विराटनगर । विभिन्न उपचारको लागि विरामीलाई अन्य व्यक्तिको रगत आवश्यक हुनाले सो आवश्यकता पुरा गर्न बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
‘विकल्पः एन अल्टर्नेटिभ्स’ नामक संस्थामा आवद्ध युवाहरुको समुह ‘ विकलप फेलोज’ ले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रममा अधिकांश कलेजका विद्यार्थीको उपस्थित रहेको थियो।
आजको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको जानकारी कार्यक्रम संयोजक रानु शाहले दिनुभयो।