हरेक अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम अटलास नेटवोर्क ,मकालु टिभी, विराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज यंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हुदै आएको छl
हालको अनियन्त्रित अवस्थामा, निश्चित स्थानमा शारीरिक उपस्थिति असंभव भएको हुनाले यसको कार्यक्रमको निरन्तरताको निमित्त अनलाइन श्रृंखलाको रूपमा दोश्रो र समग्रमा ५२ प्रकरण गत बिहीबार सम्पन्न भएको थियो l सो प्रकरणमा सामाजिक उद्यमी तथा सिद्धार्थ “Inc” का अध्यक्ष अनिल चित्रकार, अथिति वक्ताले सामाजिक उधमताका विचारहरु, विभिन्न क्षेत्रहरुमा सिपमुलक तालिमको आवस्यकता, व्यावसायिक क्षेत्रमा विद्यमान चुनौतिहरु र सम्भावनाहरु, नीतिको प्रभावहरुका साथसाथै अरु उपस्थित सहभागीहरुको जिज्ञासा समेत मेटाउनु भएको थियो l
कार्यक्रमको सुरुवात, उहाँले आफ्नो परिचयबाट गर्नु भएको थियो l उहाले आफ्नो थरको रोमान्चक ढंगले पौवा लेखन, मछिन्द्रनाथको रथको पांग्रामा बनाएको आँखा, विभिन्न नाचहरुमा प्रयोग गरिने मुकुण्डो जस्ता परम्परागत चित्रकला संग जोड्दै व्याख्या गर्नुभएको थियो l साथै , आफुले बाल्यकालमा हनुमान ढोका नजिकैको पुरानो घरमा बाजेसँग रंग मिसाएको, रंग घोटेको सम्झना साट्नु भयो l
उहाँले उच्च शिक्षामा भौतिक बिज्ञान,त्यसपछि कोलम्बो प्लानको छात्रवृतिमा राजस्थान बिस्वविधालयबाट इन्जिनियर गरे पश्च्यात नेपाल फर्केरनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) मा जागिर खानुभयो, पुनःछात्रवृति पाएर अमेरिकाको पेन्सलभिनिया विस्वविधालयवटा उर्जा विषयमा शिक्षा हासिल गर्नु भयो l त्यहाँ बाट उहाले आफ्नो उद्यमको सुरुवात गरेको बताउनु भयो l
उहाले जोड्नुभयो ,” हुनत मूल्य निर्धारित कार्यविधि हरेक व्यवसायमा गरिन्छ, जुन गलत वा अनुचित भन्न मिल्दैन , तर त्यसबाट नाफाको लागि मात्र गरिने मूल्य निर्धारण एउटा पाटो भयो भने समाजमाथि पर्ने सकारात्मक असरलाई पनि ध्यान दिएर गरिने मूल्य निर्धारण चाही सामाजिक उद्यमशीलता होl” l नाफा केन्द्रित मात्र भएर आफ्नो जोखिमलाई मापन गरि व्यापार विस्तारतिर मात्र आकर्षित हुने व्यवसायी उधमी हुन् भने उत्पदक्त्वोलाई सामाजमा फराकिलो ढङ्गले वितरण गरेर समाजलाई कसरी टेवा पुर्याउने भन्ने कुरामा समेत सचेत रहेने र रोजगारी संग संगै समाजमा व्यावासयको असर कस्तो र कति पर्छ भन्ने सोच सामाजिक उध्यम्ताको पाटो हो भनि प्रस्ट्याउनु भयोl नेपालको इतिहासिक प्रसङ्ग थप्दै उहा भन्नुहुन्छ, सम्भवत उत्तर अमेरिका पत्ता नलागेको बेलामा पनि हाम्रो देशमा व्यापार हुने गरेको,व्यापारिक दृस्टीकोणले हेर्दा नेपालले ल्हासा व्यापार, मुगल शासन (इंडिया) र लिंग वन्स (चिन)को बिचमा बसेर व्यापार गरेको र त्यो व्यापारले समृद्धिपनि पाएको प्रकाश पार्नुभयो l कुरा सन् १६००-१७००को बेला जब इस्ट इंडिया कम्पनी स्थापना भयो तब अधिकांस छिमेकी राज्यमा लूट र आतंकित भएको अनि उपेनिबेस भएको कारण व्यवसाय धराप भएको ,त्यसैगरी सन् १७०० मा जब अमेरिकाले विस्वविधालय स्थापना गरिरहेको थियो, बेलायतले पनि बैंक स्थापना गर्यो, त्यो बेलामा नेपालमा न्यातपोल संचित गरिदै थियो, हामीले संरचनाको निम्ति पैसा खर्च गर्यौ, उचित समयमा समय सापेक्ष लगानी नहुनु पनि एउटा कारण हुनसक्ने बताउनु भयो l यसैगरी १९५७ ताका नेपालअन्तर्मुखी ,संबृत समाजमा रह्यो तर अहिलेको यो परिवर्तित समयलाई सदुपयोग गर्नु हो भने अझैपनि विकसित राज्य निर्माण गर्न सक्ने सम्भावना व्यक्त गर्नु भयो l
