विकल्प एन अल्टरनेटिभले नागरिकहरुको जीवनमा प्रतक्ष सरोकार राख्ने नीतिगत बिषयहरुमा अनुसंधान गर्ने क्रममा हालै “ साना तथा मझौला उद्योगहरूको विकासलाई सहज बनाउन स्थानीय तहको भूमिका ” भन्ने विषयमा अनुसन्धान गरि ( Policy Paper) सरोकारवाला निकायका मानिसहरुसँग छलफलको आयोजना गरेको छ l सरकारी तथा गैरसरकारीका क्षेत्रका व्यक्तित्त्वको सहभागिता रहेको थियो l उक्त कार्यक्रमको उदेश्य विभिन्न सरोकारवाला निकायहरूलाई जानकरी गराउनु र सल्लाह सुझाब संकलन गर्ने रहेको थियो । २०७६ साल चैत्र ७ गते होटल नमस्कारको प्राङ्गणमा भएको सो कार्यक्रममा २७ जना सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो l
कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गरेका थिए भने प्रस्तुतीकरण विकल्पका अनुसनधानकर्ता सर्वज्ञराज पाण्डेले गरेका थिए । जसमा उनले विराटनगरमा साना तथा मझौला उद्यमको विकाशमा रहेका अवसर र चुनौती तथा स्थानीय निकायको भूमिकाको बारेमा अनुसन्धान पत्र प्रस्तुत गरेका थिए l उनले विराटनगरको व्यावासयिक स्थिथि, नीति-नियम , प्रशासनिक चुनौतीका साथै यसमा देखिएका झन्झट र नया नीति अबलम्बनमा ढिलो भएका कुरा प्रस्तुत गरेका थिए l तीन तहको सरकार बीच समन्वय तथा नया नियमको अभाव र अन्यौलता प्रमुख कारण पनि रहेको जानकारी गराए l उनले व्यावसायीहरुको हाल र बिगतको अवस्था, अन्तर्राष्ट्रिय उदाहरणको साथै सुझावहरु पनि पेश गरेका थिए l
प्रस्तुतीकरण पश्च्यात छलफल तथा सुझाबको निम्ति कार्यक्रमलाइ खुल्ला गरिएको थियो जसमा बिभिन्न क्षेत्रका प्रतिनिधिहरुले आफ्नो भनाइ राखेका थिए l
आफ्नो विचार राख्ने क्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. भेष प्रसाद धमलाले बिराटनगरलाई औद्योगिक राजधानी भन्नुको कारण दोस्त्रो विश्वयुद्ध ताका बिश्व बजारमा भएको मागको कारण भारतीय पुँजीपति नेपाल आइ यहाँको पुँजीपतिसंगको मिलेमतोमा उद्योग स्थापना भएको कुरा जानकारी गराए l त्यस बेलाको औद्योगिक नीति अनुसार बिराटनगरमा ठुला उद्योग र व्यवसाय स्थापना स्थापना हुदै गएको र हाल खालि जग्गा पाउन मुस्किल हुने कुरा जानकारी गराए l नेपालमा उधमसिल भावनाको कमी, सही शिक्षा, जानकारी तथा तालिमको अभाव हुनुको साथै दीर्घकालीन व्यापारको सोच भन्दा पनि क्षनिक फायदा हुने ब्यापारमा विशेष जोड दिएकोले उद्योगहरु फस्टाउन नसकिरहेको डा. धमलाले प्रस्ट्याए l
मन्तब्य राख्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश न १ का सल्लाहकार पी.के. झाले औद्योगिक विकास अर्थतन्त्रको पाटो रहेको र उद्योगको विकास बिना दिर्घकालिन विकास असम्भव रहेको कुरा बताए l कुल ग्राह्यस्थ उत्पादनमा विराटनगरको योगदान १.८७ % र मोरङ जिल्लाको ३.७% रहेकोले बिराटनगर सहरले काठमाडौं काठमाडौं जिल्लाको (१५.७८ %) पछि राम्रै योगदान पुर्याएको ब्यक्त गर्नुको साथै नेपालको प्रशासन परिणाम र उत्पादन उन्मुख नभएर प्रक्रिया उन्मुख रहेकोले समस्या निम्तिएको जानकारी गराए l
उधमशिलतालाई प्रोत्साहन गर्न सीड मनी प्रदान गर्ने, जग्गा भाडामा दिने, प्राथमिक चरणमा करको दरलाई कम गर्ने, स्पेशल इकॉनोमिक जोन (sage) को लागि छुट्याएको जग्गा भाडामा दिनुको साथै प्रशासनिक झन्झटलाई न्युनिकरण गर्न तिर लग्न जरुरि भएको कुरामा डा झाले जोड दिएका थिए l
यसैगरी ११ न वडाका अधक्ष्य तिथेन्द्र न्यौपानेले तीन तहको करको नीति प्रभावकारी रुपमा कार्यन्यन र उचित तरिकाले वर्गीकृत नभएको कारणले उद्योग र व्यवसायको लागि अनुकुल स्थिति नभएको बताए l
त्यसैगरी मल्ल इन्टरप्राइजका संस्थापक अभिनायक मल्लको बिचारमा अर्थतन्त्र दह्रो हुन उधोग मात्रै आवस्यक नरहेको कुरा जानकारी गराए l सफल र समृद्ध हुन आफ्नो देशको प्रतिस्पर्धात्मक लाभ पहिचान र विश्लेषण गरि त्यस अनुकुल नीति अवलम्बन गर्नु जरुरि रहेको धारणा उनले राखेका थिए l
