विराटनगर – कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । मंगलबार प्रदेश संसदीय दल र पार्टी पदाधिकारीबीच बसेको संयुक्त बैठकपछि नेकपा माओवादी केन्द्रले कोशी सरकार छाड्ने निर्णय गरेको हो । संयुक्त बैठकले सरकारमा सहभागी दुई मन्त्रीहरूलाई राजीनामा बुझाउने र संसदीय दललाई सरकारको समर्थन फिर्ता गर्न निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशले जनाएको छ ।
सोमबार संसदीय दलको बैठकले सरकारको छाड्ने नछाड्नेबारे छलफल चलाएकोमा छलफलले पार्टी नेतृत्वबीचसमेत छलफल गर्नुपर्ने भन्दै आजको लागि संयुक्त बैठक बोलाएको थियो ।
केही दिनअगाडि सरकारमा सहभागी जसपासमेत सरकारबाट बाहिरिए संगै जसपाकी एक मात्र सांसद निर्मला लिम्बूले पनि स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।
कोशी प्रदेश नामाकरण भएपछी चर्किएको अन्दोलनले प्रदेश सरकारमा हलचल मचिएको छ ।