विराटनगर | नेपाल र भारतको सीमा क्षेत्र विराटनगर – १६ दरैया बस्तीमा तरबार प्रहार बाट एक जना व्यापारी गम्भीर घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार भारत र नेपाल सिमानाको नो मेन्स लेन्डमा वसोवास गर्ने रामु मण्डल र उनका छोरा अक्षय मण्डलले सोमबार तरबार प्रहार गरी स्थानीय २१ वर्षीय अंकित भगतलाई गम्भीर घाइते बनाएका हुन् । प्रत्यक्षदर्शी , छरछिमेक तथा पिडितका परिवारले रामु मण्डल र छोरा अक्षयको छिमेकी राम बहादुर चौधरीसंग विवाद भैरहेको बेला छुट्याउने क्रममा अक्षय मण्डलले तरबार प्रहार गरेर भगतलाई गम्भीर घाइते बनाएको जनाएका छन् ।
तरबार प्रहार गरी भगतको घाँटीमा गम्भीर चोट लागेको छ । उनको उपचार नोबेल मेडिकल कलेजमा भइरहेको छ । घाइते भएका भगतको भारतको टिकुलिया बस्तीमा किराना पसल रहेको छ । तरबार प्रहार गरेका बाबु छोरा पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधवार मोरङ प्रहरीमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
रानी थानाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रुपेश थपलियाले घटनाको अनुसन्धान भैरहेको र झगडा भए पनि कसले हतियार प्रयोग गरेको भनेर यकिन भइनसकेको बताएका छन् । पिडित परिवारले दोषीलाइ कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरेका छन् ।
भिडीयो