विराटनगर – मोरंग क्षेत्र न ६ बाट प्रतिनिधि सभा सदस्य तर्फका स्वतन्त्र उम्मेद्वार सुशील खड्का र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार डा शेखर कोइरालाबीच प्रतिबद्धतापत्र संयुक्त गर्ने सहमति भएको छ । यो संगै सुशील खड्काले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै डा शेखर कोइरालालाई समर्थन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
स्वतन्त्र युवा उम्मेदवार सुशील खड्काको प्रतिज्ञापत्रमा उठाइएका हरेक मुद्धामा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पूर्ण रुपमा प्रतिबद्ध रहेका कारण राष्ट्रिय र क्षेत्रीय एजेण्डा संयुक्त रुपमा पुरा गर्ने सहमति भएको खड्काले बताए ।
सुशील खड्का मोरंग क्षेत्र न ६ का सबैभन्दा कान्छा उम्मेद्वार थिए । उनले खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।