यो मार्मिक कथा, सडक पेटीमा फलफुल बेचेर आफु र आफ्नो परिवारको जीविकोपार्जनमा जुटेका २७ बर्षीय मुहमद बुवाजिजीको हो l ३ वर्षको उमेरमा आफ्नो बुवा गुमाएका ट्युनिसियाका मुहमद बुवाजिजीले, १० बर्षको उमेरदेखि सडक पेटीमा फलफुल बेच्ने काम गरि, आफ्नो बिधुवा आमा र बैनीको जीविकोपार्जनमा जुटेका थिए l
फलफुल बेचेर भएपनी उनि आफ्नो बैनीलाई कलेज पढाउन चाहन्थे l सडक पेटीमा ब्यापार गरेको कारण बारम्बार उनले जरिवाना तिर्नुको साथै सरकारी अधिकारीहरुबाट हप्की-दप्की सुन्नु पर्दथ्यो l
१७ डिसेम्बर २०१० को दिन, सडक पेटीमा आफ्नो ठेलामा ब्यापार गर्दै गरेको बेला, बुवाजिजीसंग ब्यापार गर्ने अनुमति र आवस्यक कागजात नभएको भन्दै बजार निरीक्षणहरुले उनको समान र तराजु जफत गर्दछन् l
आफ्नो सामान छुटाउन बुवाजिजीले पहिला झैँ घुस खुवाउनु पर्ने स्थिति आउछ l उनलाई रिस उठ्छ l भनाभनको क्रममा, एकजना महिला पुलिसकर्मीले उनलाई झापड हान्दछिन् l मुस्लिम समुदायमा एक जना महिलाले पुरुसमाथि यसरि हात उठाउने कुरा अपमानको बिषय भएको हुदा, उनि यस घटना बारे सिकायत गर्न र आफ्नो जोख्ने तराजु वापस लिन बजारमा रहेको सरकारी कार्यालय पुग्छन् l तर उनलाई कार्यालय भित्र छिर्न दिइदैन l
बुवाजिजी पेट्रोल पम्प तर्फ लाग्दछन् l पेट्रोल किनेर सरकारी कार्यालय अगाडी फर्केर आउछन् र आफ्नो सरिरमा पेट्रोल छर्किदै कराउन थाल्छन् “यस्तै हो भने मैले कसरि गरि खाने?” यति भनेर बुवाजिजीले आफ्नो सरिरमा आगो लगाउदछन्, जुन घटनालाइ धेरैले आफ्नो मोबाइलमा कैद गरेका हुन्छन्, जसले सामाजिक संजाललाइ तताई दिन्छ l
४ जनवरी २०११ को दिन अस्पतालमा उनको मृत्यु हुन पुग्छ l उनको मृत्युको खबर जंगलमा लागेको आगो सरह सल्किन् पुग्छ l मुहमद बुवाजिजीको मृत्युले ट्युनिसियालि जनताहरुमा तानासाह सरकार प्रति ठुलो आक्रोस पैदा गरिदिन्छ l सरकार बिरुद्ध बोल्न बर्जित भएपनि, मानिसरु बुवाजिजी प्रति सहानुभूति दर्साउन र सरकारको बिरोधमा देस भरिबाट सडकमा उत्रिन्छन् l
सरकारले यसलाई दमनको नीति अक्थियार गर्दछ र आफ्नै जनता माथि गोलि बर्साउन थाल्दछ l धेरै नागरिकले ज्यान गुमाउन पुग्दछन् l सामाजिक संजाल फेसबुकले घटनालाइ एउटा उचाईमा पुर्याई दिन्छ l जसले ट्युनिसियामा Jasmine क्रान्तिलाइ जन्म दिन्छ र २३ बर्ष देखि एकछत्र साशन चलाएर बसेका त्यहाका तानासाह रास्ट्रपति Ben Ali, रातारात गद्दी छोडेर साउदी अरब भाग्न बाध्य बनाइदिन्छ l
यस घटनाले अन्य मध्य पुर्बी देशहरुमा क्रान्तिको आगो सल्काउन प्रेरित गर्दछ, जसले ठुलो राजनीतिक परिवर्तनलाइ जन्म दिन्छ l एउटा सानो घटनाले Jasmine र spring जस्ता क्रान्तिलाइ जन्म दिन पुग्दछ, जसले बर्षौ देखि जरा गाडेर बसेका तानासाहहरुको जरा उखालेर फाली दिन्छ l
जब कमाएर खाने मानिसहरु राज्यको नीतिको कारण कमाएर खान पाउदैनन् वा उनीहरुलाई गरि खान दीइदैन्, तब उनीहरुसंग गलत कुराको शाहारा लिन बाहेक अन्य उपाय रहदैन l नेपालमा पनि यसरी सडकपेटी र हटियामा आश्रित रही जीविकोपार्जन गर्ने मानिसहरु धरै छन् l
आम सर्वसाधारणहरुको थोरै मूल्यमा मानिसहरुको दैनिक आवस्यकता पुरा गर्न सहयोग पुर्याई स्वयंको लागि रोजगारी सिर्जना गरि आफु र आफ्नो परिवारको जीविकोपार्जनको निम्ति जुटेका यी निम्न आय भएका मानिसहरुको पिडा बुझी, उनीहरुको गरि खान पाउने अधिकारलाइ सुनिस्चित गर्न आवश्यक छ l ताकी फेरी कसैले पनि मानिसले मुहमद बुवाजिजी वा Ben Ali को जस्तो नियति भोग्नु नपरोस् l