कार्यक्रमको दौरान मकालु टेलिभिजनका संस्थापकले वितिय व्यवहारिकताको कुरामा उचित निगरानी र मूल्य दरलाई मुद्राकृत गर्नुपर्ने तथा एनालग वाट डिजिटलमा परिणत गर्न पनि पैसा तिर्नु पर्ने वा लाइसेन्स लिन पर्ने कुरा अव्यवहारिक रहेको बताए l
त्यसैगरी बिराट व्यापार संघका सुजन थापाले व्यापार व्यवसाय स्थापना गर्दाको चुनौतिहरु, सर्जमिनको झण्झटका बारेमा आफ्नो विचार राख्नुको साथै अधिकांश व्यक्ति तथा संस्थाहरु अवसरवादी भइदिने, जबरजस्ती चन्दा माग्ने जस्ता क्रियाकलाप पनि देखिएको कुरा व्यक्त गरे l सिमा छेउमा रहेको कारण पारिबाट अवैधानिक ढङ्गले भित्रिएको समान सस्तोमा बजारमा उपलब्ध हुनाले पनि हाम्रा बजारको मागमा असर पुगेको र जसलाई नियन्त्रण गर्न अत्यन्त जरुरी रहेको बताए l
उहाको बिचारमा अहिलेको नियम राम्रो भएपनि कार्यन्वयन नभएकोले उद्योगी/व्यवसायीहरु पुंजी लगानी गर्न हिच्किचाइ रहेको, उद्योग/व्यापारहरुको लागि एक द्वार सेवा अत्यन्त जरुरी भएतापनि यो अझै आलोचनात्मक रहेकोले लागु गर्न नसकेको कुरा व्यक्त गरे l
भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ मा कार्यरत पशुपति पोखरेल कुनै पनि नीति निर्माण गर्न तिन तहको सरकारमा समन्वय र सहि ढङ्गले विचार आदान प्रदान जरुरी रहेको र यसको साथसाथै उद्भवन केन्द्रको स्थापना गरि नया उद्यमीहरुलाई उत्साहित गर्न आवस्यक रहेको तर यसलाई व्यावसायिक वा औधोगिक क्षेत्रमा बिभाजन गर्नु अगाडी बिशेष गृहकार्य हुन जरुरी रहेको जानकारी गराए l
व्यवसायीहरुले मदत खोजिरहेका अवस्थामा स्थानीय तथा प्रादेशिक सरकारले अनुकूल नीति बनाउन आवस्यक रहेको कुरा जिल्ला स्वास्थ कार्यलयका प्रतिनिधि ज्ञान बहादुर बस्नेतले बताए l विचार राख्ने क्रममा उहाले औद्योगिक क्षेत्र स्थापना गर्दा बाताबरण तथा स्वच्छतामा ध्यान पुर्याउन अनिवार्य रहेको, नत्र भबिष्यमा बातावरण र स्वास्थ दुबैमा गम्भीर असर पुर्याउने सम्भावना रहेको व्यहोरा प्रष्टयाए l
महिला उधमि सुनिता छारहंगले समाजमा महिला उधमिहरुलाई अझैपनि साँघुरो दृष्टिकोण हेरिने र हतोसाहित गरिने गरेको कुरा जानकारी गराइन् l सरकारले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न केहि छुट दिएपनि सानो व्यवसायमा लगाएको करको दरलाई तुलना गरि हेर्दा उक्त कुरा उत्साहजनक नरहेको कुरा व्यक्त गरिन l साथै उनले यहाको कर तिर्ने प्रणाली एकदमै सुस्त र झन्झटिलो रहेको कुरापछि बताइन् l
कार्यक्रमको अन्तमा सुबोध प्याकुरेलले अहिले नेपाल विकासका चरणमा भएकोले यस्तो छलफलहरु प्रसस्त हुनुपर्ने विचार राखे l उदाहरणमा उनले टुटल र पठाओको सेवाले मानिसहरुको जीवनलाई सहजता प्रदान गरिरहेको हुनाले राज्यले हस्तक्षेपको नीति लिनुको साटो उनीहरुलाइ सेवा दिएर कमाउने वातावरण सुनिश्चित गरि, त्यसबाट कर संकलन गर्ने नीति अवलम्बन गरेको खण्डमा हितकर हुनेकुरा जानकारी गराए l उनको बिचारमा सरकारले प्रलेखन सि.आई.डी. जारी गरि हरेक नागरिकको डेटावेस राख्न जरुरि रहेको, उक्त आइ.डी. नंबर प्रयोग गरि राज्यले नागरिकहरुको सम्पूर्ण बिवरण एकै ठाउ बाट उपलब्ध गराउन सक्ने भएकोले नागरिकहरुले कार्यालयहरुमा अनआवस्यक प्रतिलिपिमा खर्च गर्नु नपर्ने अवस्था आउने छ l आज नेपालको कमजोरी सहि प्रलेखन प्रणाली नभएकोले अधिकांस रिपोर्ट तथ्यांक सहि विवरणबाट भन्दा पनि अनुमानको आधारमा हुने गर्दछ, जुन चित्त बुझ्दो नभएकोले अद्यावधिक गर्न अत्यन्त जरुरि रहेको विचार व्यक्त गरे l
दिउसो २:३० देखि ४ : २५ बजेसम्म संचालन भएको छलफल कार्यक्रम चियापानसंगै अनौपचारिक छलफल पश्च्यात समापन भएको थियो l