सरकारले अवलम्बन गर्नु पर्ने कार्यनीति, सुशासन र बजार अर्थव्यवस्थाको बारेमा उहाले निकै चाखलाग्दो र ज्ञानवर्धक कुराहरु सुनाउनु भयो l उहाँको अनुसार , हरेक प्रदेशको आ-आफ्नो कार्यक्षमता , विभिन्नखाले अवसरहरु हुन्छन्, यदी हरेक प्रदेशले आफ्नो बेग्लै संसाधन /संपदा र विशेषता (जस्तै: चिया खेति, ट्रेडिङ, धार्मिक विरासत, प्राकृतिक बनस्पति इत्यादि) छ, जसको संरक्षण र सदुपयोगले कुनै एकल प्रदेश मात्र समृद्दी नभई सम्पूर्ण देशकै विकासमा टेवा पुग्न सक्ने, जसको निमित हामी दूरदर्शी हुन जरुरी रहेको बताउनु भयो l
त्यसैगरी देशका विभिन्न क्षेत्रवाट सहभागिता जनाउनु भएका सहभागीहरुको प्रश्नको उत्तर दिने क्रममा उहाले, कृषि क्षेत्रको कुरा गर्दा यहाँ जग्गाको क्षेत्रफल सानो रहेको , उब्जनी थोरै भएकोले भण्डारण गर्ने धराणा अबलम्बन गर्नु उपयुक्त रहेने, जहाँ बैंकमा पैसा जस्तै अन्न जम्मा गर्ने अनि त्यसको चेक लिने, जसले किसान र बजारको बिचको समबन्ध जोड्ने र आपूर्ति शृंखलालाई निरनतरता प्रदान गर्ने नविनतम सोच उजागर गर्नुभयो l
यसैगरी बिचौलिया / मध्यस्थको समस्या निराधार गर्ने सम्बन्धित प्रश्नमा उहाले, भण्डारण अथवा आपूर्ति शृंखलाको पूर्वाधार नभएसम्म बिचौलिया, मधयस्तको भूमिकालाई निराधार गर्नु उचित नहुने र उनीहरुले पनि किसानहरुबाट समान समेटेर बजार पुर्याउन र साथै बजारको भाउपनि घटबढ भइराख्ने हुदा निकै जोखिम उठाएका हुन्छन l तसर्थ कुनै ठोस पूर्वाधार निर्धारण नहुन्जेल सम्म बिचौलियालाई निराधार गर्न उचित नहोला भनि उत्तर दिनुभयो l
उहाँले बजारको प्रभाव अदृश्य, शक्तिसाली र प्रभावकारी हुन्छ जसलाई नकार्न सकिदैन तर यो निश्चित कुराले चलायमान हुन्छ जसलाई सुशासन द्वारा सदुपयोग गर्न सकिन्छ l शासन प्रणाली प्रत्येक्ष द्रिस्यता हुन जरुरी रहेको भन्नु भयोl साथसाथै अहिले देश बाहिरिएको युवा जमात, नेपाल फरिएको अवस्थामा: यदी विकसित राज्य जस्तै उनि हरु को सिप र अनुभवको सदुपयोग गर्ने हो यो देशपनि समृद्धिको पथतिर लम्किने सम्भावना प्रस्तुत गर्नुभयोl
अन्ततः यो बिश्वव्यापी महामारीको बेलामा, लकडाउनले आर्थिक क्रियाकलाप रोकिएको भएता पनि उधमी/व्यवसायीहरुलाई आत्मनिरीक्षण गर्ने र भविस्यका योजना बनाउने समय हो , यस परिस्थितिलाई व्यापार कार्यान्विंत गर्ने ,प्रबन्धन गर्ने, परिवर्तित स्वरूपमा प्रकट हुने अवसरको रुपमा सोच्नु पर्ने जोड दिनुभयोl जिन्दगीमा लक्ष्य जरुरी रहेको अनि सहि परिस्थिति खोज्नु भन्दा काम गरिहाल्ने बनि बसाउनु आवश्यक छ भन्ने सल्लाह युवाहरुलाई दिनुभयो l
यो अनलाइन शृंखला विकल्पको लिंक मार्फत प्रस्तुत गरिएको थियो, जसमा ८४ भन्दा बडी सहभागीले हाम्रो अथिति वक्ताको निकै प्रेरक र जानकारीयुक्त शृंखलामा अन्त्यसम्म साथ दिनुभएको थियोl यो कार्यक्रमको सहजीकरण विकल्प एन अल्टरनेटीभको संस्थापक, बसन्त अधिकारीले गर्नुको साथै अन्तत सबै सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दा समापन गर्नु भएको थियोl