विराटनगर | एक वर्षको अवधिमा प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुबाट ९ सय ७० जना पिडित भएका औनपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ। सन् २०२२ को मानव अधिकार अवस्थाको अनुगमन प्रतिवेदनका रुपमा नेपाल मानव अधिकार वर्ष पुस्तकको ३१ औं संस्करण आइतबार सार्वजनिक गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । अनुगमन प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक )का ७७ जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरुले संकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्राथमिक सुचनामा आधारित छ ।
इन्सेकले प्रदेश १ का १४ वटा जिल्लामा गरेको अभि5लेख अनुसार सन् २०२२ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पिडित भएको संख्या गत वर्ष सन् २०२१ भन्दा ५१ जनाले बढी हो । यस वर्ष मानव अधिकार उल्लङ्घन घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानव अधिकारका ज्यादतीका घटनामा ९ सय १८ जना पिडित भए। महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लङ्घन घटनामा २ सय ९९ जना पिडित भएको इन्सेक अभिलेखमा छ।
यस वर्ष प्रदेश १ मा अपरणका घटनामा २ जना , गिरफ्तारीको घटनामा २० जना , कुटपिटका ५६ जना , बाल अधिकारका घटनामा २ सय ९९ जना , हिरासतमा मृत्यु १ जना , अमानविय व्यवहार घटनामा १ जना , घाइते ४५ जना , हत्या ७४ जना , जातिय विभेद १ जना , अभिव्यक्ति भेला तथा संघठित हुने अधिकार ९ जना , धम्की १ जना , महिला अधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु ४ जना गरी ९ सय ७० जना पिडीत भएको इन्सेक अभिलेख गरेको छ ।
यस वर्ष प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ११ स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन् । दमक नगरपालिकामा सबैभन्दा बढि ४३ जना पिडित भएको इन्सेकले अभिलेख गरेको छ । १ सय स्थानीय तहमा १ देखि १० जना , १३ स्थानिय तहमा ११ देखि २० जना , ११ स्थानिय तहमा २१ देखि २९ जना पिडित भएको इन्सेक अभिलेखमा छ। ३० जना भन्दा बढि पिडीत भएको २ वटा स्थानिय तह छन् ।
सन् २०२२ मा प्रदेश १ मा मोरंगको लेटाङ्गमा भएको प्रहरी जवानको हत्या , बालबालिकामाथि सामुहिक बलात्कारपछिका स्रिङ्ग्खलावद्ध हत्या र उदयपुरमा स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० गते प्रहरीको गोलि प्रहारबाट भएको मृत्यु घटनाले नागरिकको बाच्न पाउने अधिकारबाट पंचित हुनु परेको दृश्य देखाएको भनी अभिलेखमा भनिएको छ ।
सन् २०२२ मा सम्पन्न निर्वाचनसंग सम्बन्धित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा प्रदेश १ भित्र ४७ जना पिडित् भएको इन्सेकले अभिलेख गरेको छ । राज्य पक्षबाट भएका ५ घटनामा ३१ जना र अन्य पक्षबाट ३ प्रकारका घटनामा १६ जना पिडीत भएको इन्सेक अभिलेखमा छ ।
इन्सेक प्रदेश १ कार्यला विराटनगरले यस वर्ष खोटाङ्गमा ६ वर्ष अघि शंकास्पद अवस्थामा मृत भेटिएका एक जना बालकसहित २ जना महिलाको परिवारले न्याय नपाएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउने काम गरेको छ । इन्सेकले प्रधानमंत्रीसहित राष्ट्रिय महिला आयोग , मानव अधिकार आयोग खोटाङ्ग र जिल्ला प्रशासन कार्यालय खोटाङ्ग मार्फत पिडित परिवारलाई न्याय दिलाउन माग गर्दै गृह मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । कारागार क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कैदिबंदीलाई सुत्न , बस्न , खाना पकाउन , खान , हिडडुल गर्न .। हौचालय जान , नुहाउन तथा खानेपानीका साथै विभिन्न रिगको संग्क्रमणजस्ता समस्या देखिएका छन् । यस विषयमा पनि इल्सेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ .। आठै शास्त्र द्वन्दको सम्पति भएको लामो समय बितिसक्दासमेत संग्क्रमणकालीन न्यायका सवाल जस्ताका तस्तै रहेको सम्बन्धमा खासै प्रगति हुन सकेको छैन भनी खबरदारी गरेको छ ।