आज पुर्वान्चलमा गोर्खा डिपार्टमेन्टल स्टोरको नाम अधिकांस मानिसहरुको लागि नौलो बिषय हैन l गोर्खा डिपार्टमेन्टल स्टोर लगायत गोर्खा ग्रुपका संचालक श्री बलराम आचार्यको जन्म २०१४ साल चैत महिनाको १३ गते खोटांग जिल्लाको दोर्पा गाबिस, हाल दिक्तेल गुवाकोट मजुवागडी नगरपालिका वडा न ८ मा भएको थियो l
१५ जना दाजुभाई दिदि बहिनिको ठुलो परिवारमा कान्छो छोराको रुपमा जन्मनु भएको बलराम आचार्य आफुलाई ब्यावसायीको साथसाथै कृषकको रुपमा परिचित गराउन रुचाउनु हुन्छ l
हाल वहाको श्रीमती लगायत २ छोरा बुहारी तथा ५ नाति-नातिना गरि ११ जनाको परिवार रहेको छ भने श्रीमती, छोरा-बुहारीहरु पनि ब्यापारमा सहयोग गरि रहेको अवस्था छ l आफु ३ बर्ष हुदा देखिका धेरै महत्वपूर्ण घटनाहरु याद रहेको बताउनु हुने आचार्यलाइ सानो हुदा घरमा दाइ लगायत छिमेकि रिटायर्ड आर्मीले पढाउनु भएको थियो l
त्यसबेला पहाडमा मट्टीतेल भर्खरै प्रचलनमा आएको थियो, त्यस अघि गोठमा मकैको ढोर बालेर पढ्नु पर्ने अवस्था थियो l केहि समय पश्च्यात २ घण्टाको बाटोको दुरीमा ५ कक्षा सम्म पढ्न पाउने स्कुल खुलेपछि २ कक्षामा भर्ना हुनु भयो l
त्यहाको पढाइ सके पछि ३ घण्टाको दुरीमा अर्को स्कुलमा भर्ना हुनु भयो जुन जंगल र खोला हुदै जानु पर्दथ्यो l स्कुल छेउमै बसेर पढ्ने बाताबरण नभएकोले घरबाटै लामो दुरी पार गरि धाउनुपर्ने १२ बर्से आचार्यको बाध्यता थियो l
एकदिन जंगलको बाटो स्कुल जादै गर्दा बाघसंग जम्काभेट भइ आफु धन्नले बाचेको घटना सम्झनु हुन्छ l स्कुल जानबाट बन्चित हुनसक्ने सम्भावना भएकोले उक्त घटना आफुले घरमा नसुनाएको बताउनु हुन्छ बलराम आचार्य l कक्षा ८ सम्मको पढाइ सकेर बाकि बि.कम सम्मको पढाइ नागाल्याण्ड बाट सक्नु भएको थियो l
बलराम आचार्य ब्यापार गर्नु अघि नागाल्याण्डमा कृषि पेशामा आबद्द हुनु हुन्थियो l उ बेला नागाल्याण्डमा जमिन लिजमा लिएर कृषि गर्ने परम्परा थियो l १४०० बिघा जति जमिन लिजमा लिएर १७३ बिघा जमिनमा उखु खेति सुरु गर्नु भयो, बाकि जमिन अरुलाई पनि लिजमा दिनुको साथै नेपाली बस्ति बसाउनु भयो जसलाई आज बलराम बस्ति भनेर चिनिन्छ l
नागाल्याण्डको चार आली भन्ने ठाउमा ५-७ वटा दोकान थिए, जस्मद्धे एउटा दोकान माडवाडीको थियो, बर्खामा १२ बजे पश्चात नागाल्याण्डमा अत्याधिक गर्मि भएकोले काम गर्न सक्ने अवस्था हुदैन थियो l अरु मानिसहरु आराम गरेर वा लुडो-तास खेलेर बसेपनि बलराम आचार्य ४-५ किलोमिटर हिडेर ति माडवाडीकोमा दिउसोको १२ बजे देखि बेलुकाको ८-९ बजे सम्म १ बर्ष जति पारिश्रमिक बिना नै स्वइच्छाले काम सिक्न लाग्नु भयो l ति माडवाडीले साझेदारीमा काम गर्ने अनुरोध गरेपछि ४१ बर्ष अघि देखि बलराम आचार्य व्यापारिक पेशामा आबद्द रहदै आउनु भएको छ l
