हरेक अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम अटलास नेटवर्क ,मकालु टिभी, विराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज यंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हुदै आएको छ; जसको उद्येश्य सफल उद्यमीहरुको व्यक्तिगत अनुभव मार्फत उधमसिलताको ज्ञान र बिचारलाई उजागर गर्नु रहेको छ l
महामारीको कहरमा जहाँ जनघनत्वो रोक लगाउनु पर्ने परिस्थितिमा निश्चित स्थानमा शारीरिक उपस्थिति असंभव भएको हुनाले यसको निरन्तरताको निमित्त अनलाइन श्रृंखलाको रूपमा तेस्रो र समग्रमा ५१ प्रकरण ३० अप्रिल २०२०गते बिहीबारको दिन सम्पन्न भएको थियोl उक्त आयोजित कार्यक्रममा अन्तरप्रेरणा नेपालका प्रमुख कार्यकारी अधिकृत निरज खनालले श्रोता/ युवाहरू माझ अन्तरक्रिया गरेका थिए। उनी नेदरलैंडको (PUM) स्थानीय प्रतिनिधि हुन् भने ग्लोबल इन्टरनेसनल कलेज र नेसनल कलेजको संकाय सदस्य पनि रहेका छन्l
उनले सन् २००० देखिनै विभिन्न युवा विकासको कार्यक्रममा स्वेच्छिक कार्यकर्ताको रुपमा संलग्न रहेको र केहि समय NGO पनि चलाएको बताउनुभयो l त्यही क्रममा उहाले देशको विभिन्न ठाउँमा पुग्ने मौका पाएको जसबाट उहाले “उद्यमशिलता नै एउटा यस्तो पाटो हो जसले देशको विकासमा टेवा पुर्याउछ” भन्ने अनुभव बटुल्नु भयो l
सन् २००९ मा समृद्धि फाउन्डेसनसँग अवाधित भए जहाँ उहाले धेरै उधमिहरु,व्यवसायीहरु संग अनुभव संगाल्ने मौका पाउनुको साथै एउटा डच कम्पनीमा सामेल हुनुभएको , जहाँ उहाले अलिकति लगानी गर्नुका साथासाथै उद्यमीहरुलाई प्रत्यक्ष विदेशी निवेश ल्याउन सहजकर्ताको भूनिका निर्वाह गर्न थाल्नुभायो l उहाले त्यहाँ वैकल्पिक निवेश फंड, उद्यमी ईकोसिस्टम जस्ता बिषयमा जानकारी पाएर र विदेशमा गएर सिक्ने मौका पनि पाएको अनुभव सुनाउनु भयो l
सन् २०१५ को भुइँचालो पछि उहाले अन्तरप्रेरणा भन्ने कम्पनी सुचारु गरेको प्रकाश पर्नुभयो l उहाले SEEN (Strengthening Entrepreneurial Ecosystem in Nepal) भन्ने धारणाको बारेमा प्रस्टयाउनुभयो भने अन्तरप्रेरणाको कार्यशैलीको वारेमा भन्दै गर्दा, तिन आखा वा दृष्टिकोणको बारेमा बिस्तृत जानकारी प्रस्तुत गर्नुभयो lपहिलो आँखा भनेको उधमिहरुलाई परामर्शदाताहरु सँग जोड्न सहयोग गर्ने, नेटवर्क विस्तार गराइदिने , उनीहरुको व्यापार मोडललाई पुनःनिर्माण गर्न मदत गर्ने जस्ता कामहरु इनकुबेशन कार्यक्रममा गर्दै आएको वताउनुभयो l
