विराटनगरमा अंग्रेजी महिनाको अन्तिम विहीबार हुने “लास्ट थर्सडे” कार्यक्रममा आर एन्ड डि इनोभेटिव सलुसनकी संस्थापक तथा कार्यकारी निर्देशक सुनिता न्हेमफुकीले आफना अनुभव साटेकी छन । उनले अतिथि वक्ताको रूपमा बिराटनगरका युवाहरू माझ अन्तरक्रिया गरेकी हुन् ।
भक्तपुरको मध्यम घरमा जन्मिएकी, उनिले सानोमा आफुलाई रूमेटिक फिवर भएको अनि खासै खेलकुदमा सहभागी नभएको तर आफूले एस एल सि पछी (१७-१८ बर्षदेखि) नै काममा तल्लिन भएको अनुभव बताइन । मार्केटिंगको अनुभवचै उनिले एफ. एममा काम गर्न थाले पछी बुझेको अनि यसलाई गर्न सजिलो अनुभव भएर, यो काम गर्ने अठोट गरेको वताइन ।
उनिले काम र पढाईलाई संगै संगै लगेको अनि मास्टर गर्ने क्रममा उन्ले काठमाडौंमा क्याफे खोलेको, त्यसमा फोन नेट इत्यादी राखेर पनि व्यवासय गरेको साथसाथै वोव म्यागेजिनमा मास्टर कतेगोर्य्को विजेता(२००९) भएकी र विज्ञापन एजन्सी पनि एक साथ बिस्तार गर्दै गएको वताइन र विज्ञापन पनि एक साथ बिस्तार गर्दै गएको वताइन । उनी जब स्कलरशिपमा बाङ्ग्लादेश जाने मौका पाइन्, उनिले त्यहाँ किसानको लागि परिवर्तिक प्रबिधिहरु देखिन र यहाँ नेपालमा पनि केहि गर्ने सोच बनाइन ।
यो कार्यक्रमवाट उनिले कुनै पनि विषयमा गहन बिशेलेसन र अनुशन्धान गर्नुपर्ने कुरा उजगर गरिन । त्यसको साथसाथै आफुमा बिश्वास गरे संकल्प धिर्ड भए परिवर्तन सम्भवहुने कुरा दर्शाईन । कार्यक्रमको विकल्प एन्ड अल्टरनेटिभका पुनम गिरिले सहजीकरण गरेका थिए । कार्यक्रममा केसीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । होटेल नमस्कार, नेपलिज यंोग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा “लास्ट थर्सडे” कार्यक्रम हुदै आएको छ ।