१ हामीले भर्खरै मात्र लकडाऊनको स्थिती पार गरेर आफ्नो व्यापार व्यवसाय संचालन गर्ने तर्फ लागेका थियौ, फेरी पनि संक्रमण बढेको कारण लकडाऊनमा जानु पर्ने आवस्था आएको छ, यस घटनालाई तपाई कसरी हेरीरहनु भएको छ ?
यो सुखद कुरा त पक्कापनि होइन, त्यसमाथि लकडाउन भएर घरको बसाई तथा व्यापार व्यवसाय ठप्प भएतापनि बिजुली, घरभाडा, कर्मचारीको तलब इत्यादि जस्ता खर्चहरु वेहोर्नु परेको छl अहिले यो महामारी परिव्याप्त हुदा बिराटनगरको स्थिति भयावह हुन गएको छl पटक पटकको छलफलबाट निस्किएको निष्कर्ष अनुरुप यहाँ पूर्ण लकडाऊनको घोसणा भएको र साथैसाथ पिसिआर टेस्टको दायरा बढाउने सुझावलाई जोड दिएको छुl अहिलेको विराटनगरको परिस्थिति र परिदृश्य नियाल्दा ,सर्वप्रथम हामी स्वास्थ रहन र बाच्न जरुरी छ, व्यापार त भोलि पनि गरौला नि l
२. बिराट व्यापार संघमा कस्तो-कस्तो पेसा व्यवसाय/व्यापार गर्नेहरु आबद्ध हुनसक्नु हुन्छ ?
यहाँ साना पान दोकान गर्ने, किराना दोकान गर्ने, थोक बिक्रेता देखि ठुला व्यवसायीहरु सम्म आबद्ध हुनुहुन्छl बिराटनगर, प्रदेश न.१ को व्यापार केन्द्र रहेकोले यहाँवाट अन्य ठाउँमा सामानहरु ढुवानी हुने, ठुलो स्तरको बिक्रेताहरु हुनुहुन्छ l तसर्थ यो संघले सबै क्षेत्रका व्यवसायीलाई समेटेको छl
३ तपाईहरु संग कति जना सदस्यहरु आबद्ध हुनुहुन्छ ?
हामीसंग लगभग दूई हजारजना सदस्यहरुको आबद्धता छ l
४ एउटा व्यापार/व्यवसाय गरि खाने मान्छेलाई कतिको गार्हो वा सजिलो छ l कुन कुराले गार्हो वा सजिलो बनाउने स्थिती छ?
व्यवसाय आफैमा चुनौतीपूर्ण कुरा हो, यसमा प्रथमतः पुंजी संचय गर्न पर्यो अनि नोक्सान बहन गर्ने क्षमता पनि हुन पर्यो l कहिलेकाही केहि युवा साथीहरु नोक्सानको जोखिम आइपर्न साथ पलायन भएको अवस्था विध्यमान रहेको छ l पुराना व्यवसायीहरु अधिकासं चुनौतीहरु संग जुजन अनि प्रसासनिक कार्यहरुमा पनि अभ्यस्त भइसकेका हुन्छl तर नव व्यवसायीहरुलाई वातावरण चुनौतिपूर्ण रहेको कुरा पोखेको पाएको छु; समग्रमा भन्नु पर्दा , दर्ता प्रक्रिया झन्झटिलो रहेको, बैंकको सहयोगपनि अप्रभावि रहेको, सीड मनिको सहज व्यवस्था नभएको र धितो नभएको मान्छेलाई स्वरोजगार हुन निरुत्साहित हुने अनि अन्यत्र मजदुरी गर्नु पर्ने बाध्यता देख्न सकिन्छl
५. यहाँले दर्ताको समस्याको बारेमा उल्लेख गर्नुभयो र यो कारणले धेरै जाना निरुत्साहित भएको कुरा गर्नुभयो l हजुरको विचारमा दर्ताको समस्या कस्तो होला ?
मैले पहिला पनि भनिसकेँ, हामी(पुराना र अभ्यस्त) लाई खासै समस्या र समय लाग्दैन तर नयाँ लगानीकर्तालाई भने सरकारी काम समय लाग्ने अनि धेरै निकायमा धाउनुपर्ने हुदा झन्झटिलो महसुस गर्नु हुन्छ, सायद उहाँहरु अभ्यस्त नभएर पनि होला l
६. के यी सबै समस्या झन्झटटिलो प्रशासनिकतन्त्र, एक द्वार नीति नभएर अथवा प्रशासनिक ढिला सुस्तीले गर्दा भएको हो ?
