बुटवल । दारी ग्याङले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारी फागुन ६ र ७ गते आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेकाे छ । बुटवलमा सम्पन्न अधिवेसनले दीपेश सिग्देलकाे अध्यक्षतामा १३ सदसीय नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुदन काफ्ले, सह-सचिवमा अभिमन्यू पाण्डे र काेषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएकाे छ। यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पाेखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट ईश्वर दाहाल, लुम्विनीबाट असल सुवेदी, वागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बाेहाेरालाई मनोनित गरिएको छ । बाँकी रिक्त १ सदस्य, कार्य समितिले मनाेनित गर्ने बताइएकाे छ ।
यस अघि सामाजिक सन्जालमा मात्र सिमित रहेको दारी ग्याङ दर्ता पश्चात पहिलो कार्यकाल प्रदिप गैरे ( बर्बरिक) को नेतृत्वमा अगाडि बढेको थियो।
देशव्यापि रुपमा साधारण सदस्यता वितरण गरी जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि समाज उपयोगी विभिन्न कार्यक्रमहरुलाई निरन्तर दिने र संस्थालाई प्रतिष्ठित र सबल बनाउने उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताएका छन् ।
सात वर्ष अघिदेखि फेसबुक ग्रुपकाे रुपमा युवाहरु माझ लाेकप्रिय रहेकाे दारी ग्याङले देश तथा विदेशमा पनि विभिन्न सामाजिक काम गर्दै आएकाे छ। देशभरका ५९ जिल्ला र देश बाहिर कतार, दुबई, दक्षिण कोरिया, युके लगायत देशहरुमा समेत दारी ग्याङ सकृय छ। दारी ग्याङकाे आधिकारिक फेसबुक ग्रुपमा १ लाख ६ हजार बढी युवाहरु जाेडिएका छन् ।