तपाईले विचार गर्नु भएको छ, सधै मारिने खसी, कुखुरा कहिल्यै सकिदैनन्, जबकी संरक्षण गरेर राखेको गैडा, बाघ जहिल्यै लोप हुने अवस्थामा हुन्छन् ? किनकी तपाईलाइ खसी र कुखुरा पालन गरि त्यसबाट आय आर्जन गर्ने उत्प्रेरणा हुन्छ भने बाघ र गैडा पाल्न रोक लगाएको कारण तपाईलाई त्यो कुरा पालेर जोखिम लिने कुनै उत्प्रेरणा नै हुदैन l
किन सार्वजनिक पोखरीमा स-साना माछा पनि भेट्न मुस्किल हुन्छ, जबकी निजि पोखरीमा जति पनि माछा पाउन सकिन्छ?
किनकि सार्वजनिक पोखरीमा सबैको अधिकार हुन्छ, त्यसैले आफुले अहिले नै माछा नमारेको खण्डमा अरु कसैले मारेर लैजाने भएकोले, जे-जस्तो माछा भेटिन्छ मारी हालुम भन्ने भावना हुन्छ, जबकी निजि पोखरी व्यक्तिगत सम्पति भएको कारण माछालाई ठुलो बनाएर बढी भन्दा बढी आर्थिक लाभ लिने उत्प्रेरणा हुन्छ l
किन तपाइँ जागिर गर्दा घडी हेरेर १० बजे कार्यालय पुग्नु हुन्छ र ५ बजे अगाडी नै निस्कन चाहनु हुन्छ, जबकी आफुले खोलेको पसल बिहान ४ बजे खोलेर राति ९ बजे सम्म बस्न तयार हुनुहुन्छ ?
किन कि पसल तपाइँको निजि हो, जति धेरै मेहेनत गर्नु हुन्छ त्यति फाइदा हुन सक्छ, बेवास्था गर्नु भयो भने आफैले नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ l तर जागिरमा अरुको लागि काम गरिन्छl
हामि घरबाट बाहिर निस्कने बेला बत्ति, पंखा, धारा आदि सबै बन्द गरेर मात्र निकन्छौ, जबकी सरकारी कार्यालयहरुमा कोठामा कोहि नभएपनि बत्ति पंखा चलिरहेका हुन्छन् l
किनकी घरको बिजुली बत्तिको लागि आफ्नो गोजीको पैसा खर्च हुने भएकोले त्यसलाई बचाउने उत्प्रेरणा हुन्छ भने, सरकारी कार्यालयमा भएको फजुल खर्च आफुले सिधै आफ्नो गोजी बाट तिर्नु नपर्ने भएकोले त्यसलाई बचाउने कुनै उत्प्रेरणा हुदैन l
नेपोलियन बोनापार्ट भन्छन् Men are moved by two wheels, one is fear and other is self-interest. अर्थात मानिसलाई या त डरले चलाउन सकिन्छ अथवा स्व-उत्प्रेरणा अथवा self-interest ले !
यदि बाल-बालिका homework गर्न मान्दैनन भने या त उनीहरुलाई कुटेर अर्थात् डर देखाएर homework गराउन सकिन्छ अथवा चकलेट दिएर, फकाएर l डर सिर्जना गरेर मानिसहरुलाई काम गर्न बाध्य बनाउन सकिएपनि उत्प्रेरणा दिएर राजि-खुसी अरुबाट काम गराउन सकेको खण्डमा राम्रो परिणाम निस्कने सम्भावना हुन्छ l
एउटा खसी काट्ने मानिसले हामि लाई मासु खुवाउने उदेश्यले खसी काटेको हुदैन ? उसले त्यसबाट दुइचार रुपैया कमाइ गरि आफ्नो जीविकोपार्जन गर्नको निम्ति खसी काटेको हुन्छ l तर उसले खसी काटेर आफ्नो उदेस्य पुरा गर्न खोज्दा तपाइँ-हाम्रो पनि आवस्यकता पुरा हुन्छ l मानिस स्वभावैले पहिला आफ्नो हितलाइ ध्यानमा राखेर काम गर्ने प्राणि हो l घरमा एक्कासी आगो लाग्यो भने अरुलाई बचाउने विचार गर्नु भन्दा पहिला आफै नै भाग्ने बाटो खोजिन्छ l हिरोसिमा बम खसेर १ लाख २० हजार मानिस मरेको खबर सुनेपनि यदि त्यसबेला यहाँ आफ्नो दात दुखेको छ भने, हिरोसिमाको समस्याले भन्दापनि दातको दुखाइले आफुलाई धेरै पिरोल्द्छ l
उत्प्रेरणाले मानिसहरुको व्यवहारलाइ निर्देशित गर्दछ, जुन काम गर्न मानिसहरुलाई उत्प्रेरणा हुन्छ मानिसले त्यो काम गर्दछ, जुन काम गर्नमा मानिसलाई उत्प्रेरणा हुदैन मानसले त्यो काम गर्दैन l उत्प्रेरणामा आएको परिवर्तनले मानिसको व्यवहारलाइ परिवर्तन ल्याउन सक्छ l हामिलाई बाटोमा झरेको १ रुपियाको सिक्का टिप्नमा उत्प्रेरणा नहुन सक्छ तर ५०० रुपियाको नोट भेटियो भने तत्काल टिप्ने उत्प्रेरणा हुन्छ l
