काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताए ।
मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताएका हुन् । उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताउनु भयो । उहाँले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए । उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताए ।
उनले भने ,‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं । नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं । हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भनेको बुझियो । जसले अहिले हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस । मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला ।’
उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए । उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाए ।