विराटनगर – विराटनगर स्थित पेरागन एकेडेमीको संचालक समितिको अध्यक्षमा बैजनाथ माझी सर्वसम्मतिले चयन भएका छन् । संचालक समितिको बैठकले माझीलाई सर्वसम्मतिले अध्यक्षका जिम्मेवारी सुम्पिएको हो । त्यस्तै संचालक समितिको सदस्यहरूमा विजय शर्मा पोखरेल, प्रशान्त घिमिरे, प्रवेश दुलाल, एलिश कट्टेल र लोकेश गौतमलाई चयन गरिएको छ ।
२०५२ सालदेखि निरन्तर शैक्षिकक्षेत्रमा योगदान पु¥याउँदै आएको पेरागनले विद्यार्थीहरूमा रहेको अन्तरनिहीत क्षमतालाई पहिचान गरेर त्यसलाई प्रस्फुटन गराउँन महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास रहेको पेरागनले विद्यार्थीहरूलाई सूचना र संचारको भरपुर प्रयोग गराई विश्वसँग नजिक बनाउने उदेश्य रहेको नवनिर्वाचित अध्यक्ष माझील बताएका छन् । विद्यालयको शैक्षिक सुरधारका लागि आफू अग्रमोर्चामा रहेर काम गर्ने प्रतिवद्धता माझीले जनाएका थिए ।