विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभामा प्रदेश १ को नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्वारा हस्ताक्षरित सुचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको हो । यस क्षेत्रमा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी सयौको संख्यामा तैनाथ गरिएको छ।
प्रदेश १ प्रदेशसभाको बैठक अहिले भइरहेको छ। प्रदेशको नामकरण गर्नका लागि बैठक सुरु भएको हो ।
प्रदेशमा नामकरणका लागि ‘कोसी’ प्रदेश र ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव दर्ता भएको छ ।