आफ्नो सबै कुरा नागाल्याण्डमा व्यवस्थित भैसकेकोले नेपाल आउने उहाको कुनै योजना थिएन l तर आमा र दाइ नागाल्याण्ड आएको बेला खाना खाने क्रममा आमाले “कान्छा तिमीहरुलाई पैसा ठुलो कि बाउ-आमा ठुलो?” भनेर सोध्नु भयो l आमाको त्यो एउटा प्रश्नले आचार्यलाइ निशब्द बनायो, आमा-बाबुहरुले आफु प्रति बिगतमा गरेको माया र त्याग सम्झिएर बलराम आचार्य आमा-बाबुसंगै बस्ने अठोट गरि २०४० साल बैसाखमा नेपाल फर्किनु भयो l
पहाडबाट मधेस झरेका बुवा आमा संग मोरंगको जहदा गा.बि.समा बसाइ सरे पछि जिबिकोपार्जनको लागि केहि न केहि पेशा गर्नुपर्ने थियो l आफुसंग ब्यापारको सिप भएको कारण व्यापार गर्न आचार्यले कोठा खोजि गर्न थाल्नु भयो l
धेरै ठाउँ खोजे पश्च्यात धरानमा कोठा भेटियो l फेरिपनि टाढिनु पर्ने भएकोले बुवा दुखि हुनु भयो l बुवाको मन खुसि नदेखेपछि भाडा लिएको कोठा त्याग्नु पर्यो l आफुलाई ब्यापार पनि गर्नु थियो र बुवा आमालाइ छोड्नु हुदैन भन्ने कुरापनि मनमा दह्रो संग बसेको थियो l
एकदिन जहदा भन्दा ५०० मिटर पर आइतबारे भन्ने ठाउमा पसल गर्नु पर्यो भनेर त्यहाका साथि भाइहरुलाई सुनाउदा सबै मानिसहरुले आचार्यलाइ हासेर उडाईदिए l जहादामा दोकान खोल्नु मुर्खता हो भन्ने उनीहरुको बुझाइ थियो l आफुलाई असहज भएपछि बलराम त्यहाबाट बिदा मागेर हिड्नु भयो l
जहदामा किन दोकान चल्न सक्दैन भन्ने प्रस्नले उहालाई पोल्न थाल्यो l आफुलाई कठिन परिस्थितिमा निर्णय लिनु परेको खण्डमा आफ्नो कुल देवतालाइ सम्झिने, र एकान्तमा आखा चिम्लेर निर्णय लिने बानि भएकोले त्यो दिन पनि त्यसै गरे पस्च्यात्त जहदामा नै दोकान खोल्ने निर्णयमा बलराम आचार्य पुग्नु भयो l
जहदा आएको डेढ महिना भित्र किराना पसल र धान खरिद बिक्रि गर्ने ब्यापार संचालनमा ल्याउनु भएको आचार्यलाइ, पहिलो दिन २१ रुपैयाको बिक्रिले धेरै खुसि बनाएको थियो l पछि त्यो क्रम ८० हजार देखि लाख रुपैया सम्म पुग्यो l
पछि अन्य ६ ठाउमा काटाहरु विस्तार हुन पुग्यो l हिउदको बेला दैनिक २५-३० ट्रक धान मिललाइ सप्लाई हुन्थियो, ५ वटा गाबिसको धान आफ्नो गोलामा आउथ्यो झन्डै २५० वटा गोरु गाडा आफ्नो धान तौलिन पालो पर्खेर बसेका हुन्थिए l
