धरान – फूड डेलिभरी एप भोजले आफ्नो सेवा धरानमा सुरू गरेको छ। सोमबार भोजले आफ्नो ७ औ शाखा धरानमा विस्तार गरेको हो । धरानका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट फास्ट फूड, किराना सामान र पार्सल आफ्नो घर र कार्यालयहरूमा भोज मार्फत अर्डर गर्न सक्ने भोजले जनाएको छ ।
प्रत्येक अर्डरको साथ नि:शुल्क डेलिभरी र क्यासब्याक सुविधा रहेको भोज फुड डेलिभरीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ क्षितिज गौतमले जानकरी दिए। भोजको काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा र विराटनगर लगायत ७ सहरमा एक हजार भन्दा बढी रेस्टुरेन्ट साझेदार रहेको बताउदै इटहरीमा पनि फुड डेलिभरीको सेवा छिट्टै विस्तार गर्ने गौतमले जानकारी दिए।