ढिला सुस्ती पनि प्रशासनको छ, कागजातको काममापनि विभिन्न निकाय धाउनुपर्दा, नयाँ व्यवसायमा आउनेहरु निरुत्साहित भएका छन् l यी सबै कामहरु एक-द्वार प्रणालीबाट भइदिए झन्झट कम हुने थियो l
७. तपाईको विचारमा धितो राखेर ऋण लिनुमा हामीलाई के समस्या छ ?
नेपालमा ठुलो प्रोजेक्टको सन्दर्भमा आय-व्यय का प्रबंध बैंकले व्यवस्थापन गरेतापनि सानो सानो प्रोजेक्ट भने सुबिधावटा वन्चित छन्, जसलेगर्दा कोहि नयाँ सोच भएकोले उसको सिप वा प्रोजेक्ट हेरेर सुरुवात गर्न चाहेमा कि त आफ्नो संचित पुँजी लगानी गर्ने हैसियत बोक्नु पर्यो , कि त धितो राखेर ऋण झिक्ने क्षमता, होइन भने ठुलो प्रोजेक्ट गर्दाको जोखिम व्यहोर्ने आट गर्नुपर्यो l प्रारंभिक चरण यदी नवीनताको निमित्त सीड मोनी प्रदान हुनु हो, बिना धितो सिप वा प्रोजेक्ट हेरेर ऋण पाउने व्यवस्था हुनु हो भने अधिकांस युवाहरु व्यवसायमा आउन प्रोत्साहित हुनेथिए नत्र उनीहरु अरुको जागिर वा नोकरीको गर्नु बाहेक अन्य सम्भावना सुन्य हुन जान्छl
८. मान्छे संग विचार भए त्यसलाई कार्यान्वयन गर्न कस्तो वातावरण हुन् जरुरी छ?
नेपालमा विचार मात्र भएर उसले व्यवसाय गर्न सक्दैन l उ सम्पन्हुनुपर्यो, या त आफ्नो सम्पत्ति चाहियो वा धितो राखेर काम गर्नुपर्यो, नत्रभने कोहि मान्छेलाई समात्नु/गुहार्नु पर्योl
९. आहिले जो मान्छे संग पैसा छ, जो मान्छे संग पुर्खौली सम्पत्ति छ उसलाई मात्र व्यापार व्यवसाय गर्न सजिलो छ भन्नुभयो1अलिकति स्पष्ट परदिनुस न1
अहिलेको अवस्थाले त्यहि चित्रण गर्दछ किनभने केहि सानोतिनो धितो नभई बैंकले फाइनान्स गर्दै गर्दैन l पैसाको व्यवस्था असहज र वित्त सहायताको अभाब हाम्रो दुर्भाग्य हो l
१० तपाईले व्यापार/व्यवसाय गर्न मुख्य अरु के-के समस्या देख्नु हुन्छ ?
व्यवसाय स्वेच्छाको कुरा हो , अधिकांस कुरा आफैमा भरपर्छl प्रतिस्प्रतिस्धात्मक वातावारण भएको हुनाले ,चुनौती एवम् जोखिम मापन आफैले गर्न सक्नु पर्छ र आफुले गर्न लागेको व्यावासयको पूर्व अनुसन्धान र बजार अध्ययन गर्नु जरुरी हुन्छl त्यसैगरी संचालनको जिम्मा र निर्णय गर्ने अधिकार सोयमसंग हुनुभएकोले अरु खासै समस्या देख्दिनl
११ करको कुरा कस्तो छ व्यापार/व्यवसाय गर्नलाई ?
अहिले तीन तहका कर छ जहाँ स्थानीय निकयको कर अत्यधिकमात्रा बढाएको र बढेको पाइन्छ भने केन्द्रीय सरकारको करको चापपनि कम् भने छैनl पोहोरसाल श्रावण १ गतेदेखि ३-४ वटा नयाँ करहरु लागु गरिएको थियोl जस्मध्य एउटा हो भेहिकल ट्रैकींग सिस्टम जसले सानो व्यवसायीहरु मारमा परेको , अनावश्यक खर्चमा वृद्धि जस्तै: कम्प्युटर किन्नु पर्ने, स्टाफ थप्नु पर्ने,जसको कारण उनीहरूको वर्षको चार पाँच लाख रुपैया खर्च बढेको पाईन्छ l तसर्थ यो नियम अनि कर सानो व्यवसायीको उपयुक्त नभएको, अनावश्यक मारमा परेको जस्तो लाग्छ l
१२. भेहिकल ट्रैकींग सिस्टम के हो l यसले सर्बसाधारणलाई कसरी मार पर्छ?
