काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले यस्तो बताएका हुन् । उनले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताए । उनले अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाएपनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे । उनले सरकारले आईतवार रातिसम्म ७३३ अर्बको राजश्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजश्व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए । उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे । उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्र्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए । उनले वस्तु सेवाबीचको आयात र निर्यात,उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढङ्गले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनःमूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे ।
उनले भने ,‘आर्थिक वृद्धि र स्थायत्व जाहेज हुन तर सरकारले यस्तो समयमा आर्थिक स्थायीत्व र स्थिरताका कुरा गरिरहेका छौं । जतिबेला अर्थतन्त्रले लय गुमाएको छ । ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण भएको देशमा २ प्रतिशत भन्दा कममा रुमलि रहेका छौं । मलाई याद छ अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा लिएर आएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको थियो । अर्थतन्त्र त्यतिबेला लयमा थियो । लयमा भएको अर्थतन्त्र हुँदा स्थिरता कुरा गर्न सुहाउँछ । संकटमा परेको अर्थतन्त्र भड्खालोमा जाकिएको अर्थतन्त्र कुरा गर्दा स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन । आजका ४ वटा वित्तीय खाडलहरु छन् । सरकारले हिजो रातिसम्म ७३३ अर्बको राजश्व संकलन गरेको छ । सरकारले खर्च गरेको १०१६ अर्ब त्यति ठूलो खाडल कसरी पूरा गर्ने , कर्जा लगानी र आर्थिक वृद्धिविचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग सम्मान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ । त्यति ठूलो दुलर्भ पुँजी,वस्तु सेवाबीचको आयात र निर्यातको खाडल जगजाहेर नै छ । उत्पादन र उपभोगको खाडल पनि जगजाहेर नै छ । यस्ता विषयमा सरकारले कलिक फरक ढङ्गले सेन्सर अरजेन्टी र प्राथमिकतामा पुनःमूल्याङ्कन गर्न मेरो आग्रह छ ।’
डा.वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बतै । उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएपनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए । उनले अब सडक,विद्यालय भन्दा पनि विद्यालयमा सिकाई र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बाताव । उनले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एक तिहाईलाई प्रताडित गरिरहेको बताए । सां
सद वाग्लले पहिलो पुस्ताको विकासको चुनौतिबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतिमा रहेका बताए । उनले भने ,‘सिद्धान्त र प्राथमिकतामा शिक्षा,स्वास्थ्य खानेपानीका कुराहरु आएका छन् । यसमा पनि ३० देखि ३२ वर्षमा ठूलो परिवर्तन आइसकेको छ । सरकार परिणात्मक विकासबाट गुणात्मक विकासमा गएका छौं । ५०को दशकमा हामीले विद्यालयको भवन माग गरौं,खानेपानी,सडक,अस्पतालको माग गरौं । तर अहिले विद्यालय छन् । थोरै भएपनि विद्यार्थी विद्यालय जान्छन् तर विद्यालयमा पढाई हुँदैन । सिकाई छैन । आजको चुनौति भनेको विद्यालय निर्माण गर्ने होइन । सिकाईको संकटलाई सम्बोधन गर्ने हो । स्वास्थ्यचौकी छ । दक्ष सेवा छैन । अहिले नेपालका कुपोषणको महामारी रहेको छ । सिङ्गो पुस्ताको एक तिहाई जनतालाई प्रताडित गरेको छ । त्यसकारण पहिलो पुस्ताको विकासको चुनौतिबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतिमा रहेका छौं । तर त्यो यहाँ पाइन ।’
सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताउनु भयो। उहाँले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबलका कुरा गर्नु स्वागतयोग्य रहेको बताउनु भयो। उहाँले आफूले काँग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गर्नुभयो।
उहाँले भन्नुभयो,‘ फिजिकल स्पेश अलि टाइट छ । मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जान्छौं भन्नुभयो । त्यो गलत हो । सरकारको नीति तथा कार्यक्रमको लागि स्पेस खोज्नसक्ने हो भने व्यापक स्पेस रहेको छ । यसको लागि जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुहुन्छ । निजी क्षेत्रको मनोबलका कुरा गर्नुभएको छ । त्यो स्वागतयोग्य छ । नेपाली काँग्रेसको घोषणा पत्र पढ्नुभएको होला ? अर्थमन्त्रीज्युले । मैले पनि पढेको छु । मैले पनि धेरै बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ ओम्नीबस आर्थिक सुधारका कुराहरु गरिएका छन् । २४ देखि ४८ वटा ऐनहरुको खारेजी संशोधन इत्याधिबारे कुरा गरिएका छन् । आफ्नै घोषणा पत्र पढेर कार्यान्वयनलाई उतार्नुहोला । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषय सरकारले न्याय गरिदिनु होला । हैरानी र झन्झटको चक्र दुष्चक्रबाट हामीले नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्नेछ ।’
उहाँले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको यो दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए ।