विराटनगर। विराटनगरका उद्योगी व्यवसायीहरुले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय घेराउ गरेका छन् । ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ को विरोध गर्दै नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका झन्डै ३ दर्जन संगठनहरु संयुक्त रुपमा आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।
सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई चर्को ब्याजदर कायम गराएर आफुहरुलाई विस्थापन गर्न लागेको उनीहरुको आरोप थियो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयको गेटैमा धर्ना दीई रहेका उनीहरुले बैंकको सवारीहरुलाई भित्र पस्न र बाहिर निस्किन पनि रोकेका थिए ।
चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने , एकल अंकको ब्याजदर कायम गर्नुपर्ने , स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने जस्ता माग व्यवसायिक तथा उद्योग संगठनहरुले गरेका छन्। माग पुरा नहुन्जेल आन्दोलन देशव्यापी चर्काउने जनाइएको छ।