विराटनगर। बुधबार कोशी अस्पताल विराटनगरमा मृत घोषणा गरिएको शिशु घर पुर्याउदा जिउदो रहेको घटनाको अनुसन्धान गर्न आज छानविन समिति गठन भएको छ । डा प्रविण झाको संयोजकत्वमा डा सुर्यकान्त चौधरी र शाखा अधिकृत राम प्रसाद नेपाल सदस्य रहेको समितिले ७ दिन भित्र प्रतिवेदन पेश गर्ने भनेर लेखिएको भएपनि ३ दिन भित्र प्रतिवेदन बुझाइ आवश्यक प्रक्रिया अगाडी बढ्ने अस्पतालका शाखा अधिकृत राम प्रसाद नेपालले जानकारी दिनुभएको छ ।त्यस्तै शिशुको उपचारमा संलग्न चिकित्सकहरु डा आकाश यादव ( मेडिकल अधिकृत ) , अयेब लक्ष्मण माझी र टिका भण्डारीलाई छानविन समितिले प्रतिवेदन नबुझाएसम्म कामकाजमा संग्लग्न नगराउने र २४ घन्टाभित्र स्पष्टिकरण दिनकोलागि पत्र पनि बुझाउन लागिएको नेपालले बताउनुभयो।
बुधबार कोशी हस्पिटलमा मृत घोषणा गरिएको विराटनगरका एक १७ दिनका शिशुलाई दाहसंस्कार गराउन लगिएको बेला जिउदै भेटिएपछि पुन : अस्पताल फर्काइएको खबर आएको थियो । यसको विरोधमा पिडित परिवार तथा आफन्तले अस्पतालमा विरोध गरेका थिए जसको कारण केहि समय अवस्था तनावग्रस्त थियो । ।
शिशुको परिवार सदस्यले बताए अनुसार घरमा बच्चा अस्वस्थ भएको अनुमान गरिएपछि परिवारले बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए । उपचारको क्रममा कोशी अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले शिशुलाई घर लिएर गएका थिए। दाह संस्कार गर्ने बेलामा शिशुको शरिर चल्न थालेपछि परिवारले तुरुन्त विराटनगरको गोल्डेन अस्पतालमा उपचार उपचारको लागि ल्याएका थिए। शिशुको अहिले सघन कक्षमा उपचार भइरहेको छ।
शाखा अधिकृत राम प्रसाद नेपाल यसो भन्नुहुन्छ