन्ने विषयमा अनुसन्धान गरि नीति पत्र (Policy Paper) मा सरोकारवाला निकायका मानिसहरुसंग छलफलको आयोजना गरेको छ l सरकारी तथा गैरसरकारीका क्षेत्रका व्यक्तित्त्वको सहभागिता रहेको थियो उक्त कार्यक्रम को उदेश्य विभिन्न सरोकारवाला निकायहरूलाई जानकरी गराउनु र सल्लाह–सुझाव संकलन गर्ने रहेको थियो । २०७६ साल भदौ ३१ गते होटल नमस्कारको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ३१ जना सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो l
सो कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गरेका थिए भने प्रस्तुतीकरण विकल्पका अनुसनधानकर्ता सर्वज्ञराज पाण्डेले गरेका थिए । जसमा उनले विराटनगरका फुटपाथ तथा सडक व्यवसायीहरुसंग सरोकार राख्ने मुद्दा र चुनौती बारे प्रस्तुत गरेका थिए l उनले सडक पेटी व्यावसाय अनौपचारिक अर्थतन्त्रको प्रमुख हिस्सा रहेको जिकिर गर्दै नीति तथा कानुनको अभावमा उनीहरुको जीविकोपार्जन अफ्ट्यारो पर्ने गरेको र व्यावसाय गरिरहेको ठाउबाट हटाइने भयको वातावरणमा बस्न बाध्य भएको कुरा प्रस्तुत गर्नुको साथै सहरी क्षेत्रको अस्तव्यस्तताको प्रमुख कारण पनि रहेको जानकारी गराए l जसकारण यस क्षेत्रलाइ अहिले देखि नै व्यवस्थित गर्दै लैजानु पर्ने कुरा व्यक्त गरे l यसै क्रममा प्रस्तुतकर्ता पाण्डेले सडकपेटी व्यावसायीहरुको अहिले र बिगतको अवस्था, अन्तर्राष्ट्रिय उदाहरणको साथै सुझावहरु पनि पेश गरेका थिए l
प्रस्तुतीकरण पश्च्यात छलफल तथा सुझाबको निम्ति कार्यक्रमलाइ खुल्ला गरिएको थियो जसमा बिभिन्न क्षेत्रका प्रतिनिधिहरुले आफ्नो भनाइ राखेका थिए l
प्रा.डा. अर्जुन बरालले सडक तथा फुटपाथ व्यवसाय संसारको जुनसुकै कुनामा पाइने र अर्थतन्त्रलाइ ठुलो टेवा पुर्याउने व्यवस्था भएकोले यसलाई व्यवस्थित गरेर अघि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो, जसको लागि उनीहरुको प्रकृति र प्रकारलाइ निर्धारण गरि निश्चित व्यावसाय गर्ने ठाउ तोक्ने र गलत कुरालाई नियमन गर्न महानगरपालिकाले गुरु योजना बनाएर अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो l
छलफलको क्रममा प्रा.डा. भेष प्रसाद धमलाले फुटपाथ व्यावसायमा आबद्द मानिसहरु प्राय ग्रामिण क्षेत्रबाट आएर जीविकोपार्जनको निम्ति जुटेका हुने र उनीहरुलाई हामीले स्पस्ट रुपले परिभाषित गर्नुको साथै, निश्चित कमाएर खाने ठाउ तोक्न र कानुन बनाएर अगाडी बढ्न जरुरि छ भन्ने कुरा राख्नु भयो l
आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ का गजाधर खतिवडाले बिराटनगर लगायत अन्य सहरहरुले फुटपाथ व्यावसाय, सडक ब्यावस्थापन तथा अन्य सवालहरुमा काठमाण्डौले गरेको गल्तिबाट सिक्नुपर्ने र दुरगामी योजनाका साथ अघि बढ्नु पर्ने कुरा व्यक्त गर्नु भयो l
टोल विकास संगठनका संयोजक राजेश मास्केले फुटपाथ व्यावसाय आवस्यकताको साथ चुनौतीपनि रहेको कुरा व्यक्त गर्नुभयो l सस्तो र सुलभ सेवा दिने कुरा राम्रो भएपनि जहापायो त्यहि, जे पायो त्यहि र जसलाई पायो त्यसलाई अस्वस्थकर खानेकुरा बिक्रि गर्न दिदा त्यसले नागरिकहरुको स्वस्थमा नकारात्मक असर पर्ने हुदा त्यसमाथि सरोकारवाला निकायको ध्यान जानुपर्ने कुरा व्यक्त गर्नु भयो l
त्यसैगरी अनौपचारिक क्षेत्रमा आबद्ध फुटपाथ ब्यावसायीहरुले सडक तथा पेटी अतिक्रमण गरी व्यावसाय गर्ने हुनाले उनीहरुलाई प्रत्येक वडामा लाग्ने हटियाको खालि जग्गामा ब्यापार गर्ने बाताबरण मिलाउनु पर्ने कुरा राख्नु भयो l
