विराटनगर | विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमान्डौको सहयोगमा योजना गरिएको ” युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप कार्यक्रम” (YPG Fellowship) प्रदेश १ को विराटनगरमा आजदेखि शुरु भएको छ ।
२० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा सार्वजनीक निति निर्माणमा सहभागी गराई प्रदेश सभाका सदस्यहरुसँग रहेर काम गर्दै प्रदेश सभालाइ बलियो बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्रदेश सभा प्रदेश न १ का सभामुख बाबुराम गौतमले गरेका थिए भने कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सभा प्रदेश न १ की उप सभामुख सृजना दनुवार तथा विशिष्ठ अतिथि प्रदेश सभा सचिवालय प्रदेश १ का सचिव गोपाल प्रसाद पराजुलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सभापतिको रुपमा विकल्प एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमलाले आशन ग्रहण गरेका थिए ।
कार्यक्रमा आयोजकको तर्फबाट विकल्प एन अल्टरनेटिभका संस्थापक तथा निर्देशक वसन्त अधिकारीले स्वागत मन्तव्य सहित उपस्थित तथा सहभागी सबैलाई स्वागत गरेका थिए । पोखराको रिसर्च सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक सुजन रेग्मीले कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सचिवालय प्रदेश १ का सचिव गोपाल प्रसाद पराजुलीले यस कार्यक्रमले युवा तथा प्रदेश सांसदहरुलाई सहकार्य गराएर नीतिनिर्माणमा सहभागी गराउने उद्देश्य राखेको यस कार्यक्रम अत्यन्त राम्रो रहेको र यसले निकट भविष्यमै सकारात्मक नतिजा दिनेमा ढुक्क रहेको बताए ।
विशिष्ठ अतिथि प्रदेश सभा प्रदेश न १ की उप सभामुख सृजना दनुवारले प्रदेश सरकारलाई नै सहयोग पुर्याउने उद्धेश्य साथ प्रदेश १ लाइ सम्वृद्धि बनाउनको लागि आर्थिक ,सामाजिक तथा राजनैतिक क्षेत्रमा योजनावद्ध ढंगले कार्यक्रम बढाउन खोजिएकोमा धन्यवाद दिएकी थिइन् । उर्जाशील तथा क्षमाताशील युवाहरु विदेश पलायन हुनु पर्ने बाध्यतालाई उदृत गर्दै दनुवारले सरकारले युवाहरुलाई देशमै रोजगार सृजना गर्ने वातावरण सृजना गर्ने योजना बनाउन नसके अझ धेरै युवाहरु पलायन हुन सक्ने कुरामा चिन्ता व्यक्त पनि गरेकी थिइन् ।
प्रमुख अतिथि प्रदेश सभा प्रदेश न १ का सभामुख बाबुराम गौतमले विश्व आज हरेक कुरामा अगाडी बढि रहदा हाम्रो देश अशिक्षा तथा गरिबीको समस्यामा जुझिरहेको बताए । यस अवस्थामा प्रदेश १ तथा समग्र देशलाई समृद्ध बनाउनको लागि यहाका प्रत्येक नागरिकको भूमिका महत्वपुर्ण रहेकोमा युवाहरुको भूमिकाले झन् धेरै महत्व राख्ने गौतमले प्रष्ट पर्नुभएको थियो । गौतमले अन्त्यमा सहभागीहरुलाई कार्यक्रममा सहभागी जनाउने मात्र नभएर प्रदेशलाई समृद्ध बनाउने योजनाको बारेमा पनि गम्भीर भएर लाग्न अनुरोध गर्दै सहभागीलाइ शुभकामना दिएका थिए ।
युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखिसुरु गरीएको कार्यक्रम हो । सन् २०२० मा सुरु गर्दा यसलाई “Pre-professionals Parliamentary Support Program Fellowship” अर्थात पुर्व ब्यबसायिक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरिएको थियो भने सन्२०२३ देखि पुन: ब्राण्डिङ्ग गरेर यसको नाम युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) राखिएको हो । सन्२०२० । २१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमान्डौको सहयोगमा संचालन गरे पश्चात २०२१। २२ मा कर्णाली प्रदेशमामा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन सँगको सहकार्यमा संचालन भएको थियो भने गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । २०२२।२३
