विराटनगर – उपेक्षा, दुव्र्यवहार, विभेद र घरेलु हिंसा न्युनिकरणका लागि किशोर किशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको कलेज आईकन विराटनगरको दोस्रो अडिसन कन्चनबारी स्थित ह्वाईटहाउस थकाली किचन तथा रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
कक्षा ११ र १२ मा अध्यनरत विधार्थीहरुलाई मध्यनजर गरेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो चरणको अडिसनमा २२ जनाले सहभागी जनाएका थिए भने दोस्रो चरणको अडिसनमा २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुको रुची बढ्दै गएको कारणले थप अरु दुईवटा अडिसन गरिने र जम्मा ३० जनालाई छनौट गरी “सुपर थट्टि” लाई एक महिनसम्म बिभिन्न विधाहरुमा प्रशिक्षण गराइने कार्यक्रम संयोजक पवन काफ्लेले बताएका छन् ।
बढ्दो उमेर संगै कला, संस्कृति तथा व्यक्तीत्व र नेतृत्व शिक्षामा युवाहरुको घट्दो रुची लाई ध्यानमा राखी विराटनगरमा पहिलो पटक केही फरक प्रशिक्षण तथा सिकाई सामग्रीसहित विङ्गसले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।