मानिस आफ्नो हितलाइ ध्यानमा राखेर काम गर्ने प्राणि भएपनि सबै मानिसहरुलाई एकै प्रकारको उत्प्रेरणाले काम नगरि फरक मानिसलाइ फरक उत्प्रेरणाले काम गर्दछ l
यसो भन्दै गर्दा उत्प्रेरणा गलत हो भन्ने होइन, लोभ र स्व-उत्प्रेरणामा धेरै नै फरक छ l लोभले अरुको अहित गरि आफ्नो स्वार्थलाइ संरक्षण गर्ने प्रयास गर्दछ भने, स्व-उत्प्रेरणाले आफ्नो स्वार्थपूर्ति गर्दैगर्दा अरुको चाहना र आवस्यकता पुरा गरि उनीहरुको हितलाइ पनि बढावा दिइ रहेको हुन्छ l
स्व-उत्प्रेरणालाइ ब्यापार-व्यावसायसंग जोडेर हेरौ l ब्यापार-व्यावसाय बस्तु तथा सेवा प्रदान गरेर अरुको अहित नगरी नाफा कमाउने उदेश्यले गरिने क्रियाकलाप हो l बजारमा हामि आफुलाई आवस्यकता परेको बस्तु तथा सेवासंग राजि खुसि आफ्नो पैसा साटासाट गर्दछौ, फलस्वरुप क्रेता तथा बिक्रेता दुवैलाइ त्यस लेनदेनबाट लाभाम्बित हुने उत्प्रेरणा हुन्छ l यस अवस्थामा दुबैले आफुले चाहेको कुरा प्राप्त गर्दछन्, जस प्रक्रिया लाई स्व-उत्प्रेरणाले निर्देशित गरेको हुन्छ l
तर कुनै पनि देशमा ब्यापार व्यावसाय फस्टाउन त्यो देशका नागरिकहरुलाई ब्यापार व्यावसायमा संलग्न हुनको लागि उत्प्रेरणाको अवस्था वा बाताबरण कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन आउछ l यदि ब्यापार व्यावसाय सुरु गर्न, संचालन गर्न र बन्द गर्न राज्यले झन्झटिलो अवस्था सिर्जना गरेको छ भने मानिसहरुलाई यसतर्फ आकर्सित हुने उत्प्रेरणा हुदैन l यस अवस्थाले उल्टै मानिस तथा पुजी पलायन हुने सम्भावनालाइ बढाई दिन्छ, वा अन्य कुनै क्रियाकलापमा आबद्द हुन उत्प्रेरित गर्दछ, जसले उनीहरुको इच्छा, चाहना र आवस्यकतालाई पुरा गर्न मद्दत गर्दछ l
जुन समाजमा मानिसहरुलाई सहज रुपले आफ्नो पेशा-व्यवसाय गरि खान कठिन हुन्छ र गलत काम गरि जीविकोपार्जन गर्न सहज हुन्छ, त्यस अवस्थामा मानिसहरुले दोस्रो सम्भावनालाइ छनौट गर्ने सम्भावना रहन्छ l जसले समाजमा केहि सिमित मानिसहरुको स्वार्थलाइ संरक्षण गरि अधिकांस मानिसहरुलाई गरिबी, अभाव, बेरोजगारीको स्थितिमा ढकेलीदिन्छ र समाजमा अराजकताको स्थिति बढेर जाने सम्भावना रहन्छ l
आज नेपालमा अधिकांस मानिसहरुलाई सहज रुपले गरि खान सक्ने अवस्था नभएको कारण धेरै नेपाली विदेश पलायन, अबैध क्रियाकलाप संलग्न हुनु पर्ने बाध्यताको साथै आफ्नो स्वार्थ सिद्द गर्नको निम्ति राजनीतिक पार्टीमा आबद्द भइ जीवनयापन गर्ने जस्ता उत्प्रेरणा सिर्जना भएको छ, जसले केहि सिमित मानिसहरुको हितलाई संरक्षण गरेपनि अधिकांस मानिसहरुको जीवनलाइ कठिन बनाएको छ l
ब्यापार व्यावसाय र उद्यम नै यस्तो क्षेत्र हो जसले कुनै पनि देशका आम मानिसहरुको आर्थिक अवस्थालाइ सुद्रिड गर्न मद्दत पुर्याउदछ l त्यसैले यस क्षेत्रमा रहेका प्रसासनिक झन्झट, अव्यावहारिक नीति-नियम र कानुनहरुलाई हटाइ सहज रुपले पेशा, व्यावसाय तथा उद्यम गरि बस्तु तथा सेवा प्रदान गर्ने बाताबरण सिर्जना गरेर मानिसहरुमा ब्यापार-व्यावसाय गर्ने उत्प्रेरणा जगाउन नितान्त आवस्यक छ l
अन्यथा यसले समाजमा बेरोजगारी र अभाव निम्त्याउनुको साथै राम्रा मानिसहरुलाई पलायन गराउने र जीविकोपार्जनको निम्ति गलत कुराको सहारा लिन उत्प्रेरित गर्नेछ जसले समाजलाइ गलत दिशामा डोर्याउने छ l
भीडीयो हेर्नको लागि तलको लिंक मा जानुहोस l