बाटो नभएकोले जहदा देखि कानेपोहरी सम्मको बाटो आचार्यले आफ्नो खर्चमा बनाउनु भएको थियो l बाटो सबै तिर पुगिसके पछि आफु गाउमा बसी रहनु गल्ति हुन्छ भन्ने कुरा बुझी सहर निस्किने सोच बनाउनु भयो l
खुकुरी तोरीको तेलका संचालक लक्ष्मण तापड़िया संग आफ्नो निकै घनिष्ट सम्बन्ध रहेको कारण उहाका छोरा जितु तापड़िया संग मिलेर आचार्यले डिपार्टमेन्टल स्टोर खोल्ने विचार गर्नु भयो l सबै योजना र तयारि गरे पश्च्यात, लक्ष्मण तापड़ियासंग सल्लाह गर्दा, सोच ठिक भएपनि डिपार्टमेन्टल स्टोर खोल्ने कुरा समय भन्दा २० बर्ष अघि भएको कुरा व्यक्त गर्नु भयो l प्रतिउत्तरमा केहि बोल्न नसकेपछि आचार्य त्यहाबाट फर्कनु भयो l
दिमागमा डिपार्टमेन्टल स्टोर खोल्ने कुरा मनमा गडी सकेकोले, आफ्नो गुरुको कुरा काट्न पनि बाध्य भएको अवस्था थियो l जितुले नगर्ने भएपछि एक्लै कसरि स्टोर खोल्ने भन्ने चिन्ता लिएर आचार्य बिराटनगर बाट इटहरी फर्कनु भयो l फर्कने क्रममा इटहरी स्थित राकेस हार्डवएरमा पानि खाएर थकाइ मारेको बेला त्यहाका साहुजी राकेसले आचार्यलाई निरास भएको महसुस गरे र कारण सोधे l सबै कुरा बताए पछि बलराम आचार्यले राकेसलाइ साझेदारीको प्रस्ताब राख्नु भयो l उनले प्रस्ताब स्वीकार गरेपछि २०५६ साल असार २ गते इटहरीमा डिपार्टमेन्टल स्टोरको सुरुवात भयो l
आफुलाई चिन्ने मानिसहरुले बलराम आचार्यलाइ यसको दिमाग बिग्रिएको भने l कतिले भने, “यो त मेला लागेको हो, १५ दिन पछि उठी हाल्छ”, धेरैको इटहरीमा डिपार्टमेन्टल स्टोर चल्दैन भन्ने धारणा थियो, कसैले स्टोर भित्र छिरेकै पैसा तिर्नु पर्छ भनेर ग्राहक भड्काइ दिने, कसैले केटि राखेर दोकान गर्न थाल्यो, आदि-इत्यादि जस्ता धेरै किसिमको आलोचना गरे l
तर डिपार्टमेन्टल स्टोरको समय आइसकेको, र सहि समय अनुसार चल्न नसकेको खण्डमा कहिले पनि अगाडी बढ्न नसकिने महसुस गरेर आट गरेको कारण, आजको दिनसम्म आइपुग्दा गोर्खा डिपार्टमेन्टल स्टोरले पछाडी फर्केर हेर्नु पर्ने अवस्था नआएको भन्नु हुन्छ बलराम आचार्य l
चुनौतीहरु नआउने हैनन्, ३-४ बर्ष अघि गोर्खाको साखाहरु बिभिन्न ठाउमा खोल्दै जाने क्रममा आर्थिक अवस्था अलि कठिन भएको बेला नै कोभिडको मार सहनु पर्यो l त्यसबेला गोर्खा डिपार्टमेन्टल स्टोरले लगभग ९५ करोड जति नोक्सान बेहोर्नु पर्यो l गोर्खा फेरी फर्केर आउला भनेर कसैले पनि सोचेको थिएन l
