काठमाडौँ – कार्तिक १७
बिहीबारदेखि निर्वाचन प्रचारको दोस्रो चरण शुरु भएको छ । यो संगै बिहिबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाइने भएको छ । आचारसंहिता अनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने हुन्छ। आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था आचारसंहितामा छ । हेलिकोप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलका लागि आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहनुपर्ने हुन्छ । आयोगले राजनीतिक दललाई बढीमा साढे ५ करोड रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।
प्रधानमन्त्री र मन्त्री मुख्य प्रचारक भएमा सरकारी स्रोत साधनको प्रयोग नगरी प्रचारमा जान पाउने छन् । प्रधानमन्त्री र मन्त्रीहरू आफनो क्षेत्रबाहेक अर्कोमा प्रचारमा जानुपरे आयोगबाट अनुमति लिनुपर्ने हुन्छ । आफैँ उम्मेदवार भएका मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसारमा संलग्न हुन पाउनेछन् तर सरकारी साधन-स्रोतको प्रयोग प्रयोग गर्न पाउँदैनन् ।
स्थानीय तहका जनप्रतिनिधिले सरकारी सुविधा चुनावी प्रचारमा खर्च गर्न पाउँदैनन्। उनीहरू आफ्नो क्षेत्रमा प्रचारमा जानै नपाउने व्यवस्था छ । स्मरण रहोस , आफ्नो क्षेत्रका उम्मेदवारको प्रचारमा गएको भन्दै आयोगले बुधबार काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैया जरिवानासमेत गरेको थियो ।
कुनै पनि उम्मेदवारले आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मंच बनाउदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्नुपर्ने छ । दलहरूले तोकिएको सीमाभित्र रहेर प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन, सवारीसाधन आदिमा रकम खर्च गर्न सक्ने आयोगले जनाएको छ । प्रतिनिधिसभाको उम्मेदवारले बढीमा ३३ लाख र प्रदेशसभाका उम्मेदवारले २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।
दल र उम्मेदवारले बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस, मुख्यमन कोणसभाजस्ता कार्यक्रम एवं सञ्चारमाध्यम प्रयोग गरेर प्रचारप्रसार गर्न पाउने छन् । प्रचार गर्दा कसैको घरको आसपासमा गई विरोध वा प्रदर्शन गर्न पाइने छैन । त्यस्तै जुलुस, आमसभा, कोणसभा वा भेला गर्नभन्दा कम्तीमा २४ घण्टाअघि नै स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ । जुलुस वा आमसभामा भाग लिने, प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा भएको लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, राम्छा, मास्क, लकेट लगाउन र झोला बोक्न आचारसंहिताले रोक लगाएको छ । कसैको घर र सार्वजनिक स्थलमा दलको झन्डा, निर्वाचन चिह्न र तोरण राख्न पनि रोक लगाएको छ । विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा प्रयोग समूह, गैरसरकारी संस्था आश्रम र व्यक्तिलाई नगद वा जिन्सी वितरण दिनेश गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार, निर्वाचन खर्च दिन नहुने आचारसंहितामा उल्लेख छ। जुलुस, आमसभा, कोणसभा, भेला वा उम्मेदवार प्रचारप्रसारका कार्यक्रम विहान ७ क्षेत्रमा बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने छ । प्रचारमा बालबालिकाको प्रयोग गर्न रोक लगाइएको छ । भित्तेलेखन, सवारीसाधनको प्रतिनिधिले प्रयोग गरेर र्याली आयोजना गरी प्रचार गर्न पनि आचारसंहिताले प्रतिबन्ध गरेको छ ।
दल र उम्मेदवारले निजी टेलिभिजन र रेडियोबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने आचारसंहितामा व्यवस्था छ । रेडियो, टीभीमा कम्तीमा २४ घण्टामा बढीमा चार पटकसम्म उम्मेदवारको विज्ञापन गर्न पाउने छन् । यस्तो विज्ञापन एकपटकमा बढीमा एक मिनेटसम्मको सामग्री हुनुपर्छ । त्यस्तै निजी क्षेत्रको पत्रपत्रिकामा प्रत्येक दिन विज्ञापन गर्न पाउने आचारसंहितामा उल्लेख छ । एउटा पत्रिकामा बढीमा ७/७ इन्चसम्मको प्रचार सामग्री छपाउन सक्नेछन् ।