काठमाडौँ – विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् ।
आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत् आपूर्तिमा समस्या आएको बताएका हुन् । पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी घिसिङ्ग ले गरेका छन् । उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।
प्रवन्ध निर्देशक घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । उनले सुक्खा याममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए । गत वर्ष धेरै अप्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने पनि उनले बताए । अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको उनले बताए । प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०÷१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।