काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथा स्थितिवाद रहेको बताएका छन्। बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।
उनले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताएका थिए । समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने उनले बताएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने झानालले बताएका थिए ।
उनले भने , ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६/०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ । समाजवादी जनवादमा पुग्नुपर्नेछ । समाजवाद स्थापना गर्नुपर्नेछ । तर एकथरी विद्यार्थीहरु त्यो मान्दैनन् । उनीहरु पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् । अहिलेको जे समाज छ, यही कुरा ठिक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्नेछन् । यसमा खण्डन गर्नुपर्छ । यसबाट समाजको अग्रगति सम्भव छैन । तेस्रो धारा दक्षिणपन्थी अवसरवादी धारा छ, भन्न चाहीँ आफूलाई क्रान्तिकारी धारा भन्छ, तर यथार्थमा दक्षिणपन्थी अवसरवादी धारा छ, त्यसले जबज भन्छ, त्यो जबज भनेको पनि पुँजीवादी जनवाद नै हो । त्यसले पु¥याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपपर्छ ।’
खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने पनि दाबी गरेका थीए ।