दोस्रो आँखा भन्नाले चाहिँ कहाँ कुन कम्पनीलाई कति लगानी चाहिएको छ त्यहाँ पर्यावरण लगानी गर्ने, व्यापारको प्रवेश-प्रस्थान ढाँचा, नियमन पद्दतिहरु जानकारी लिने अनि त्यसपछि लगानीकर्ताहरु संग सामुहिक व्यवस्था गर्ने कार्य गर्ने जसमा लगानीकर्ताको रुपमा आफैंले पनि धेरैमा लगानी गरेको सुनाउनु भयो l उहाहरुसँग लगानीकर्ताहरु वा लगानीको आधार पर्याप्त भएता पनि त्यो बाहेक बैंक अनि सरकार बाट उपलब्ध हुनसक्ने लगानीहरु संग पनि लिंक गरिदिन कसरी सकिन्छ भन्ने कामकुरामा कार्यरत रहेको योजना सुनाउनु भयो l
तेस्रो आँखा भनेको अन्तराष्ट्रिय समबन्ध, जसमा उनीहरुले क्रिएटिभ बिजनेस कप वार्षिक रुपमा गर्दै आएको र उनिहरु राष्ट्रिय पार्टनर रहेको, नेपालको बेस्ट स्टार्ट अप कम्पनीलाई छनोट गरेर डेनमार्क पठाउने र त्यहाँ उनीहरुले ८० भन्दा धेरै अन्तराष्ट्रिय स्टार्ट अप कम्पनी संग प्रतिस्पर्धा गर्ने गरेको जानकारी दिनुभयो l त्यसैगरी इन्टरनेसनल लिंकेजको कुरामा उहाँ PUM नेदरल्याण्डमा बरिष्ठ विशेषज्ञको स्थानिय प्रतिनिधि रहेकोले नेदरल्याण्डबाट ६०वर्ष भन्दा माथिको स्वयंसेवक विशेषज्ञहरुलाई नेपाल ल्याएर नेपाली उद्यमीहरुलाई कोचिंग गर्ने काम गरिरहेको जोड्नुभयो l
सन् २००९ ताका उहाले कामको सुरुवात गर्दा उद्यमशीलताको परिभाषा स्पस्ट नभएको वा नबुझेको त्यसैले उद्यमीलाई व्यापारी वा व्यावसायी संग तुलना गरेर हेर्ने गरेको पाएका थिए भने त्यसताका नेपालमा उद्यमशीलतामा ह्रास राजनीतिक अस्थिरताले गर्दा आएको थियो अनि मान्छेहरु ट्रेडिंगतिर आकर्षित भए किनकि त्यो बेला जोखिम कावर गर्ने अवस्था थिएन तर २०१४-१५ पछि बादलब देख्न सकिन्छl अहिलेको अवस्थामा उद्यमशीलताको परिभाषा अलिक स्पस्ट र फराकिलो भएको छ; उद्यमी र व्यापारीलाई अलिक फरक ढंगले हेर्न थालिएको बताउनु भयो l एस एम इ र स्टार्ट अपलाई फरक दृस्टिकोण बाट हेर्न थालिएको छ l हामीले कुरा गर्ने पर्यावरणमा चाही धेरै भिन्नता पाएको , अहिले प्रगतिशील विचार, नबिनता अनि मूल्यवान सोचका साथ उद्यमीहरुको धेरै प्रस्ताब आएको दर्शाएका छन्l अहिले बैकल्पिक लगानीको छाप बजारमा पर्दै गएको अवस्थामा बैंकमाथिको निभार्तामा कमि पाएको प्रस्ट देखिन सकिन अनुभव साट्नुभयोl
उहाको बिचारमा उधमशिलता पनि व्यापारको विकल्प हो जसको उद्धेश्य समाजको ठुलो समस्यालाई न्यूनीकरण गर्नु वा निराकरण गर्ने सोच राख्नदछ, सदैब नविनिकरण र ठुलो बिकासको चित्रण समेटेको हुन्छ भने व्यापारले सामाजिक उतरदायित्व बोकेतापनि नाफा यसको मुख्य उद्धेश्य रहेको र यसले जहिले पनि गुणात्मक जोखिम मात्र बेहोर्ने र सोहि अनुरुप व्यापार विस्तार गर्ने योजना बनाउँछ. हुनत दुवै सहि नै हुन् l जोकोही पनि आफ्नो शौख र प्रिय बस्तुवाट प्रभावित भइ व्यवसाय थालनी गर्दछ त्यसैले उद्धेश्य फरक फरक भएको पाउँछौ भनि दुबैको योगदान उल्लेखनीय रहेको सहमति जनाउनुभयो l
