पोखरा नजिकै रहेको महावीर पुनको नाममा रहेको को २८ रोपनी जग्गा बिक्रीमा छ । राष्ट्रिय अभिष्कार केन्द्रका संस्थापक डा महावीर पुनले ५ वर्ष अगाडि राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका ठुलाकोटको जग्गा बिक्रिमा रहेको जानकारी सामाजिक सन्जाल मार्फत दिएका छन् ।ईच्छा र पैसा हुनेले किन्नको लागि अनुरोध गर्दै फेसबुकमा यसरी लेख्छन्, डा पुन ,
यदि तपाइँहरुले डांडाको टुप्पोमा रिसोर्ट खोल्न वा आश्रम बनाउन वा ध्यान केन्द्र बनाउन वा मनोरंजन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जीन्दगी बिताउनको लागी जग्गा खोज्नु भएको छ भने तल फोटोमा देखाइएको 28 रोपनी जग्गा बिक्रीमा छ । यो जग्गा मेरो नाममा छ तर पाँच बर्ष अगाडी नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । यसको पैसा आविष्कार केन्द्रलाई जान्छ । जग्गाको मुल्य त्यो क्षेत्रमा चलेको दर भाउ हुनेछ । मैले सुने अनुसार त्यो क्षत्रमा मोटामोटी एक रोपनीको ३० देखि ५० लाख रुपैंया जति छ रे । त्यो जग्गा बाट पोखराको अन्तराष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठुलाकोट हो । जग्गा सम्म पीच बाटो गएको छ र बिजुली छ । Google Map Coordinate – 28.211814°, 84.084247°
नोट: जति सक्दो छिटो यो जग्गा बेच्नु पर्छ । यो जग्गा बेचेर आएको पैसा बीरगंजको कृषि औजार कारखानामा र यो बर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । कुरा एकदमै गम्भीर छ । कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउड़ाउनु होला र ख्याल ठट्टा नगर्नु होला । साँच्चि कै किन्ने ले मात्र मलाई ९८४१५९२३६१ मा फोन गर्नु होला ।