कुनै पनि होलसेल या डिलर व्यवसायी जसले आफ्नो सामानको बिक्रि वितरण गर्दा प्रयोग गर्ने ढुवानी सेवाको विवरण अनलाईन ट्रैकींग सिस्टममा भर्नु पर्छ l त्यो विवरण केन्द्र सरकारको विभागमा पुग्दछ l ठुलो उद्योग, ठुलो व्यवसायीको आफ्नो म्यानपावर हुन्छ उनीहरुलाई समस्या छैन l तर त्यसता व्यावसायी जो आफै मालिक र स्टाफ भएर काम गर्नुहुन्छ , उहाँहरुको खर्च चाहि बढेको छ l आफैले ट्रैकींग गरेर हिड्नु पर्ने भएकोले त्यस्ता साना व्यवसायीहरुलाई मार परेको छ l अरुलाई चाहि गार्हो छैन l सिस्टम न राम्रो होइन तर सबैलाई उपयुक्त भने छैन l
१३. भेहिकल ट्रैकींग सिस्टम वा करको समस्याको कुराहरुलाई समाधान गर्न तपाईको संस्थाले को संग पहल गरिरहेको छ ?
हामी जिल्ला स्तरीय कमिटि, प्रदेश सरकारसंग निरन्तर छलफल गरिरहन्छौ; व्यापारिको हक हितको लागि, समस्याहरुको समाधानको निम्ति, आवस्यक नीति नियम, र बजेटको बेलामा सुझावहरु पनि प्रस्ताब गर्ने गरेकाछौंl जब केन्द्र मन्त्रीहरु आउनुहुन्छ तब संस्थाको तर्फ बाट समस्या र सहजताको निम्ति पहल पनि गर्ने गरेका छौ l तसर्थ हाम्रो संस्थाले राज्यको हरेक निकायहरुसँग आवश्कता अनुरुप पहल गर्ने गरिरहेको छl
१४ तपाईहरु धेरै लामो समय देखि प्रबर्धन/ हिमायत गर्दै हुनुहुन्छ, यसको नतिजा चाहि कस्तो आईरहेको छ?
नतिजाहरु आउदै छन्l वाणिज्य कार्यालयको दार्ताको कुरा , घरेलु कार्यालय अहिले प्रदेशको मातहतमा आयो भने प्रदेशले आफ्नो नीति नियम बनाउने छलफलमा हामी निरन्तर रुपमा सहभागी जनाएका छौ र आवस्यक ऐन, कानुन परिमार्जन गर्ने क्रममा आफ्नो विचार साटेका छौ,जुन उद्योग व्यावास्यीको हितलाई मध्ये नजर गरिएको छl पहिले केन्द्रबाट अहिले प्रदेशलाई अधिकार प्रत्यायोजित गरेको छ l
१५ राज्यले के गरेको खण्डमा वा कस्तो वातावरण सिर्जना गरेको खण्डमा गरिखाने चाहनेले सहज रुपमा आफ्नो पेसा व्यवसायमा संग्लनहुन् सक्थे ?
अहिले कभीड-१९को अवस्थामा, जनशक्ति हरु पनि बडी रहेको अवस्थामा , राज्यले कृषिमा ध्यान दिनुपर्छ र यो विषयमा केन्द्रीय र प्रादेशिक सरकार दुबैले बोलेका छन् l तर अनुदान सहि किसानहरुको हातमा पुगेको मैले महसुस गरेको छैनl यदी पुराना किसानको हातमा वा नयाँ जनशक्तिले पेश गरेको योजनालाई उचित अबलोकन गरेर सहि हातमा पुर्याइदिने, उनीहरुको बैंक सम्म पहुच पुग्न सहयोग गर्ने, अनुदान दिने चाहेको ऋण पनि उनिहरुलाई दिने हो भने कृषिमा पनि धेरै अगाडी सम्म फड्को मार्न सक्छl
त्यो बाहेक अरु पनि व्यवसाय सहजीकरण गर्ने वा प्रोत्साहन हुने खालको नीति अबलम्वन गर्नेहो भने; अहिले प्रस्तावित नीतिलाई नै उचित ढंगले कार्यवनयन गर्दा व्यापारिक वातावरण फस्त्याऊदै जाने सम्भावना देखिन्छl जसको निम्ति आवाजहरु सशक्त बनाउन जरुरि छ l
१६. प्रदेश/स्थानीय सरकाले धेरै योजना ल्याएको छ भन्ने कुरा उजागर गर्नुभयो l तर जव सम्म नीतिगत रुपमा व्यवसाय गर्ने सहज वातावरण सिर्जना हुदैन तब सम्म के यो योजना प्रभावकारी ढंगले काम गर्ला? यसमा तपाईहरुले कस्तो भुमिका निर्वाह गर्नुहुनेछ ?