तर ५ वटा स्टोर मद्धे धरानको स्टोर बेचेर अहिले ४ ठाउमा रहेको गोर्खा डिपार्टमेन्टल स्टोर सहज रुपले संचालन हुने अवस्थामा आइ पुगेको छ l यदि त्यसबेला त्यो निर्णय लिन चुकेको भए अहिले भएका अरु स्टोर पनि गुमाउनु पर्ने अवस्था हुने थियो l त्यसैकारण कहिले काही कठिन परिस्थितिमा छिटो निर्णय लिन पछि पर्न नहुने सोच राख्नु हुन्छ संचालक आचार्य l
गोर्खा डिपार्टमेन्टल स्टोर पुर्वान्चलमा पहिलो स्टोर भएको कारण आचार्यको लागि अत्यन्तै नौलो काम थियो l लगानी ठुलो थियो l जोखिम ठुलो थियो l चल्ने वा नचल्ने कुनै ग्यारेन्टी थिएन l सामानहरु उपलब्ध हुन्छ कि हुदैन भन्ने डर थियो l बार्गेनिङ गरेर सामान खरिद गर्ने संस्कारमा निश्चित मूल्य राख्दा चल्छ कि चल्दैन भन्ने संका थियो l सामान मागे पछि दिने चलन थियो, अब ग्राहकले आफै सामान ल्याएर बिल तिर्ने हुन् कि हैनन् भन्ने जस्ता थुप्रै चुनैती थिए l अझ त्यसमापनि स्टोर खुलेको बेला मावोबादी द्वन्द चरम उत्कर्षमा रहेको बेला थियो l अवस्था सहज थिएन l तरपनि बुद्दी पुर्याएर सहि काम गरेको खण्डमा सफल हुने कुरामा निश्चित हुनु हुन्थ्यो बलराम आचार्य l
हाल इटहरी, पथरी, विराटचोक र दमक गरि चार ठाउमा डिपार्टमेन्टल स्टोर, इटहरीमा सुभिदा सम्पन्न ४२ वटा कोठा भएको गोर्खा होटल, गोर्खा बेकरी, गाइ फारम, दुध उत्पादन, बाख्रा पालन, तरकारी खेति, अण्डा उत्पादन आदि जस्ता बिभिन्न व्यवसायलाइ संचालनमा ल्याउनु भएको छ, जसले १४-१५०० मानिसहरुले प्रतक्ष रोजगारी पाएका छन् l
आचार्य भन्नु हुन्छ, “प्रतिस्पर्धा भएन भने प्रगति हुदैन, एक्लै दौडिएर फर्स्ट नै भएपनि त्यसको अर्थ छैन l एक्लैले एउटा पसल हुन्छ, बजार हुदैन, बजार बन्न धेरै पसल हुन जरुरि छ l प्रतिस्पर्धा र चुनौती सधै रहने प्रक्रिया हुन, धेरैलाइ लागेको थियो, भाट भटेनी खुलेपछि गोर्खा बन्द हुन्छ, तर भाट भटेनी खुलेपछि १८ देखि ३२ % सम्म आफ्नो व्यापार बढेको बताउनु हुन्छ संचालक बलराम आचार्य l
बिदेशी सामानले स्थान पाउने स्टोर भएपनि पहिलो प्राथमिकता नेपाली उत्पादनलाइ दिने गोर्खाको नीति रहेको बताउनु हुन्छ आचार्य l पुष सेल नभएर सेल्फ सेल भएको कारण, स्थानीय उत्पादनहरुले स्थान पाएपनि ति उत्पादनहरुले ग्राहकको मन कति जित्न सक्छन् वा सक्दैनन् भन्ने कुरा स्थानीय उत्पादनकर्ताहरुको उत्पादनको गुणस्तरमा निर्भर रहन्छ l तर नेपालका धेरै काम व्यावसायिक नभएर निर्वाहमुखी मात्र देखिएको कारण स्थानीय उत्पादनहरुमा निरन्तरताको अभाव रहेको अनुभब गर्नु हुन्छ संचालक आचार्य l
ब्यापार नैतिक हुनु पर्दछ भन्ने विचार राख्नु हुन्छ व्यवसायी आचार्य l राज्यको नीतिले केहि अफ्ट्यारो बनाएपनि धेरै कुरा आफुमै निर्भर रहने उहाको बुझाइ छ l राज्यको नीतिले कसैलाई काखा कसैलाई पाखा गरि विभेद गर्नु हुदैन, तर नेपालमा ब्यापार गर्ने प्रक्रिया लामो र झन्झटिलो हुनुको साथै, काम गर्न-गराउन ठाउमा चिनजानको मानिस हुनुपर्ने तथा नीति-नियममा स्थिरता नभएको कारण गरि खाने मानिषहरुले समस्या भोग्नु पर्ने अवस्था रहेको बुझाइ छ वहाको l
आचार्य भन्नु हुन्छ, यो देशले सामान निर्यात गर्नु पर्ने थियो, दुर्भाग्यवस हामीले समान उत्पादन गर्ने मानिसहरु नै निर्यात गरि रहेका छौ l आज देश रेमिट्यान्सको पैसाले चलेपनि राज्यले नागरिकहरुले त्यसरी दुक्ख गरेर ल्याएको पैसालाइ सहि तरिकाले सदुपयोग गर्ने बाताबरण तयार गर्न सकेको छैन, जुन जिम्मेवारी नेपाल सरकारले लिन आवस्यक छ l
स्वदेशमै उत्पादन गर्ने आधार तयार गरि त्यसलाई निर्यात गर्ने आधार सिर्जना गरि देशलाई समृद्ध बनाउने बाटो तर्फ उन्मुख हुन जरुरिको साथै राजनीति र सरकारी तहमा योग्य मानिसहरुलाइ नियुक्ति गरि राज्यको अनावस्यक खर्चलाइ पनि घटाउन आवस्यक देख्नु हुन्छ बलराम आचार्य l
आचार्यको बुझाइमा, आफु जन्मेको भुमि र जन्मदिने आमा कसैले पनि बिर्सन नसक्ने भएकोले अरुको आमालाइ सिगार्नु भन्दा आफ्नो आमालाई सिगार्दा उचित हुन्छ l विदेश जानु पर्दछ, तर त्यो कुरा सिप सिक्न र आफुलाई परिपक्क बनाउनको निम्ति हुनु पर्दछ, यदि अरुको देशमै बसेर काम गरि रहने सोच भयो भने हाम्रो देशको बिकाश हुनेछैन l
पैसाले मात्र ब्यापार हुदैन भन्ने बलराम आचार्यको बुझाइ छ l आफुलाई मन परेको र चित्त बुझेको जुनसुकै ब्यापार पनि गर्न सकिन्छ, तर उध्यम ब्यापार गर्न चाहने मानिसहरुलाइ आफुले गर्न लागेको उध्यम बारे ज्ञान तथा सिप हुनुको साथै त्यसको बारे अध्यन-अनुसन्धान गर्न आवस्यक छ l
नियमित रुपमा बिहान ४ बजे उठेर आफ्नो नित्यकर्म तथा दैनिक क्रियाकलाप लाई निश्चित समयमा गर्ने, अनुसासन र आत्मबिस्वासका धनि, भबिष्यको चिन्ता गरेर आफ्नो शक्तिलाइ क्षिण गर्नु भन्दा बर्तमानमा ध्यान केन्द्रित गरि अघि बढ्नु पर्ने कुरालाइ महत्व दिनु हुन्छ l समयको सहि सदुपयोग, अरुको श्रम र परिश्रमलाइ इज्जत गर्नुको साथै आफुलाई ठिक लागेको कुरालाइ अरुले जति नै निरुत्साहित गरे पनि त्यो काम गर्नुपर्ने प्रेरणा गोर्खा ग्रुपका संचालक बलराम आचार्यले आजका युवालाइ दिनु हुन्छ l