जिफन्ट प्रदेश न. १ का अध्यक्ष किशोर धमलाले सडक छेउमा खुल्ला रुपले लाग्ने हटियाहरुको कारण धेरै दुर्घटना घट्ने गरेको धारणा व्यक्त गर्नुभयो, साथै हामि सामान खरिद गर्न अलि टाडासम्म हिडेर जान अल्छि गर्ने जस्तो स्वार्थी बानीले पनि सडक पेटी व्यावसायलाइ प्रोत्साहन गरिरहेको कुरा अभिव्यक्त गर्नुभयो l
गुरास पुस्तकालयका अध्यक्ष दिपक चापागाईले बिराटनगर महानगरपालिकाले एउटा कमिटि बनाएर कति व्यवसायीहरुलाई कहाँ व्यवसाय गर्न दिने भन्ने कुरा टुंगो लगाउने र अनुगमन गर्नुपर्ने धारणा राख्नु भयो l
सडक व्यवसायी सैफ अलि खानले महानगरको व्यवहार ब्यापार व्यावसायलाइ प्रोत्साहन गर्ने भन्दापनि बिभिन्न बाधा अवरोध सिर्जना गरि निरुत्साहित गर्ने किसिमको रहेको छ, सडक पेटी ब्यावसायीहरुको महत्वलाइ बुझेर व्यवस्थित गरि गरि खान पाउने अधिकारलाइ सुनिस्चित गर्नुपर्ने कुरा राख्नु भयो l
बिराटनगर वडा न. ७ का वडा अध्यक्ष मधुबाबु तिवारीको अनुसार सडक तथा फुटपाथ व्यवसायीहरुलाई कारवाही गर्नु अघि उचित व्यवस्थापन गर्न नितान्त आवस्यक रहेको र हाल बिराटनगर बन्दै गरेको अवस्थामा सडक तथा फुटपाथ व्यवसायीहरुलाई पनि व्यवस्थित गरेर अगाडी बढ्ने कुरा व्यक्त गर्नु भयो l
इन्सेक बिराटनगरका संयोजक सोमराज थापा अनुसार सडकपेटी व्यवसायको बिषय मानब अधिकारको मुद्दा भएको कारण स्थानीय तहले सबै सरोकारवालासंग मिलेर व्यवस्थित गर्ने बिषयतर्फ सोच्न जरुरि छ भन्ने धारणा राख्नु भयो l
वेस्ट म्यानेजमेन्ट ग्रुप बिराटनगरका संयोजक देवी आचार्यले फोहोर र ट्राफिक व्यवस्थापनको पाटोबाट हेर्दा सडकपेटी व्यवसायलाइ हटाउनु पर्ने देखिन्छ तर अर्कोपाटो बाट हेर्ने हो भने यसले मानिसहरुलाई स्वरोजगार बनाएको छ, सस्तोमा मानिसहरुलाई बस्तु तथा सेवा प्रदान गरेको छ, पायक पर्ने ठाउमा सामान पाइने हुदा समयको बचत भएको छ l महानगरपालिकाले यस किसिमका व्यवसायलाइ दर्ता गर्ने व्यवस्था मिलाएर सहायक सडकहरुको मोडबाट केहि दुरीमा निश्चित व्यावसायलाइ गरि खाने बातावरण सिर्जना गर्दा उचित हुने देखिन्छ भन्ने मन्तब्य राख्नु भयो l
राष्ट्रिय अपांग महासंघ प्रदेश न १ कि अधक्ष्य पवित्रा श्रेष्ठले पहुच र सम्पर्क भएकाहरुलाई राज्यले सम्रक्षण दिने तर नहुने सडक व्यवसायीहरुको सामान जफत गर्ने गरेको देखिएको साथै अपांगता भएका व्यक्तिहरुपनि धेरै सडक व्यवसायमा आबद्ध भएको हुनाले उनीहरुको जीविकोपार्जनमा असर नपर्ने गरि राज्यले व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिनु भयो l
बिराटनगर महानगरपालिकाका सामाजिक बिकाश शाखाका प्रमुख पुनम दाहालले महानगरपालिकाले सडकपेटी व्यवसायलाइ व्यवस्थापन गर्ने कुरामा ILO को सहकार्यमा छलफल र कार्य गरिरहेको जानकारी गराउनु भयो l बिराटनगरमा सडकपेटीमा व्यावसाय गर्नेहरु मद्धे धेरैको आफ्नै पसल हुने गरेको र पनि सडक तथा फुटपाथमा ब्यापार गरि मानिसहरुको आवतजावतमा अवरोध सिर्जना गरेको कुरा व्यक्त गर्नु भयो l १ बर्ष भित्रमा सडक पेटीमा व्यवसायीहरुले जहाँ पायो त्यहि ब्यापार गर्न नपाउने र कहाँ-कहाँ उनीहरुलाई ब्यापार गर्ने व्यवस्था मिलाउने भन्ने कुरा बारे बृहत छलफल भैरहेको भनि धारणा राख्नु भयो l
अन्त्यमा बिराटनगर वडा न. १० का वडा अध्यक्षले समय लिएर सडकपेटी व्यवसायीहरुलाइ व्यवस्थापन गरेर वा विकल्प दिएर मात्र फुटपाथबाट हटाउनु पर्ने, उनीहरुलाई दर्ता र कानुनि प्रक्रियामा ल्याइनु पर्ने र महानगरपालिकाले सबै सरोकारवालासंग सहकार्य गरि नीति बनाउनु पर्नेकुरा व्यक्त गर्नु भयो l
दिउसो २ देखि ४ बजेसम्म संचालन भएको छलफल कार्यक्रम चियापानसंगै अनौपचारिक छलफल पश्च्यात समापन भएको थियो l