मा प्रदेश १ मा पहिलो पटक यो कार्यक्रम आजदेखि संचालन हुन गइरहेको छ ।
यस फेलोसिपका लागि २० देखि ३० वर्षका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका तथा सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्ष देखी बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउछन । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिईन्छ जसबाट २५ जनालाई छनौट गरि दोस्रो तहको तालिम दिइन्छ । अन्तिम चरणमा १२ जनालाई छनौट गरि तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइन्छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्नेछन ।
वाई. पि. जी. फेलोहरुले प्रदेश सभाका सहस्यहरुको निगरानीमा रही, तोकिएका सदस्यहरुसगँ संसदिय कार्यका लागि सक्रिय रुपले २६ हप्तासम्म (१६ घण्टा प्रति हप्ता) काम गर्नेछन्। फेलोहरुले विषेश गरेर प्रदेश सभाका सदस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको खेस्रा बनाउने, भाषण गर्नका लागि भाषण वा छलफलका लागि कुनै कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने आदि कामहरु गर्नेछन्। प्रदेश सभा बन्द भएका बेला, फेलोहरु विभिन्न नीति तथा विकास सम्बन्धी प्रशिक्षण वा तालिममा सहभागी हुनेछन् भने शासन पद्दतिको विस्तृत तथा व्यवहारिक ज्ञान लिनका लागि केही अवलोकन भ्रमणमा पनि जानेछन्।
वाई. पि. जी. फेलोहरुको भूमिका
वाई. पि. जी. फेलोसिपले सहभागी युवाहरुलाई प्रदेशसभाका सदस्यहरुसंग २६ हप्तासम्म सहयोगी भएर काम गर्ने अवसर प्रदान गर्नेछ । फेलोसिपको क्रममा, फेलोहरुले विभिन्न क्षेत्रहरुबाट आएका व्यावसायिक व्यक्तिहरुसंगका बैठकहरुमा सहभागी भई प्रदेशको नीति निर्माण तथा विकासका विषयको ज्ञान प्राप्त गर्नेछन्। फेलोहरुले प्रदेश सभा सदस्यहरु सगँ विधेयकका बारेमा अध्ययन अनुसन्धान गर्ने, सभामा गर्ने प्रश्नहरु, नीति सम्बन्धी छलफलहरु आदिका बारेमा अध्ययन गरी आफुलाइ तोकिएको प्रदेश सभा सदस्यलाई जानकारी गराउने छन् । केही प्रदेश सभा सदस्यहरुले आफ्ना वाई. पि. जी. फेलोलाई आफ्नो निर्वाचन क्षेत्रसंग सम्बन्धित कार्यहरु (निर्वाचन क्षेत्रको भ्रमण) पनि गराउन सक्छ। त्यसलाई कसरी गर्ने भन्ने जिम्मा भने प्रदेश सभा सदस्य र फेलोबिच भएको सहमती अनुरुप नै हुनेछ । फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दाहरु जस्तै सार्वजनिक सेवाको संम्प्रेषण, सुशासन, वातावरणका मुद्दाहरु, अर्थतन्त्र र विदेश नीतिहरुमा विशेष ध्यान दिनुपर्नेछ ।
अध्ययन गर्ने विषयहरु देहाय बमोजिम हुनेछन्ः
- संसदीय प्रक्रियाका बारेमा अध्ययन÷अनुसन्धान
- तथ्यांकहरुको विश्लेषण
- नीतिसँग संम्बन्धित मुद्दाहरु बनाउन मद्दत
- छलफल तथा मिडियाका कार्यक्रमका लागी पृष्ठभूमिको अध्ययन
- संसदको उप–समितिहरुका लागी छलफल गर्न विषयवस्तुको अध्ययनमा
- सहयोग
- प्रेस विज्ञप्ती, टि.भी. अन्र्तवार्ताका लागी तयारी जस्ता मिडिया सम्बन्धी कार्य
- निर्वाचन क्षेत्र सम्बन्धी अध्ययन