विर्तामोड। दारी ग्याङ झापाको सम्पर्क कार्यालय आज उद्घाटन गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच अर्जुनधारा-६, माता मन्दिर नजिक रहेको कार्यालय उद्घाटन गरिएको हो । दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङ संस्थापक तथा दारी ग्याङ्गको केन्द्रीय उपाध्यक्ष जगदीश भण्डारीको प्रमुख आतिथ्य र दारी ग्याङ प्रदेश नं.१ संयोजक नुतन ढकालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। अन्य सदस्यहरुको पनि उपस्थिति कार्यक्रममा रहेको थियो।
आगामी दिनमा दारी ग्याङ्ग झापाले गर्नु पर्ने क्रियाकलापलाई थप व्यवस्थित र सक्रिय रुपमा सम्पन्न गर्न र सर्वसाधारणले सम्पर्क गर्नको लागि पनि सहज हुने भएकोले सम्पर्क कार्यालयको स्थापना गरिएको दारी ग्याङ्ग झापाका अध्यखा गोकुल पौडेलले बताउनुभयो।
दारी ग्याङ्ग विगत ७ वर्ष देखि सामाजिक कार्यमा सक्रिय छ । सामाजिक संजालमा सक्रिय रहेको पुरुष युवाहरुको समूह दारी ग्याङ्गले देश तथा विदेशमा समेत विभिन्न सामाजिक कार्य गर्दै आएको छ। विभिन्न समयमा विभिन्न माध्यामबाट दारी ग्याङले समाजमा आवश्यक परेको सहयोगको निम्ति काधमा काध जोड्ने गरेको छ ।