विराटनगर १३ मा अवस्थित स्टार कलेजले नेपालमै कम प्रचलनमा रहेको + २ मा नै इन्टर्न मा जाने व्यवस्था सुरु गरेको छ । कलेजले यहि असार महिनादेखि आफ्ना म्यानेजमेन्ट संकायका विद्यार्थीलाई इन्टर्न मा सहभागी गराएको हो ।
कलेजका प्रधानाध्यापक भास्कर भट्टराईका अनुसार कलेजले बिराटनगरका ग्लोबल आइ एम इ बैंक लगायतक अन्य विभिन्न बैंक , वीत्तिय संस्था तथा सहकारीहरुमा विद्यार्थीहरुलाई इण्टर्नका लागि पठाएको साथै त्यहाँ सिकेका कुराहरु उनिहरुले आफ्नो व्यावसायिक जीवन मा प्रयोग गर्न सक्ने र आगामी दिनमा रोजगारका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने बिश्वास ब्यक्त गरेका छन् ।
स्टार कलेज विराटनगरको दक्षिणी भेगमा रहेर शिक्षामा अग्रणी स्थान बोकेको कलेजको रुपमा परिचित छ । कलेजले समय समयमा विद्यार्थीहरुलाई रचनात्मक कार्य गर्नका अभिप्रेरित गर्ने गरेको छ ।
कक्षा ११ मा प्री रजिस्ट्रेसन खुला गरेको कलेजको भबिस्यमा अन्य रोजगारमुलक प्राबिधिक कार्यक्रमहरु समेत ल्याउने योजना रहेको प्राध्यापक भट्टराईले जानकारी दिए ।
#विज्ञापन