काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी पीडितहरुसंग उनीहरुले गरेको आन्दोलनको क्रममा बल प्रयोग गरिएकोमा माफि मागेका छन् ।बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले मिटरव्याजी पीडितहरुलाइ न्याय दिने र पीडकलाई कानूनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडी बढाएको पनि बताए । उनले मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि सिंगो देश एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ।
उनले भने – ‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरु माथि जुनसुकै प्रसंगले भएपनि, जुनसुकै परिप्रेक्षमा भएपनि, जुनसुकै प्रसंगले त्यहाँ पु¥याएको भएपनि पीडितहरुमाथि प्रहरीको लाठि लाग्यो । नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो । त्यसको निम्ति म क्षमा याचना गर्न चाहान्छु । म अपील गर्न चाहन्छु, सरकार यो समस्या समाधान गर्न दृढ छ भन्नेकुरा स्पष्ट हुँदाहुँदै यसलाई फेरि विभिन्न ढंगले भ्रम पैदा हुनेगरी लम्ब्याउनु उचित हुँदैन । बरु सिंगो देश एक ढिक्को भएर यसलाई छिटोभन्दा छिटो समाधान गरौँ भनेर अपील गर्न चाहन्छु ।’