विराटनगर – ” कोशी प्रदेशमा पर्यटनको अवसर र चुनौती ” विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । विकल्प एन अल्टरनेटिभ र होटेल एशोसिएसन नेपाल कोशी प्रदेशको संयुक्त आयोजनामा शुक्रबार विराटनगरको होटल स्वगताममा भएको कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप प्रमुख शिल्पा निराला कार्की , अतिथिहरु कोशी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा , उद्योग संगठन मोरंगका अध्यक्ष राकेश सुराना, पर्यटन वन तथा वातावराण मन्त्रालयका शाखा अदिकृत राम सुन्दर थापा लगायत होटल तथा पर्यटन व्यवसायी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मंत्री जीवन आचार्य भने काठमाडौँको अत्यावश्यक कार्यक्रममा जानुपरेकाले उपस्थित हुन् सकेनन ।
पर्यटनको विकासबाट नेपालले तुलनात्मक लाभ लिन सक्ने , बाहिरी मुलुकसंग ब्यापार घाटा भइरहेको अवस्थामा बैदेशिक मुद्रा आर्जन गर्ने सबैभन्दा राम्रो मध्यम पर्यटन नै भएको कारण कोशी प्रदेशमा यसका सम्भावना तथा अवसरहरु माथि छलफल भइ पर्यटन विकासमा सम्बन्धिक निकाय तथा आम नागरिकको सहकार्य आवश्यक परेको ठान्दै पहिलो चरणमा छलफल कार्यक्रम आयोजना गरिएको विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले कार्यक्रममा बताएका थिए ।
कार्यक्रमको औचित्यबारेमा प्रष्ट्याउदै होटेल एशोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष रञ्जन श्रेष्ठले नेपाल पर्यटनको धनी देश भएको र त्यसमा पनि नेपालका होचो स्थानदेखि संसारकै अग्लो चुचुरो भित्र हजारौ पर्यटकीय गन्तव्य रहेको कोशी प्रदेशमा पर्यटन विकासका अवसर हुँदा पनि सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । सबैको सहकार्यबाट मात्र पर्यटन विकासमा टेवा पुग्न सक्ने जनाउदै उनले यस प्रकारको छलफलले सरोकारवाला तथा सम्बन्धित निकायहरुलाई पर्यटन विकासको लागि दत्तचित्त भएर काम गर्न घच्घच्याउनॆ विश्वास रहेको बताए ।
कोशी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले कोशी प्रदेशमा पर्यटकहरुको शान्ति सुरक्षामा गम्भीर रहेको बताएका थिए । कोशी प्रदेशमा भित्रिने पर्यटकहरु पूर्णरुपमा सुरक्षित रहेको बताउंदै उनले कतिपय अपाराधिक क्रियाकलापमा संग्लग्न भएको कारण बाहिरि मुलुकका मानिस पक्रिएको अवस्थामा पर्यटकलाई दुख दिएको भन्ने भ्रममा नरहन पनि अनुरोध गरे । सापकोटाले पर्यटकहरुलाई दुख दिने प्रहरीको कुनै मनाशय नरहेको प्रष्ट्याउदै विभिन्न समयमा पर्यटकको सवारीका चेकजांचलाई अन्यथा नलिनका लागि पनि अनुरोध गरेका थिए ।
उद्योग संगठन मोरंगका अध्यक्ष राकेश सुरानाले भारतबाट आउने पर्यटकलाई कर तथा सुरक्षाको नामामा गरिने चेकजाचलाई व्यवस्थि गरेर उनीहरुलाई स्वागत सत्कारका साथ् नेपाल भित्रिने वातावरण बनौन सुझाव दिए । उनले कोशी प्रदेशका हरेक पर्यटकीय स्थलको पहिचान गरी त्यसलाई व्यापक प्रचार गरिनुपर्ने बताएका थिए । त्यसको लागि होडिङ्ग बोर्डको जिम्मा आफुले लिने उद्घोष पनि सुरानाले गरे । उनले पर्यटकलाई केहि समस्या परे २४ सै घण्टा रेस्पोन्स गर्ने संयन्त्र निर्माण गर्नुपर्ने बताउदै कोशी प्रदेशको पर्यटनलाई भारतमा पनि व्यापक रुपमा प्रचार गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै , पर्यटन वन तथा वातावराण मन्त्रालयका शाखा अदिकृत राम सुन्दर थापाले कोशी प्रदेशलाई समृद्धि बनाउने अधार पर्यटन देखिएको बताउदै मन्त्रालयले कोशी प्रदेशलाई ‘पर्यटन प्रदान प्रदेश ‘ बनाउने योजनामा पनि लागेको जानकारी दिए । पर्यटन मन्त्रालयले पर्यटन व्यवसाय र पर्यटन विकासको लागि नितिगत रुपमै पहल अगाडी बढाइरहेको बताउंदै थापाले हाल पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रमा गरिरहेको काम क्रियाकलापबारे प्रष्ट पारेका थिए ।
विराटनगर महानगरपालिकाकी उप प्रमुख शिल्पा निराला कार्कीले कोशी प्रदेशमा पर्यटनको सहि डाटा नदेखिएको बताउंदै हाम्रो लक्षमा पुग्न स्थानीय सरकार , प्रदेश सरकार , केन्द्र सरकार लगायत सरोकारवालाहरुको सहकार्यले मात्र सम्भव हुने बताईन । विराटनगरमा पर्यटकहरु घन्टौ व्यस्त हुने वतावरण बनाउन महानगरपालिकाले विराटनगरमा पर्यटकीय स्थल निर्माण र पहिचानको काम अगाडी बढेको जानकारी पनि दिईन । उप प्रमुख कार्कीले विराटनगरमा विराट दरबारको सौन्दरिकरणको काम अगाडी बढेको जानकारी दिदै हनुमान मन्दिरमा आरति देखाउने जस्ता क्रियाकलाप प्रत्येक साझ देखाउने तयारि भइरहेको पनि जानकारी दिएकी थिइन् ।
कार्यक्रमा उपस्थित विभिन्न सरोकारवाला तथा पर्यटन व्यवसायीहरुले कोशी प्रदेशमा बिध्यमान रहेको पर्यटन व्यवसायका समस्याहरुबारे प्रष्ट्याउदै समाधानकालागि सुझावहरु पनि दिएका थिए ।
कार्यक्रममा विकल्प खबरले तयार गरेको नेपालमा पर्यटनको अवस्था झल्काउने छोटो भिडियो पनि देखाइएको थियो ।