अहिले स्थानिय निकायहरुलाई पनि धेरै अधिकार दिएको छ भने कतिपय कार्यालयहरु प्रदेश स्तरमा आएको र प्रदेशले आफ्नो प्रदेशको भूगोल, श्रोत र आवश्यकताको आधारमा आफ्नो नीतिनियम बनाउन अधिकार प्राप्त गरेको हुदा, स्थानीय निकायहरुलाई पनि धेरै अधिकार दिएको हुदा यहाँको स्थानीयवासीहरुलाई सजिलो सेवा प्रधान गर्न सकिने र प्रत्येकको स्थानीयवासीलको पहुँचमा हुनेछl उदाहरणलाई हेरौन, मालपोत पनि स्थानीय निकायमा गईरहेको कुरा हेर्दा सकरात्मक नै छ l स्थानीय निकायहरुमा पुगी सके पछि त्यहाँ आफ्नो पहुँच हुन्छ ,धेरैलाई बहिर आएर दर्ता, मालपोत, नामसारी, धितो गरिरहनु परेन l अनि यो सबै सहजताको निम्ति, प्रभाबकारी नीतिलिएर हामीले डटेर, जुझारू भएर लागिरहेका छौl तसर्थ म यो सबैकुरा सकारात्मक र आशावादी छुl
१७. तपाई नीति निर्माण बनाउने ठाउँमा पुग्नु भयो भने गरिखान चाहनेकोहरुको लागि कुन चाहि नीतिलाई परिमार्जित वा रुपान्तरण गर्न चाहनुहुन्छ ?
जो स्वरोजगार बन्न चाहन्छ उनीहरुलाई दर्ता प्रक्रिया सहज, बैंकको नीतिमा पनि सहजता र सजिलो पहुँच हुने खालको नीति सुझाव गर्थिए l राज्यले दिनु पर्ने सेवा सुबिधा जस्तै बाटो घाटो बनाइदिने, करमा कटाउति, नया सोच र योजनालाई गरि खाने मौका जस्ता धेरै कुरामा परिमार्जित गर्न सकिन्छl अहिलेको अनुसार व्यापार व्यवसाय गर्न मान्छेको आफ्नो सोच, दृष्टि छन् l उनीहरु काम गर्न तयार छन् तर राज्यले पनि त्यहि किसिमको सहज बाताबरण बनाईदिन जरुरी छ l
१८. यहाँको भनाई अनुसार व्यापार/व्यवसाय गर्ने मान्छेको आफ्नो सोच, दृष्टि छन् l त्यसोभए राज्यले सहज बाताबरण बनाउनका निमित्त के गर्न जरुरी छ जस्तो लाग्छ?
राज्यले बनाईदिने हो l गर्ने त आफूले हो l सबै कुरा त राज्यले गर्दिदैन l त्यसैले राज्यले दिने कुरा सजिलो संग उसले छिटो छरितो उसले पाउनु पर्यो l त्यति पायो भने पनि उ धेरै प्रोत्साहित हन्छ l र उसले आफ्नो काम हरु आफै गर्छ l यहाँ सरकारी कामको प्रक्रियाहरु झन्झटटीलो भएकोले नयाँ आउने युवाहरु निरुत्साहित भएर काम गर्न सकिदैन भनेर पछाडी परेका पनि धेरै उदाहरण छन् l त्यसैले बैंक दर्ता अनि अरु राज्यले दिने सुविधाहरु सहज किसिमले दियो भने व्यवसाय गर्ने कुरा मान्छेले गर्छ l
भीडियो को लागी तलको लिंकमा जानु होस l