यसैगरी सरकारी नीति सम्बन्धित प्रश्नको उत्तर दिने क्रममा, उहाले, नेपालीको परिपाटीमा सरकारसंग केहि अपेक्षा राख्नु मुर्खता भएको र यदी सरकारप्रति निर्भरता बढेमा, केहि गर्न नसकिने सम्भावना प्रवल हुनजान्छ; बरु नवीनीकरण कि नीति भन्ने दोधारमा जहिले पनि नवीनीकरणलाई प्रथामिकता दिनु पर्ने त्यस पश्च्यात सरकारको भूमिका चाही सहजकर्ताको रुपमामात्र हुनु पर्ने अनि नीति बनाउनु पर्ने विचार व्यक्त गर्नु भयो l तर यदी हामीले पहिले नीति निर्माण होस् अनि उद्यम थालनी गरौला भन्ने सोच्यौ भने त्यहाँ हस्तछेप र चुहावटको समस्या मौलाउने निस्चित्ता रहेको ; तर प्रत्येक व्यवसायको अनुगमन बेलाबेला सरकारले गर्नु पर्ने , व्यवसायको आशय , काम गर्ने शैली,ढाचा र उचित बिवरण राखी समाजमा त्यसबाट पारेको सकारत्मक वा नकारत्मक प्रभाव निरिक्षण गर्ने दक्ष अनुगमनकर्ताको परिचालन आवश्यक भएता पनि त्यस्तो जनशक्ति अभाब रहेको विचार पोख्ननु भयो l
आफ्नो अनुभवलाई टुंग्याउने क्रममा, कुनै पनि कामको सुरुवात सहज नहुने , त्यसको निमित्त कडा परिश्रम, अठोट र निरंतरता दिनुपर्ने किनभने उद्यमी यात्रा बिना चुनौती सम्भव नरहेको बताई सरकारले गरोस् भन्ने सोचलाई थाती राखी आफैले अग्रसर हुनुपर्ने र जबसम्म निष्ठावान व्यावसायिक समाजको निर्माण हुदैन तब सम्म सरकार संगको कम अपेक्षित हुनु फाइदाजनक हुन्छ भनि जोड दिनु भयोl उहाले विभिन्न जिल्लाहरुमा इन्कुबेशन प्रोग्राम लौंच गरेको , जसमा बिजनेस चेम्बर र कलेज पार्टनरहरु रहेका ,जसले त्यहाको चुनिएका उधमिहरुलाई छ महिने वा नौ महिने कोचिंग दिने र हेरक प्रकारको सहयोग प्रदान गर्ने गरेको बताए l त्यसै गरी यो लकडाउनको बेलामा पनि PUMले अनलाइन मदत वा कोअचिंग दिने घोसणा गरेकोले यो कार्यक्रमबाट लाबंबित हुन सम्पूर्ण श्रोताबिन्द्लाई प्रोत्साहन गर्नुभयोl
यो अनलाइन शृंखला विकल्पको लिंक मार्फत प्रस्तुत गरिएको थियो, जसमा ५० भन्दा बडी युवा तथा विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको र हाम्रो अथिति वक्ताको निकै प्रेरक र जानकारीयुक्त शृंखलामा अन्त्यसम्म साथ दिए l कार्यक्रमको सहजीकरण विकल्प एन अल्टरनेटीभको संस्थापक बसन्त अधिकारीले गर्नु भएको र अन्तत सबै सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दा समापन गर्नु भएको थियोl