काठमाडौँ – राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उनले यस्तो बनाएका हुन् । उनले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे । उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे ।
उनले भने , ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । शुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढीरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’
राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।