काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताएका हुन् । उनले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गरे । उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताए । उनले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए । अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए । उनले जनताका आवश्यकताहरु थुप्रै रहेको बताए । उनले अहिले सरकारलाई बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको बताए । उनले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौति सरकारलाई रहेको बताए । उनले सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गरे । अर्थमन्त्री महतले जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वभाविक भएपनि स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताए ।
उनले भने ,‘बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका कुरा गरेर हुँदैन । क्षेत्रगत पनि प्राथमिकता तोकिनु पर्छ । अब बजेट छर्ने ? यद्यपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरु थुप्रै छन् । बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै हुनु तर, साधन र स्रोतको सिमितता रहनु रहेको छ ।थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्न भन्ने चुनाति छ । सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको छ । माननीय ज्युहरुलाई पनि दाबाब छ । स्वभाविक रुपमा माग आइराखेको छ । जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो तर, स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको छ । सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन।’
अर्थमन्त्री महतले सरकार आगामी बजेटमा जनतामा राज्य प्रतिको भरोसा र भविष् प्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने प्रतिवद्धता जनाए । उनले वर्तमान समस्या र चुनौति समाधान गरी राज्यप्रति जनताको भरोसा टुटन नदिन सरकारले गम्भिरताका साथ अग्रसर रहेको बताए । उनले कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको दाबी गरेका थिए । अर्थतन्त्रलाई चलायमान गराउने उपाय खोज्ने र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने उनको भनाई थियो । उनले राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने बताए । उनले पुँजीगत खर्च बढाउन सरकारको स्रोत सिमित रहेको तथा राज्य प्रणालीमा समस्या भएकाले लक्ष्य अनुसारको पुँजीगत खर्च नभएको भन्दै अब नौ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्तय गरिने बताए ।
उनले भने ,‘जनतामा राज्य प्रतिको भरोसा र भविष्य प्रति आशा जगाउनेतर्फ उन्मुख हुने सरकारको प्रतिवद्धता हो । यो वर्ष नै सम्पूर्ण कुरा समाधान भएर समस्या सम्बोधन हुन्छ भनेर दाबी गर्दिन । तर अर्थमन्त्रीको हैसियतले र सरकारको तर्फबाट यसतर्फ गम्भिरताका साथ अग्रसर हुन्छौं । मेरो प्रतिवद्धता हो । कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च नहुनुले अर्थतन्त्रमा सिशथलता ल्यायो । अर्थतन्त्रलाई चलायमान गराउने उपाय के हो । आशा कसरी जगाउने ? मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुप¥यो । हिँड्नुपर्छ भन्ने मेरो भनाई हो । मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ । खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ । ब्याजदर कम हुँदा उद्योग व्यवासायमा ऋण लिन चाहन्छन् । उनीहरुको लागि सहज हुन्छ । उद्योगको लागत कम हुन्छ । त्यसले अर्थतन्त्रको गतिविधि बढ्छ । पुँजीगत खर्च बढाउन सरकारको स्रोत सिमित छ । लिमिटेशन भित्र बसेर काम गर्नुपर्छ । त्यसमा कति रबर तान्न सकिन्छ त्यति तान्ने हो । बढी तान्यो भने त्यो चुडिन्छ । लक्ष्य अनुसारको पुँजीगत खर्च भएको छैन । हाम्रो राज्य प्रणालीमा समस्या छ । नौ महिनासम्म सुतेर बस्ने प्रचलनको अन्त्य हुन्छ ।’
अर्थमन्त्री डा.महतले सांसदहरुले संसदमा भनेको जस्तो मुलुकको अर्थतन्त्र धराशायी नभएको बताए । उनले मुलुकको अर्थतन्त्र तिब्ररुपमा उकालो लाग्नुपर्ने भएपनि तिब्र रुपमा उकालो लाग्न नसकेको बताए । उनले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक रहेको दाबी गरे । उनले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हुन नसकेको आफूले स्वीकार गरेको पनि बताएका थिए । उनले सामान्यतया विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रश्तुत गर्ने प्रचलन नभएको तर आफूले शुरुवात गरेको उल्लेख गरे । उनले समस्या र चुनौति स्वीकार गरेर अघि बढ्यो भने मात्रै अर्थतन्त्र ठिक ठाउँमा पुग्ने बताए । ३२ प्रतिशतले राजश्व संकलन बढाउने लक्ष्य लिए पनि त्यो पूरा नभएको पनि उनले बताएका थिए ।
उनले भने ,‘सांसदहरुले उठाए जस्तो मुलुकको अर्थतन्त्र धराशायी भइसक्यो,खत्तम भइसक्यो भन्ने त्यस्तो होइन । यो ओरालो लागेको पनि होइन । अर्थतन्त्र तिब्ररुपमा उकालो चढ्नुपर्ने भएपनि त्यसरी चढेको छैन । अहिले पनि आर्थिक वृद्धि पोजेटिभ नै छ । हामीले भनेको जस्तो छैन तर पहिलाको भन्दा बढेको छ । यो भनेको ओरालो लागेको हाइन । उकालो नै लागि रहेको छ । तर जुन रफतारमा उकालो लाग्नुपर्ने थियो । लाग्न सकेको छैन । मैले त्यो स्वीकार गरेको छु । सामान्यतया विनियोनित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रश्तुत गर्ने प्रचलन थिएन । समस्या र चुनौति स्वीकार गरेर अघि बढ्यो भने हामी ठिक ठाउँमा पुग्छौं भन्ने लाग्यो । समस्या छैन भनेर अगाडि बढ्ने कोशिस ग¥यो भने ठिक ठाउँमा पुग्दैनौं । अर्थतन्त्रका समस्यालाई स्वीकार गर्ने हो । त्यो समस्या भनेको सरकारले चाहेको जस्तो आर्थिक वृद्धि भएको छैन । ३२ प्रतिशतले राजश्व संकलन बढाउने लक्ष्य लिएका थियौं । त्यसको धेरै तल छौं ।’
उनले सरकारलाई ऋणको दायित्व बढ्दै गएको बताए । उनले अर्थतन्त्रमा देखिएका शिथिलता विदेशी मुद्रालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले मुलुक श्रीलंका बन्ने बहस हुँदा त्यसलाई मध्यनजर राखेर मौद्रिक नीति ल्याउँदा र आयातमा प्रतिवन्ध लगाउँदा केही समस्या आएको बताए ।