विराटनगर – नजिकिदै गरेको चाडपर्व ( तिहार , छठ , म्हपुजा , इद लगायत ) लाई मध्यनजर गरी जिल्ला प्रशासन मोरङले विज्ञप्ति निकालेको छ । विज्ञप्ति अन्सुआर चाडपर्वमा भूइचम्पा , पटका , रकेटजस्ता विष्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी , धनाजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको ओसार पसार तथा विक्री वितरणमा पूर्ण रोक लगाइएको व्यहोरा गरिएको छ । यस किसिमका गैरकानूनी क्रियाकलाप भए गरेको पाइएमा कानुन अनुसार कारवाही हुने बताइएको छ ।
त्यस्तै तिहारमा देउसी , भैलो कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न अनुरोध गरिएको छ ।