विराटनगर – विराट हेल्थ केयर इण्डष्ट्रिजले उत्पादन गरेको सेनेटरी प्याड वाइट मुनको सफ्ट लन्च आज गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उत्पादित सेनिटरि प्याडको बारेमा जानकारी गराउंदै वाइट मुनको लन्च गरिएको हो। विराट हेल्थ केयर इण्डष्ट्रिजले उत्पादन गरेको यो सेनिटरि प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको लागि बलियो आधार भएकोले यो कार्यक्रम ” काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ” रहेको आजकै दिन आयोजना गरिएको जनाइएको छ।
सेनेटरी प्याड हवाइट मुनको उत्पादन गर्नुको मुख्य उद्देश्य भनेको आयातीत सेनेटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथै गुणस्तरीय सर्वसुलभ रूपमा उपलब्ध गराउनु रहेको ब्राण्ड म्यानेजर दीक्षा थापाले बताइन। विराट हेल्थ केयर इण्डष्ट्रिजका सह संस्थापक निकिता कार्कीले कोभिडको जोखिम अवस्थामा समेत विराट हेल्थ केयर इण्डस्ट्रिजले परनिर्भरता कम गर्न मास्क , सेनिटाइजरजस्ता वस्तुहरुको उत्पादन आफै गरेपछि सेनिटरि प्याडको पनि उत्पादन गरेकोमा आफुहरु गर्वान्वित रहेको बताएका थिए । उनले अबको ४५ दिनमा बेबी डाइपर , बयस्क डाइपर र पेण्टिलाइनर जस्ता उत्पादन पनि बजारमा पाइने कार्कीले जानकारी दिएका थिए ।
कम्पनिले सेनेटरी प्याडको उत्पादन संगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउने तथा महिलाको उद्देश्य लक्ष र सफलतालाई महिनावारीने छेक्नु हुदैन र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने अभियान गर्ने जानकारी पनि कार्यक्रममा गराइएको थियो।
लनचिङ्ग कार्यक्रम पश्चात उपस्थित पत्रकारहरुलाई विराट हेल्थ केयर इण्डष्ट्रिजको फ्याक्ट्रीको अवलोकन भ्रमण पनि गराइएको थियो।